कारोबार संवाददाता
बुधवार, मंसिर ५, २०७५

प्रविधि कम्पनी हुवावेको तीनवटा रियर क्यामरा सहितको मेट २० स्मार्टफोन नेपालमा सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा पत्रकार तथा ब्लगर मिट गरेर सार्वजनिक गरिएको स्मार्टफोनको नेपाली मूल्य १ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

635
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

विश्वको दोस्रो ठूलो स्मार्टफोन उत्पादकमा बढोन्नती भएको प्रविधि कम्पनी हुवावेले आफ्नै भ्वाइस एसिस्टेन्ट ल्याउने भएको छ । गुगलको गुगल एसिस्टेन्ट र अमेजनको एलेक्सा डिभाइसजस्तै हुवावेले पनि आउदो वर्ष विश्व बजारमा आफ्नै भ्वाइस एआई प्रविधिमा आधारित भ्वाइस एसिस्टेन्ट ल्याउने तयारी गरेको हो ।

961
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

नेपाल टेलिकमले आफ्नो मुख्य मोबाइल एप्लिकेसनलाइ अपडेट गरेको छ । अपडेट गरिएको एपबाट गिफ्ट स्वरुप टेलिकमका विभिन्न प्याकेट एकले अर्कोलाई पठाउन पाउने लगाएतका नयाँ फिचर समेत थपिएको छ ।

758
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३०, २०७५

हिजोआज स्मार्टफोनमा चल्तीको फिचर हो फुलस्क्रीनसहितको नोच डिस्प्ले । गत वर्ष आइफोन एक्समा नोच डिस्प्ले ल्याइएपछि त्यसयताका एन्डोइड फोनहरूमा नोच डिस्प्ले राखिनु अनिवार्य जस्तै बन्न आएको छ तर एप्पलले भने आगामी ग्याजेटमा हाल चलेको जस्तो नोचको सोंच त्याग्ने भएको चर्चा छ ।

834
मेगराज खड्का
बुधवार, कार्तिक २८, २०७५

रुकुम पश्चिमको सोलाबाङ बजारमा नेपाल टेलिकमले ल्यान्डलाइन फोन र एडिएसएल इन्टरनेट लाइन बिस्तार गरेको छ । यही कात्तिक २० गतेदेखि फोन र इन्टरनेट सेवा सुचारु गरेर ग्राहकहरूलाई विस्तार गरेको नेपाल टेलिकम रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए ।

1407
कारोबार संवाददाता
मंगलबार, कार्तिक २७, २०७५

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । एसियन ओसेइएन कप्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक कम्युनिकेसन्स सम्मानित भएको हो ।

854
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

स्मार्ट, टेलिकम कम्पनीले हालै आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्तगर्न सकिने जनाएको छ । अब स्मार्टको कुनै पनि डाटा प्याकखरिद गर्दा ग्राहकले डाबल डाटा प्राप्तगर्नुहुने छ ।

833
कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५

ओप्पोले नेपाली बजारमा ए सिरिजका स्मार्ट फोन अन्तर्गत आफ्नो नयाँ उत्पादन ए सेभेन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीका अनुसार शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए सेवन विशेष मितव्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो । प्रिअर्डरको अवधि नोभेम्बर ६ देखि १४ सम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

957
सरस्वती ढकाल
सोमवार, कार्तिक २६, २०७५

नेपालमा सूचना प्रविधिको प्रयोग बढेसँगै ‘लाइफटाइम’ सकिएर प्रयोगविहिन भएका उपकरणको व्यवस्थापनमा चुनौती देखिएको छ । प्रविधिसँग सम्बन्धित सामग्रीहरू प्रयोग गर्दा प्रयोगकर्ताको काम जति छिटो र सहज भएको छ प्रयोग सकिएपछि त्यस्ता सामानको व्यवस्थान हुन नसक्दा समस्या पनि बढ्दै गएको छ । दिनहुँ आयात बढ्दै गएका मोबाइल, ल्यापटप, ट्याब्लेट, फ््याब्लेट, ब्लुटुथ तथा वाईफाई डिभाइस, स्मार्ट वाच, चार्जरलगायतका पछिल्ला प्रविधिका डिभाइसहरू प्रयोगविहिन भएपछि जनस्वास्थ्यका लागि हानिकारक मानिएका छन् ।

770
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५

वहुराष्ट्रिय प्रविधि कम्पनी हुवावेको पछिल्लो फ्ल्यागशीप स्मार्टफोन मेट २० प्रो पश्चिम युरोपमा सबैभन्दा बढी विक्री हुने स्मार्टफोनको स्थानमा पुगेको छ । हालै सार्वजनिक गरिएको मेट भर्सनको यो भेरियन्टको प्रिअर्ड गत वर्षको पी २० प्रोको भन्दा ४० प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।

990
धर्मेन्द्र कर्ण
शुक्रवार, कार्तिक १६, २०७५

हरेक कारोबार र सामाजिक क्रियाकलापमा कृत्रिम बौद्धिकताको (एआई) प्रयोग गरिए यसले मानव समाजको अस्तित्वका लागि ठूला चुनौतीहरू थपिने ठूला वैज्ञानिक र कारोबारीहरूको चेतावनी सार्वजनिक भएका छन् । तर, त्यस्ता चुनौती खडा गर्ने भनिएको एआईको कारोबारी र सामाजिक प्रयोगका लागि सक्षम बनाउन ठूला चुनौतीहरू देखिएको सम्बद्ध क्षेत्रका विज्ञहरूको भनाइ रहेको छ ।

798
किरण आचार्य
शुक्रवार, कार्तिक १६, २०७५

चिनियाँ स्मार्टफोन ब्रान्ड वान्प्लसले पछिल्लो फ्ल्यागशीप स्मार्टफने भर्सन वनप्लस सिक्स टी सार्वजनिक गरको छ । खचाखच भरिएको बडेमानको हलको लाइभ कार्यक्रमकाबीच अमेरिकाबाट यसको सार्वजनिक गरिएको हो । यो वनप्लसको नऔं स्मार्टफोन हो भने टि भर्सनको तेस्रो मोबाइल हो । भिभोको भी ११ ले अन स्क्रीन फिंगरप्रिन्ट सेन्सरवाला मोबाइल सार्वजनिक गरिहँदा पाँच महिनाअघि यो सुविधा नभएको वनप्लस सिक्स सार्वजनिक गरेको थियो ।

868
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५

विराटनगरमा पहिलोपटक आइसीटी एक्स्पो हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ देखि १० गतेसम्म विराटनगरस्थित जैन भवनमा एक्स्पो आयोजना गर्ने भएको हो । आयोजक समितिले पत्रकार सम्मेलन गरेर विराटनगरलाई सूचना प्रविधिको गन्तव्य बनाउने उद्देश्यसहित एक्स्पो गर्न लागेको जानकारी गराएको छ ।

634
कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५

अन्तर्राष्ट्रिय मोबाइल निर्माता साओमीले नेपाली बजारमा पहिलो पटक आफ्नो पोकोफोन सबब्रान्डको पोकोफोन एफवान स्मार्टफोन भित्र्याएको छ । साओमी भित्रकै निकै अनुभवी टोलीबाट निर्मित पोकोफोनले स्मार्टफोन प्रयोगको अनुभवलाई झन्झटमुक्त बनाउने भन्दै कम्पनीले बुधबार सार्वजनिक भएको पोकोफोन एफवान, पोकोफोन ब्रान्डको पहिलो स्मार्टफोन भएको जनाएको छ ।

751
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरूका लागि नयाँ गन्तव्यको अवधारणासहित हबले मोबाइल मेलामा आकर्षक छुटका साथै अफरभित्रको अफर योजना ल्याएको जनाएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनि दिने र नजिकिँदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइल हबले जनाएको छ ।

901