सरस्वती ढकाल
आइतवार, फाल्गुन ६, २०७४

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्ताले सेवा प्रदायक प्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्नसकिने ‘नम्बर पोर्टेबिलिटी’सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ । यो सेवा सुरु भएपछि ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) प्रयोगकर्ताहरूले आफूले प्रयोग गरेको सिमकार्डबाटै आफुले चाहेको नेटवर्क स्वीच गर्न सकिने छ ।

2563
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

चिनियाँ कम्पनी साओमीले ५५ इन्चको स्मार्ट एलइडी टेलिभिजन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको मी टिभी ४ टेलिभिजनलाई विश्वकै पातलो स्मार्ट टेलिभिजन दाबी गरिएको छ ।

471
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

गुगलले अपरेटिङ सिस्टमको नयाँ भर्सन एन्ड्रोइडको नयाँ भर्सन ल्याउने भएको छ । हाल एन्ड्रोइड भर्सन ८ अर्थात् ओरियो चलिरहेको छ भने गुगलले एन्ड्रोइडको नवौं भर्सनको नाम पिस्ताचियो आइसक्रिमको नामबाट ‘एन्ड्रोइड पी’ नामाकरण गरेको छ ।

1161
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

अमेरिकन बजारमा सफलता हात पारेको टीसीएल ब्रान्डले फेरि पनि आफ्नो नयाँ आयाम र उत्पादनहरूको डिजाइन थप्दै नेपाली बजारमा एस६ एस६२ सिरिजका स्मार्ट टिभीहरू ल्याएको छ ।

298
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

सूचना प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी मेला (क्यान–इन्फोटेक) पाँच नम्बर प्रदेशस्तरीय बुटवलमा सुरु भएको छ । आइतबारबाट सुरु भएको मेलाको प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले रोबोटको स्विच थिचेर उद्घाटन गरे । पोखरेलले सूचना प्रविधिको पहुँच र प्रयोगबाटै नागरिक र राष्ट्रको समृद्धि हुने बताए ।

977
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

टवलमा हुने सातौं स्टाटअप क्यान इन्फोटेकको तयारी पूरा भएको आयोजकले बताएका छन् । सोमबार प्रदर्शनीस्थल बुटवल मण्डपमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै क्यान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले विकेन्द्रीकृत अवधारणअनुसार प्रदर्शनी आयोजनाको तयारी भएको बताए । “सातै प्रदेशका मुख्य सहरहरूमा प्रदर्शनी गर्ने केन्द्रको योजना छ,” उनले भने ।

571
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हबले बाइ वान गेट वान फी अफरसहित मोबाइल मेला आयोजना गर्ने भएको छ । चाबहिल चुच्चेपाटीस्थित केएल टावरको भुइँ तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित मोबाइल मेला आयोजना गर्न लागेको आयोजकले जनाए ।

980
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

हिम इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सामसङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला सञ्चालन भइरहेको कमपनीले जनाएको छ । माघ २५ गते सुरु भएको यो मेला फागुन ६ गतेसम्म चल्ने भन्दै आयोजकले यस कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोबाइलसँग सामसङका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरू एक्सचेञ्ज गर्न सक्ने बताएको छ ।

372
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

सोनीको शोरुम काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारिक विक्रेता नेपाहिमा टे«डलिंकले बिहीबारबाट उक्त शोरुम सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमकाबीच सोनीको बिजनेस हेड जेरेमी हेङ, चर्चित निर्देशक निश्चल बस्नेत र नेपा हिमा टे«डलिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरले सो शोरुमको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको ब्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइबरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडीआरसीरीजमा हेडफोनहरू नेपाली बजारमा उपलब्ध छन् । यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगबुमा सञ्चालनमा आइसकेको छ ।

358
एजेन्सी
शुक्रवार, माघ २६, २०७४

कुलप्याड कम्पनीले आफ्नो पछिल्लो उत्पादन कुल प्ले सिक्स नेपाली बजारमा भित्र्याएको छ । गत वर्ष कुल सी वान मोबाइल सार्वजनिक गर्दै नेपाल प्रवेश गरेको यो चिनिया कम्पनीले सीमित मोडेल मात्र बजारमा ल्याइरहको छ । ६ जीवी र्याम, १.८ गीगाहर्जको अक्टाकोर क्वालकम स्न्यापड्रागन ६५३ प्रोसेसर र ग्राफिक्सका लागि एड्रेनो ५१० जीपीय जडित कुल प्ले सिकसलाई गेमिङ स्मार्टफोनको मोडेल हो ।

825
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

संदिग्ध अपराधीहरूलाई पहिचान गरी समात्नका लागि सुरक्षा नियोगहरूले स्मार्ट चश्मा (ग्लास)को प्रयोग गर्ने योजना बनाइरहेका छन् ।विश्वका कतिपय प्रहरी नियोगहरूले संदिग्ध अपराधीहरूको गतिविधिलाई नियाल्न र उनीहरूको पहिचान गर्न स्मार्ट ग्लासको प्रयोगबारे योजना बनाइरहेका बेला चिनियाँ प्रहरीले यो काम सुरू गरिसकेका छन् ।

1065
धर्मेन्द्र कर्ण
शुक्रवार, माघ २६, २०७४

बुढ्यौली लाग्न थालेपछि स्मरण शक्ति मानिसहरूमा ह्रास हुन थालेजस्तै कुकुरमा पनि स्मरण शक्तिको ह्रास हुने पाइएको छ । स्मरण शक्तिमा ह्रास हुने भएपछि कुकुरमा पनि कामकाज गर्ने प्रवृत्तिमा शिथिलता आउने गर्छ । त्यसैले कुकुरहरूलाई तालिम दिएर फुर्तिलो बनाउने गरिन्छ । युवा अवस्थाका कुकुरहरूमा सिक्ने प्रवृत्ति तीव्र हुन्छ भने बढी उमेरका कुकुरहरूमा यो क्षमता कम हुने गर्छ ।

760
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी जे सिरिजअन्तर्गत जे२ फोरजी मोबाइल बजारमा ल्याएको छ । यसबाट सामसङको फोरजी स्मार्ट समूहमा नयाँ मोबाइलको प्रवेश भएको भन्दै कम्पनीले यस फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिने दाबी गरेको छ ।

525
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

सीजी मोबाइल्सले बुधबार सीजीपल्स नामक वायरलेस हेडसेट सीजी एसेसरिजका रूपमा सार्वजनिक गरेको छ । संगीत र अडियोका लागि विशेष रूपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगीत प्रेमीहरूका लागि उत्तिकै महत्वको रहेको भन्दै कम्पनीले नयाँ सीजीपल्स मोबाइल फोनहरू, ल्यापटपहरू, तथा अन्य मोबाइल डिभाइसहरू जसमा ब्लूटुथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका लागि उपयुक्त रहेको जनाएको छ ।

685
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

विश्वकै अग्रणी स्थानमा रहेको मोबाइल फोन एवं अन्य सञ्चारसम्बन्धी उपकरणको निर्माता ट्रान्ससन् होल्डिङले नेपाली मोबाइल बजारमा उल्लेखनीय रूपमा आफ्नो उपभोक्ता संख्या बढाइरहेको जनाएको छ । २०१७ को सेप्टेम्बरमा कम्पनीले विधिवत रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो र विगत ३ महिनाको दौरानमा आइटेल ब्रान्डले १६ ५ बजार अंश ओगटी आफूलाई पहिलो स्थानमा राख्न सफल भएको दाबी गरेको छ ।

615