कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

चिनियाँ बहुराष्ट्रिय प्रविधि कम्पनीको सहायक मोबाइल ब्रान्ड हनरका नयाँ स्मार्टफोनहरु नेपाली बजारमा भित्रिएका छन् । कम्पनीले हनर ब्रान्डका चार वटा स्मार्टफोन भित्र्याउँदै औपचारिक रुपमा नेपालमा अनरको बिक्री सुरु गरेको प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

416
कारोबार संवाददाता
शुक्रवार, पुष २०, २०७५

अरेबियन नाइट एक हजार एक कथासंग्रहमा संग्रहित अलाद्दिनको कथामा अलाद्दिनले प्रयोग गर्ने जादूको उड्ने कार्पेट अब यथार्थ बन्न लागेको छ । अनुसन्धानकर्ताहरूले यस्तो ‘म्याजिक कार्पेट’ बनाउन लागेका हुन् ।

431
धर्मेन्द्र कर्ण
शुक्रवार, पुष २०, २०७५

सूचना प्रविधि (आईटी) क्षेत्रमा रूचि राख्नेहरूबीच सन् २०१९ मा प्रविधिको कस्तो प्रवृत्ति (ट्रेन्ड) देखा पार्ने हो, त्यसबारे जिज्ञासा बढेको पाइन्छ । प्रविधि क्षेत्रको विकासले अहिले सबै क्षेत्रलाई त्यही अनुपातमा परिवर्तन र प्रगति ल्याइरहेको छ । झन् यसको परिवर्तन तीव्र रूपमा भइरहेको छ । २१औं शताब्दीका सूचना प्रविधि क्षेत्रका कामदारहरूले सिकाइलाई निरन्तरता दिइरहेका छन् । यसो नगर्दा कामबाट बाहिरिनुपर्ने अवस्था आउन सक्ने देखिएकाले उनीहरूले आफूलाई ‘अपडेट’ गरिरहेका छन् ।

421
रासस
मंगलबार, पुष १७, २०७५

नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

592
कारोबार संवाददाता
मंगलबार, पुष १७, २०७५

सीजी ग्रुपअन्तर्गतको सीजीपे नेपाललाई नेपाल राष्ट्र बैंकले, भुक्तानी सेवा प्रदायको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । सीजीपेबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।

908
धर्मेन्द्र कर्ण
शुक्रवार, पुष १३, २०७५

कृत्रिम बौद्धिकता (एआर्ई)को उदयलाई चौतर्फी सकारात्मक तथा नकारात्मक चर्चाको विषय बनाइएको छ । आधुनिक विकासको माध्यमका रुपमा समेत हेरिएको एआई महिलाको पेशागत जीवनमा संकट निम्त्याउने प्रमुख कारक बन्ने देखिएको छ । कृत्रिम बौद्धिकता (एआर्ई) र स्वचालन (अटोमेसन)मा भएका विकासहरूले मानव समुदायको उन्नतिमा एक प्रमुख छलाङ मारेको सम्पदाको रूपमा आफूलाई उभ्याइए पनि यी विकासहरूले सार्वजनिक जीवनका प्रगतिका अर्को महत्वपूर्ण मापकहरूमा प्रतिकूल असर पार्न सक्ने अनुसन्धानले देखाएका छन्। यसलाई पारिश्रमिकमा लैंगिक विभेदको रूपमा बुझ्न सकिन्छ ।

636
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्द हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले हटाउने भएको छ ।

864
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

अनलाइनबाट अर्डर गरिएको खानाको पेमेन्ट पनि अनलाइनबाटै गर्न पाइने भएको छ । फुडमान्डुबाट गरिएको खानाको अर्डरको पैसा अब नगद दिनु नपर्ने अर्थात् अनलाइनबाटै तिर्न सकिने भएको हो ।

635
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

अमेरिका र चीनबीचको व्यापार युद्धको अवस्थामा चिनियाँ कम्पनी हुवावेले यो वर्ष २० करोड स्मार्टफोनको सीपमेन्ट गरेको छ । कम्पनीले एकपछि गरी अर्को राम्रो स्मार्टफोन ल्याइरहेको छ ।

482
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

हुवावे कम्पनीले नोभा थ्री आई स्मार्टफोनको मूल्य घटाएको छ । यसअघि ३८ हजार ९ सय रुपैयाँ मूल्य रहेको यो स्मार्टफोन अब नेपाली बजारमा ३५ हजार ९ सय ९० रुपैयाँमा किन्न पाइने हुवावे नेपालले जनाएको छ ।

558
कारोबार संवाददाता
शुक्रवार, पुष १३, २०७५

नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकमलाई सेवा सञ्चालनमा गरेको अवरोधविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सिजीलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न मंगलबार प्राधिकरणलाई आदेश दिएको हो । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उक्त आदेश दिएको हो ।

760
कारोबार संवाददाता
बिहिवार, पुष १२, २०७५

विश्वमा भइरहेको प्रविधिको विकासलाई समानान्तर रूपमा अघि बढाउनका लागि वल्र्डलिंकले ‘वल्र्डलिंक इन्टरनेटको नयाँ स्ट्यान्र्डर्ड’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको प्रोड्क्टमा तीन नयाँ प्याकेज ‘एस–२५’, ‘एस–४०’ र ‘एस–६०’ एमबीपीएस छ ।

1713
कारोबार संवाददाता
आइतवार, पुष ८, २०७५

सबैभन्दा बढी सेवा समेटिएको मोबाइल एप रिचार्जरको नयाँ भर्सन अपडेट भएको छ । साथै रिचार्जरको लोगो अंकित झन्डा दक्षिण अमेरिकाको अकोनकागुवा शिखरमा फहराइएको छ । यसै उपलक्ष्यमा भर्सन अपडेटसँगै क्रिमस डेको अवसर पारेर रिचार्जरले ४ वटा आकर्षक अफर सञ्चालन गर्ने भएको छ ।

609
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

मानव मस्तिष्कको प्रतिरूप तयार पार्न महत्वपूर्ण हुने थ्रीडी गेमका लागि कम्प्युटर हार्डवेयरको डिजाइन गरिएको छ । ससेक्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्तो कम्प्युटर हार्डवेयरको विकास गरेका हुन् । मुसाको मस्तिष्कलाई द्रुतगतिमा सक्रिय सर्वाधिक ऊर्जाशील बनाउने काम उनीहरूले विकास गरेको कम्प्युटर हार्डवेयरले गरेको पाइएको हो । त्यो विश्वविद्यालयका स्कूल अफ इन्जिनियरिङ एन्ड इन्फर्मेटिक्सका डा. जेम्स नाइट र प्रोफेसर थोम्स नोवोटनीले जीइएनएन सफ्टवेयर र ग्राफिक्स प्रोसेस युनिटस जीपीयुको विकास गरेका हुन् । ती सफ्टवेयरको प्रयोग गरी मस्तिष्कलाई सक्रिय पार्ने काम गरिएको छ ।

622
कारोबार संवाददाता
शुक्रवार, पुष ६, २०७५

चिनियाँ प्रविधि कम्पनी लेनोभोले चल्तीका बजार ‘ट्रेन्ड’लाई पछ्याउँदै नयाँ फ्ल्यागशीप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको लेनोभो जेड फाइभ स्मार्टफोनलाई १२ जीबीको -याम भएको विश्वकै पहिलो स्मार्टफोनको रुपमा चिनाएको छ । चीनमा एक कार्यक्रमबीच जेड फाइभ सिरिजका दुई स्मार्टफोन जेड फाइभ एस र जेड फाइड प्रो–जिटी सार्वजनिक गरिएको हो । कम्पनीले फ्ल्यापशीप मोबाइल फोनमा अनिवार्यजस्तै बन्दै गरेको बहुक्यामरा, पावरफुल -याम, स्टोरेज र प्रोसेसरलगाएतमा आफूलाई प्रतिस्पर्धामा उतारेको देखिन्छ ।

568