कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

नेसनल बैंकिङ इन्स्टिच्युटले आफ्नो स्थापनाको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा फागुन ५ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एनबीआई नामको मोबाइल एपको शुभारम्भ गरेको छ । सो एपमा नेपालकै पहिलो वित्तीय साक्षरतासम्बन्धी जानकारीमूलक एवं शैक्षिक सामग्रीले भरिपूर्ण विषय समावेश गरिएको भन्दै एनबीआईले उक्त एपको समावेश वित्तीय साक्षरतासम्बन्धी भागमा वित्तीय साक्षरताको ज्ञान दिलाउने ई–किताब, सो किताब अध्ययनपश्चात् परीक्षाको अवसर, बिभिन्न सफलताका कथाहरूलगायत वित्तीय साक्षरतासम्बन्धी गीत समावेश गरिएको पनि जनाएको छ ।

590
कृष्ण न्यौपाने
सोमवार, फाल्गुन ६, २०७५

कम्प्युटर एसोसिएसन महासंघ (क्यान) कास्की शाखाको आयोजनामा फागुन १८ गतेदेखि पोखरामा गण्डकी प्रदेश स्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना प्रविधिको विकास एवं प्रबद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिबारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको १० औं संस्करण हुन लागेको शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

599
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५

स्मार्ट मोबाइल फोनका लागि नेपालकै उत्कृष्ट सुविधासम्पन्न मोबाइल हब सिटिसी मोबाइल हबले प्रणय दिवसको उपलक्ष्यमा आइफोन एक्स उपहार वितरण गर्ने भएको छ । यसका साथै मोबाइल हबले प्रणय दिवसका दिन स्मार्टफोन खरिद गर्ने प्रत्येक सेवाग्राहीलाई डिटिसीको सेल्फी मोबाइल उपहार स्वरुप बितरण गरेको छ ।

586
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५

अब ड्राइभिङ लाइसेन्स प्रक्रियाबारेका जानकारी एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ । ड्राइभिङ लाइसेन्स लिखित परीक्षाको नतिजादेखि स्मार्ट लाइसेन्स नवीकरण वा जारी भइसकेको वा भैनसकेको जानकारीसमेत एसएमएसबाट लिन सकिने व्यवस्था गरिएको हो ।

857
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५

सम्भवतः अहिलेको सर्वाधिक उत्साही प्रविधिको रूपमा कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स–एआई) छ । हाल एआईमा भएका उन्नत विकासले कम्प्युटरलाई प्रोग्राम गर्ने सक्षमता दिएको छ ।

585
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५

हुवावेको नोभा सिरिजको पछिल्लो उत्पादन नोभा फोर स्मार्टफोनको नेपालमा बिक्री सुरु गरिएको छ । यसअघि बजारमा ल्याइएको चार वटा क्यामरासहितको नोभा थ्री आइको सक्सेसरको रुपमा कम्पनीले नोभा फोरलाई यस अघि नै विश्व बजारमा सार्वजनिक गरिसकेको छ । गत वर्ष निकै चर्चामा रहेको नोच स्क्रीनको विकसित रुप मानिएको पिन होल डिस्प्लेसहितका फिचरहरु हुवावे नोभा फोरमा समेटिएका छन् । यो नोभा फोरको फ्रन्ट फेसिङ क्यामरा फोनको बाँयापट्टिको माथिल्लो भागमा रहेको छ ।

724
पहलमान घर्ती
शुक्रवार, फाल्गुन ३, २०७५

जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । दुर्गममा रहेको थबाङ, सुनछहरी, परिवर्तन, गंगादेव गाउँपालिकामा समेत इन्टरनेट चल्न थालेपछि सबै स्थानीय तह इन्टरनेटको पहुँचमा पुगेका छन् ।

410
धर्मेन्द्र कर्ण
शुक्रवार, फाल्गुन ३, २०७५

‘भ्यालेन्टाइड डे’ फेब्रुअरी १४ बिहीबार विश्वका विभिन्न देशजस्तै नेपालमा पनि मनाइयो । यो दिवस दिलको मामिलासँग जोडिएको दिवस हो । प्रेमको मामिलासँग जोडिएको हो । विभिन्न उमेर समूहका व्यक्तिहरूमा फक्रिन खोजेको प्रेमलाई विस्तारित हुन सहयोग पु¥याएको भन्नेहरूको कमी नेपालमा नभए पनि यो पश्चिमाहरूको संस्कृति बोकेर आफ्ना मौलिक संस्कृतिहरूको उपेक्षा र उपहास गर्ने गरेको भन्नेहरू हुनु अस्वाभाविक भने देखिँदैन ।

394
कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५

धेरैभन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधादर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आइफोन एक्स उपहार योजनासमेत सार्वजनिक गरेको छ । रिचार्जरले भ्यालेनटाइन डेको अवसर पारेर यसका प्रयोगकर्तालाई गोलाप्रथाबाट आइफोन एक्स प्रदान गर्ने घोषणा गरेको छ । जसका लागि भने कम्पनीले केही शर्त तोकेको छ ।

563
कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५

दुई÷तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान भए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुगे । त्यहाँको सिफारिसमा उन अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुगेका छन् ।

644
सरस्वती ढकाल
सोमवार, माघ २८, २०७५

प्रतिनिधिसभाको अर्थ समितिले एक महिनाभित्र बक्यौता रकम नतिर्ने दूरसञ्चार सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । अर्थ समितिको आइतबारको बैठकले बक्यौता रकम नतिर्ने सेवाप्रदायक कम्पनीबाट असुलउपर गर्न र नतिर्ने कम्पनीको लाइसेन्स खारेज गर्नेसम्मको कारबाही अघि बढाउन अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

705
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

माइक्रोसफ्ट कम्पनीले सियाटलस्थित वासिङटन स्टेट कन्भेन्सन सेन्टरमा डिभलपरहरूका लागि तीन दिने बिल्ड इभेन्टको आयोजना गर्ने भएको छ । माइक्रोसफ्टले डिभलपरहरूका लागि यस किसिमको आयोजना बर्सेनि गर्दै आएको हो ।

630
धर्मेन्द्र कर्ण
शुक्रवार, माघ २५, २०७५

पीडा, दुःख, करूणा, माया, दया, घृणा, प्रेम, विक्षिप्तजस्ता हर्ष र विषादको अवस्था मानिसले जीवनभरि नै अनुभव गर्छ । यस्ता जीवनका मनोदशा र मनोभावनालाई बुझाउने ध्वनि र हर्ष र विस्मात बुझाउने शब्दहरू हुन्छन् ।

602
किरण आचार्य
शुक्रवार, माघ २५, २०७५

विश्वकै महँगो ब्रान्ड एप्पल र विश्वभर सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने पहिलो कम्पनी सामसङ । वर्षौंदेखि स्मार्टफोन बजारमा यी दुई कम्पनीकै प्रभुत्व कायम छ । तर, अब दुवै कम्पनीमाथि चुनौतिका पहाड बनेका छन्, चिनियाँ ब्रान्ड ।

706
अनिश शर्मा गैरे
शुक्रवार, माघ २५, २०७५

स्थानीय तहका योजना, कार्यविधि, गतिविधि, योजनाको सम्झौता र फस्र्यौट गर्दा आवश्यक पर्ने कागजातका बारेमा पनि एप्सबाट जानकारी पाउन सकिन्छ ।

473