कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः ७ को अनुपातमा साविकका सेयरधनीहरूलाई जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौंलाई नियुक्त गरेको छ ।

275
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जिआईसी नेपाल) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

319
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बिहीबारदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरू महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उपशाखा कार्यालय, लम्की उपशाखा कार्यालय, फिदिम उपशाखा कार्यालय तथा इलाम उपशाखा कार्यालयहरूको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी

255
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

भु इन्स्योरेन्स र वयोधा हस्पिटल्सबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा वयोधा हस्पिटल्सका तर्फबाट महाप्रवन्धक उत्तम थापाले हस्ताक्षर गरे ।

250
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

गरिबको सूचीमा रहेका गोरखाका नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सेवा लिन थालेका छन् । अति गरिबको सूचीमा परेकामध्ये हालसम्म ७ सय ७८ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । स्वास्थ्य बिमासम्बन्धी बोर्डले गरिबीको रेखामुनी रहेकामध्ये अति गरिबलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेसँगै गत कात्तिकदेखि अति गरिब घरपरिवारलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याइएको हो ।

284
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

कृषि तथा पशुपन्छीजन्य उत्पादन प्रवद्र्धनका लागि सरकारले ल्याएको बिमा योजना आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा केन्द्रीत हुने भएको छ । बिमा समितिले कृषि उपजको नयाँ बिमा लेख जारी गर्दा आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखेर जारी गर्न थालेको हो ।

298
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमा समितिबाट जारी भएको वैदेशिक रोजगार जीवन बिमालेखसम्बन्धी निर्देशनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी आइतबारबाट बिमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको जनाएको छ ।

255
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा प्रथम वार्षिकोत्सवको अवसरमा फिदिमको वीरेन्द्रचोकमा बिमा जागरण अभियान सम्पन्न गर्यो ।

299
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्ना नयाँ दुई उप–शाखा कार्यालयहरू धनकुटा उपशाखा तथा अछाम उप–शाखााहरूको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ ।

298
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रथम वाषिकोत्सवको अवसरमा सोमबार बिर्तामोडको अग्रसेन भवनमा, मंगलबार इलामको इलामचोक बजार तथा फिदिमको गणतन्त्रचोक फिदिम बजारमा बीमाको जनचेतना अभिवृद्धि गर्ने उदेश्यकासाथ कम्पनीले बीमा जागरण अभियान गरेको जनाएको छ ।

244
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

बिमाको पहुँच बढाउन र यसको लागत घटाउनका लागि प्रविधिमा आधारित भई सेवा दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बिमा कम्पनीहरूले परम्परागत रूपमा काम गर्दा बिमा पोलेसी बिक्री, प्रिमियम संकलन, दाबी भुक्तानीलगायतका प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने भएको भन्दै यसलाई घटाउनका लागि प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

232
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायको विविधिकरण गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बिमा कम्पनीहरु एउटामात्र क्षेत्रमा केन्द्रित हुँदा जोखिम बढेको भन्दै यसलाई कम गर्नका लागि व्यवसाय अन्य क्षेत्रमा पनि विस्तार गर्न उनले निर्देशन दिएका हुन् ।

532
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बिमा समितिबाट स्वीकृति प्राप्त गरी कारोबार सञ्चालन गरेको एक वर्ष पूरा भएको जनाएको छ । कम्पनीले सफलतापूर्वक एक वर्ष पूरा गरेको यो सुखद अवसरमा शुक्रबार हामी कम्पनीको प्रथम वार्षिकोत्सव मनाउन गइरहेका छौं ।

423
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

सामाजिक सेवा दिवस ०७४ असोज ६ गतेबाट कारोबार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकालको प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ ।

381
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

सानिमा जनरल इन्स्योरेन्सको शुक्रबार नारायणगढमा शाखा कार्यालयको विधिवत् उद्घाटन कम्पनीका सञ्चालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरे ।

390