धर्मेन्द्र कर्ण
शुक्रवार, श्रावण २५, २०७५
450

बालबालिका रहेको घरमा यो समस्या रोबोटका लागि धेरै नै हुन सक्छ । रोबोट कमान्डमा चल्छ । यसका लागि प्रोग्य्रामिङ गरिएको हुन्छ । बालबालिका स्वाभावैले चकचके हुन्छन् । उनीहरूको दिमागमा कतिबेला के आउँछ ठेगान हुँदैन । यस्तोमा बालबालिकाले रोबोटलाई कमान्ड दिन सक्छन् । तर रोबोटका लागि यस्तो अवस्थामा कमान्ड ओके गर्न दिक्कलाग्दो स्थिति उत्पन्न हुन्छ । अनि त्यो रोबोटलाई सजिलो काम पनि गाह्रो हुन पुग्छ ।

विज्ञान र प्रविधिको विकासक्रममा रोबोटको निर्माण धेरै अघि भए पनि कृत्रिम बौद्धिकता(एआई) जस्तो अत्याधुनिक प्रविधिको विकासले रोबोटको प्रयोग मानिसको सबै गतिविधिका लागि प्रयोग हुन सक्ने अपेक्षा बढायो । तर, प्रविधि क्षेत्रमा विकासमा भइरहेका रोबोटले जति ठूला ठूला काम सजिलै साथ गर्न सक्छन्, त्यत्तिकै साना मसिना काम रोबोटका लागि समस्या दिने खालको भएको देखिएको छ ।
घरेलु काममा रोबोटहरू मानिस भन्दा धेरै गुणा सुस्त रहने गरेको अध्ययनले देखाएको छ । जापानको रोबोट लान्ड्रायडले लुगालाई तह लगाएर राख्न ४ मिनेट लगाउँछ । उही काम अमेरिकामा बनेको रोबोट रिथिंकलाई १५ मिनेट लाग्छ । रोबोटको विकासकर्ताहरूले रोबोटबाट यस्ता साना साना काम गराउन समस्याको सामना गरिरहेका छन् । तर यो भनिरहँदा घरेलु काम गर्न यस्ता रोबोटको निर्माण कार्य आफैमा सजिलो भने छैन । यसका लागि अनुसन्धानकर्ताहरूलाई लामो समय खर्चिनु परेको हो । अध्ययनको निश्कर्ष छ, साना घरेलु काम गर्न रोबोटलाई सजिलो छैन ।
मानिसहरूको घरेलु काममा पनि यस्ता रोबोटले सघाउन सक्ने चर्चा र बहस बढ्दै जाँदा यसक्षेत्रका कम्पनीहरूले यस्ता रोबोट बनाउन क्रियाशील भए । लुगा धुने र त्यसलाई तह लगाएर राख्ने जस्ता साना साना घरेलु काम पनि यस्ता रोबोटको प्रयोगबारे काम शुरू भयो । केही दिनमा घरेलु काम र औद्योगिक क्षेत्रका ठूला काम गर्न रोबोटको प्रयोगबारे सोचियो । लुगालाई तह लगाएर राख्न सक्ने सबैभन्दा पुरानो रोबोट जापानको लान्ड्रायडलाई चिनिन्छ । त्यस्तै क्यालिफोर्निया विश्वविद्यालयले पनि एक रोबोट तयार ग¥यो । तर, घरेलु काममा रोबाटको गतिलाई लिएर नयाँ बहस सुरु भएको हो ।
लुगालाई तह लगाउन सक्ने रोबोट तयार गरेपछि वैज्ञानिकहरू हौसिए । अन्य घरेलु काम गर्ने रोबोट बनाउन सजिलै होला उनीहरूले भन्न ठाने होलान् । तर घरेलु काम गर्ने रोबोट बनाउन धेरै चुनौतीपूर्ण काम भएको उनीहरूलाई लाग्न थालेको छ । मानिसले जुन काम मामुली भएको ठान्छन् त्यो काम रोबोटका लागि धेरै समय लगाउने काम भइ जाने गरेको छ । वैज्ञानिकहरूलाई सानो काम रोबोटबाट गराउन ठूलो प्रोग्य्रामिङ तयार पार्नुपर्ने हुन्छ । घरेलु काममा हामीले कसैलाई सहयोग गर्नुपर्ने भन्यो मामुली ठान्छौं । तर त्यो काम रोबोटलाई धेरै जटिल काम बन्न पुग्छ ।
लन्डनस्थित भिक्टोरिया एन्ड अल्बर्ट संग्रहालयमा रोबोट प्रदर्शनी ‘द फ्युचर स्टार्ट्स हेयर’ नाम दिएर आयोजना गरिएको छ । यो प्रदर्शनीको हेरचाह गर्ने मरियाना पेस्तानाको अनुभव भने यस्तै छ । उनी भन्छिन्, “रोबोटबाट घरेलु काम गराउन पहिला मानिसहरूलाई टेक्नोलोजीका बारेमा बलियो जानकारी दिनुपर्छ । प्रविधिको प्रयोगबाट पूर्ण परिचित बनाउनुपर्छ ।” मानिसले परेली झिम्क्याउने बित्तिकै गर्ने गरेको काम रोबोटलाई १५ मिनेट लाग्छ ।
अर्कोतर्फ बालबालिका रहेको घरमा यो समस्या रोबोटका लागि धेरै नै हुन सक्छ । रोबोट कमान्डमा चल्छ । यसका लागि प्रोग्य्रामिङ गरिएको हुन्छ । बालबालिका स्वाभावैले चकचके हुन्छन् । उनीहरूको दिमागमा कतिबेला के आउँछ ठेगान हुँदैन । यस्तो बालबालिकाले रोबोटलाई कमान्ड दिन सक्छन् । तर रोबोटका लागि यस्तो अवस्थामा कमान्ड ओके गर्न दिक्कलाग्दो स्थिति उत्पन्न हुन्छ । अनि त्यो रोबोटलाई सजिलो काम पनि गाह्रो हुन पुग्छ ।
एप्पलको सिरी वा अमेजनको इकोको समस्या पनि यस्तै किसिमको रहेको पाइएको छ । क्यालिफोर्निया विश्वविद्यालयमा रोबोट बनाउने समूहमा सिद्धार्थ श्रीवास्तव सहभागी छन् । उनले घरेलु काम गर्न सक्ने रोबोट बनाउँदा विशेष ध्यान पु¥याउनु पर्ने बताउँछन् । उनका अनुसार रोबोटलाई फुर्तिलो बनाउनु पर्ने हुन्छ । उनले भने, “रोबोटभित्र अवस्था अनुरूप परिवर्तन गर्न सक्ने प्रविधिको विकास गर्नुपर्ने आवश्यकता छ । त्यसपछि रोबोटलाई घरेलु काम सजिलै हुन्छ ।”
आफ्नो टोलीको साथमा काम गर्दा सिद्धार्थले यस्तै सोचेका थिए । उनले जनाए अनुसार उनीहरूको लागि सबै भन्दा ठूलो चुनौती रोबोटले घरेलु अवस्थाका कमान्डलाई कसरी बुझ्ने हो । रोबोटले उसको मालिकले भनेको कमान्ड बुझ्नुपर्ने हुन्छ । बुझेन भने समस्या आइहाल्छ । रोबोटलाई प्रोग्य्रामिङको माध्यमबाट सबै समस्याको समाधान गर्न सक्ने सक्षमता दिने गरिएको उनले जनाए ।
रोबोटले सबै काम गर्छ । हामीले बुझ्ने हो । हामी वरिपरिकाले पनि यस्तै बुझ्छन् । रोबोटलाई लुगा धोउ भन्दा उसले लुगा धुने हो । उसले कसको लुगा, कहाँको लुगा, कुन लुगा धुने हो त्यो उसलाई थाहा नभएसम्म गर्नुपर्ने काम नगरेर अरूथोक गर्न सक्छ ।
यस्तो किसिमको अवस्थाहरूलाई विकासकर्ताहरूले प्रोग्य्रामिङ मार्फत समावेश गरी रोबोट तयार गर्छन् । जुन आफैंमा जटिल काम र बढी खर्चिलो काम देखिएको छ । घरेलु कामहरूमा मानिसका धेरै कामहरू हुन्छन् । घरको सरसफाइ गर्न, सफाइ गर्दा घरका सामान मिलाएर राख्ने जस्ता काम हुन्छन् । यस्ता सबै कामका लागि प्रोग्य्रामिङ आवश्यक हुन्छ ।
श्रीवास्तवले जनाए अनुसार तत्काल यस्ता कार्यका लागि प्रोग्य्रामिङ गरी रोबोट बनाउन सम्भव भने देखिएको छैन् र यस्ता साना मसिना कामका लागि विकासकर्ताहरूका लागि धेरै अनुसन्धान गणितको आवश्यकता रहेको श्रीवास्तवको बुझाइ छ । तर उनी निराश भने छैनन् । तर यसको आम प्रयोग धेरै टाढाको विषय हो । अहिले विकासकर्ताहरूले यस्ता रोबोट बनाउने काममा ध्यान केन्द्रीत गरेका छन् जसले कुनै दिइएको काम दिइएको समयमा राम्ररी गर्न सक्छ । यस्ता कामहरूमा चालक विहिन स्वचालित वाहन, भ्याक्युम क्लिनर र तपाईले सोधेका प्रश्नको जवाफ दिने एलेक्सा जस्ता डिजिटल असिस्टयान्टले गर्ने काम हो ।
घरेलु काम गर्नका लागि रोबोटलाई मानिसजस्ता बुद्धिमान हुनुपर्ने हुन्छ । आम मानिसमा कृत्रिम बौद्धिकता र रोबोटसम्बन्धी बुझाइ हुँदैन । उनीहरूले कुनै काम सजिलै गराउन खोज्छन् । यस्ता प्रणालीको विकास गर्ने इन्जिनियरहरूलाई यो कुरोमा ध्यान दिनुपर्ने हुन्छ । श्रीवास्तवले दिएको जानकारी अनुसार कलकारखानाहरूमा उद्योगहरूमा रोबोटको प्रयोग गरिएको छ । तर रोबोटले निर्धारित भूमिका मात्र पूरा गर्छन् । घरेलु साना काम गराउन रोबोट बनाउन नयाँ शिराबाट प्रोग्य्रामिङ गर्नुपर्ने आवश्यकता रहेको श्रीवास्तवको भनाइ छ ।
यस्तो रोबोटको विकास एक पटक गर्न सकिए रोबोटले मानिसहरूका लागि ठूलो सहयोगी साबित हुन सक्छन् । उनीहरूले घाइतेको हेरचाह, खाना पकाउनेजस्ता काम सजिलै गर्न सक्नेछन् । तर यसका लागि अझ विकासकर्ताहरूका लागि लामो समय पूरा गर्नुपर्ने देखिन्छ । त्यसबेला अर्डर दिने बित्तिकै खाजा वा खाना लिएर उपस्थित हुनेछ । अतिथिहरूको सत्कार गर्न परिवारले अपनाउने विधि र प्रक्रिया बुझेको रोबोट हुनेछ । यो समय आउन समय लाग्ने भएपनि असम्भव भने नरहेको पक्का छ ।
(एजेन्सीको सहयोगमा)