कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक–२०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको ३ वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकलाई यो वर्ष पनि निरन्तरता दिएको हो । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई–सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्ने आयोजकले जनाए ।

276
कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडले शुक्रबार कम्पनीको पाँचौं साधारणसभा सम्पन्न गरेको छ । उक्त सभामा सञ्चालक समितिका अध्यक्ष एवं सभाका सभापति रविन नेपालले कम्पनीको आर्थिक वर्ष २०७४/०७५को वित्तीय विवरणहरू प्रस्तुत गर्दै कम्पनीको भावी कार्यक्रम तथा रणनीतिका बारेमा जानकारी गराएका थिए ।

400
कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । सरकारको ०७५ पुस १९ गतेको निर्णयबमोजिम ३ वर्षका लागि अधिकारीलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।

479
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

विराटनगरमा जारी सूचना तथा प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेकमा सर्वसाधारणको सहभागिता बढ्दो छ ।

398
कारोबार संवाददाता
सोमवार, पुष २३, २०७५

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । अन्तिम तीन प्रतिस्पर्धीमा रहेका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र संगीता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन् । अधिकारी कम्पनीको १० औं तहमा कार्यरत कर्मचारी हुन् । टेलिकमको प्रबन्ध निर्देशकका लागि माग गरिएको आवेदनमा १० जनाको आवेदन परेको थियो । छनोट समितिले ८ जनाको नाम मात्रै छनोटको सूचीमा समावेश गरेर व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका लागि बोलाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।

445
कारोबार संवाददाता
आइतवार, पुष २२, २०७५

शारदा नगरपालिकाले जनगुनासो सुन्न मोबाइल एप्स सार्वजनिक गरेको छ । सर्वसाधारण तथा सेवाग्राहीले राखेका गुनासो, सुझाव तथा समस्याको सुनुवाइ गर्न भन्दै शारदा नगरपालिकाले मोबाइल एप्स सार्वजनिक गरेको हो । आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसाबले मोबाइल एप्स सार्वजनिक गरेको नगरप्रमुख सुरेश अधिकारीले बताए ।

324
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दीपावलीको अवसर पारेर असोज १९ गतेदेखि सञ्चालन गरेको रमाइलो दसैं–तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभीएसको अपाचीआरटीआर मोटरसाइकल दिव्यन्त ढुंगानाले पाएका छन् ।

277
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

प्रविधि क्षेत्रको सर्वाधिक ठूलो कम्पनीमध्येको एक एप्पलको बिक्रीमा गिरावट आएको छ । बिक्रीमा आएको गिरावटबारे एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकले बताएका छन् ।

338
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

विराटनगरमा बिहीबारबाट प्रदेशस्तरीय प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सुरु भएको छ । क्यान महासंघ मोरङको आयोजनामा मेनरोडस्थित तजैन भवनमा सुरु भएको मेलाको प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उद्घाटन गरे ।

268
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनीको सहायक मोबाइल ब्रान्ड हनरका नयाँ स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले हनर ब्रान्डका चार वटा स्मार्टफोन भित्र्याउँदै औपचारिक रुपमा नेपालमा अनरको बिक्री सुरु गरेको प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

293
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

अरेबियन नाइट एक हजार एक कथासंग्रहमा संग्रहित अलाद्दिनको कथामा अलाद्दिनले प्रयोग गर्ने जादूको उड्ने कार्पेट अब यथार्थ बन्न लागेको छ । अनुसन्धानकर्ताहरूले यस्तो ‘म्याजिक कार्पेट’ बनाउन लागेका हुन् ।

313
धर्मेन्द्र कर्ण
शुक्रवार, पुष २०, २०७५

सूचना प्रविधि (आईटी) क्षेत्रमा रूचि राख्नेहरूबीच सन् २०१९ मा प्रविधिको कस्तो प्रवृत्ति (ट्रेन्ड) देखा पार्ने हो, त्यसबारे जिज्ञासा बढेको पाइन्छ । प्रविधि क्षेत्रको विकासले अहिले सबै क्षेत्रलाई त्यही अनुपातमा परिवर्तन र प्रगति ल्याइरहेको छ । झन् यसको परिवर्तन तीव्र रूपमा भइरहेको छ । २१औं शताब्दीका सूचना प्रविधि क्षेत्रका कामदारहरूले सिकाइलाई निरन्तरता दिइरहेका छन् । यसो नगर्दा कामबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने देखिएकाले उनीहरूले आफूलाई ‘अपडेट’ गरिरहेका छन् ।

287
रासस
मंगलबार, पुष १७, २०७५

नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

405
कारोबार संवाददाता
मंगलबार, पुष १७, २०७५

सीजी ग्रुपअन्तर्गतको सीजीपे नेपाललाई नेपाल राष्ट्र बैंकले, भुक्तानी सेवा प्रदायको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । सीजीपेबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।

769
धर्मेन्द्र कर्ण
शुक्रवार, पुष १३, २०७५

कृत्रिम बौद्धिकता (एआर्ई)को उदयलाई चौतर्फी सकारात्मक तथा नकारात्मक चर्चाको विषय बनाइएको छ । आधुनिक विकासको माध्यमका रुपमा समेत हेरिएको एआई महिलाको पेशागत जीवनमा संकट निम्त्याउने प्रमुख कारक बन्ने देखिएको छ । कृत्रिम बौद्धिकता (एआर्ई) र स्वचालन (अटोमेसन)मा भएका विकासहरूले मानव समुदायको उन्नतिमा एक प्रमुख छलाङ मारेको सम्पदाको रूपमा आफूलाई उभ्याइए पनि यी विकासहरूले सार्वजनिक जीवनका प्रगतिका अर्को महत्वपूर्ण मापकहरूमा प्रतिकूल असर पार्न सक्ने अनुसन्धानले देखाएका छन्। यसलाई पारिश्रमिकमा लैंगिक विभेदको रूपमा बुझ्न सकिन्छ ।

506