कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
932

गुगलले साइबर सेक्युरिटीको समस्या तपाईंको नभई टेक कम्पनीको भएको धारणा व्यक्त गरेको छ । “तपाईको अनलाईन सुरक्षा तपाईको समस्या नभई टेक जायन्टसको हुनुपर्ने छ,” गुगल कम्पनीमा सेक्युरिट प्रिन्सेसको उपनामले चिनिने परिसा तब्रिजले भनिन् । गुगलको इन्जिनियरिङ विभागको निर्देशक समेत रहेकी तब्रिजले लस भेगामा साइबर सेक्युरिटीको विषयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । साइबर अट्याकका घटना हाम्रो दैनिक जीवनमा देखिन्छ ।
ह्याकरहरूले हाम्रो इमेल, क्रेडिट कार्ड र राजनीतिक क्षेत्रलाई आफ्नो लक्ष्य बनाइरहेको छ । सुरक्षाको सन्दर्भमा धेरै चिन्ताको विषय छ । तर सेक्युरिटी एउटा बिन्दुमा हुनुपर्छ, जसलाई टेक जायन्टहरूले सुरक्षा गर्नुपर्छ । हरेक दिन अनलाइनमा सुरक्षा खतरा रहेको छ । उनको कथनको मूल सार भनेको गुगलजस्ता कम्पनीलाई सेक्युरिटीको जिम्मा लिन लगाउनु हो । इन्टरनेट बनाउनेहरूले यसको सुरक्षा बिन्दु निर्धारण गर्नुपर्छ ।

मानिसहरूको यात्राको अन्त्य वेबमा विषयवस्तु सिर्जना गर्नु हो । तीमध्ये अधिकांशलाई यसबारे सोच्नसम्म फुर्सद छैन भन्दै उनले भनिन्, “मलाई थाहा छैन के हुनेछ तर मलाई थाहा छ चीजहरू सही दिशामा गरिहेका छन् ।” यस्ता परिवर्तन गुगलमा विगत चार वर्षदेखि भइरहेको छ । यसबारे तपाईहरूलाई थाहा नभएको हुनसक्छ ।
गुगलले नयाँ सेक्युरिटी फिचर ल्याएको छ । यसले मानिसलाई स्पस्टरूपमा बुझ्न मद्दत गर्न सक्छ । विगत चार वर्षमा गुगलले पत्ता लगाएको छ । त्यो के भने मानिसहरू परिवर्तन तीव्रगतिमा गर्दा भ्रमित हुने गरेका छन् । तब्रिजले भनिन्, “हामीले धेरै वार्निग म्यासेज बनाएका छौं । धेरै सजिलै गर्न सकिने र उपयोगकर्तालाई सहयोग गर्ने खालका वार्निङ म्यासेजन बनाएका छौं । यी सेक्युरिटी इन्डिकेटर एटीटीपीएससँग सम्बन्धित छन् ।”
तपार्इंले यस्ता परिवर्तन गत दुई वर्षमा अनुभव गरेको हुनसक्छ । एक छिनका लागि क्रोम ब्राउजरलाई लिउँ । यो ब्राऊजरले सेक्युर लेखिएको शब्दका साथ हरित तालको संकेत देखाउँछ । यसको छेउमा सेफ पेज हुन्छ । गुगलले यस्ता विषयमा सेक्युरिटी उपलब्ध गराउन खोजको उनले जनाइन् । त्यसैले जुलाइमा क्रोमले नट सेक्युर दर्शाउन थाल्यो । गुगलले आफ्नो तहमा यत्रो गर्न सक्छ । इन्टरनेटको पहुँचका लागि सबै टेकका ठूला कम्पनीले एक स्वरमा यस्तो गर्ने अठोट लिनुपर्ने उनले आह्वान गरिन् ।