कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५
501

सामसङले नोट–९ को प्रि बुकिङमा ग्राहकहरूबाट अभूतपूर्व प्रतिक्रियाप्राप्त गरेको छ । प्रि–बुकिङ भदौ १ गतेदेखि १४ गतेसम्म चलेको थियो । नेपली मोबाइल बजारमा प्रि–बुकिङमा देखिने औसत दरभन्दानोट–९ को प्रि– बुकिङ झन्डै तीन गुणाले बढेको सामसङले जनाएको छ ।
यो मोबाइलको सुरुवात भदौ ६ गते नयाँ दिल्लीस्थित हायात एजेन्सीमा आयोजित एक विशेष कार्यक्रमकाबीच दक्षिण एसियाली मुलुकहरूलाई लक्षित गरेर गरिएको थियो । सो कार्यक्रममा १ हजारभन्दा बढी सञ्चारकर्मीहरू, नोट–९ का निष्ठावान सहभागी थिए । कार्यक्रममा सहभागी हुनका लागि नेपाल, श्रीलंका, बंगलादेश, भारतलगायतका मुलुकहरूबाट मिडिया तथा अतिथिहरू सहभागी भएका थिए ।

नेपालमा चाहिँ सामसङले टुटफुटको बिमासम्बन्धी र एनसेलको एक वर्षे १८००० एमबी डाटासहितको प्रि–बुकिङ खुला गरेको थियो । त्यसैगरी एउटा छालाको बालेट, एडीएमआई एडप्टर अथवा थप १० अजार, एउटा एचडीएमआई एडप्टर र सामसङ मोनिटरको अभरसमेत सार्वजनिक गरेको थियो ।
यस बाहेक, सामसुङको प्रि–बुकिङमा सहभागी हुनेहरू सामसङको लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । हामी सामसङमा रहेकाहरूले प्रि– वुकिङमाप्राप्त गरेको प्रतिक्रियाले एकदमै खुसी छौ । हामीले अपेक्षा गरेको भन्दा अध्याधिक धेरै प्रतिक्रया र अद्वितीय रेस्पोन्सप्रति हामी प्रि– बुकिङ गर्नु हुने सबैलाई धन्यवाद दिन चाहन्छांै । हामीले अपेक्षा गरेभन्दा तीन गुण प्रि–बुकिङ भएको छ र हामी यो तथ्यमा पुनः जोड दिन चाहन्छांै किग्यालेक्सीको नोट प्रयोगकर्ताहरू सामसङको सबैभन्दा निष्ठावान संरक्षक हुन, आईएमएस विजका प्रमुख रत्न स्थापितले भने ।