कारोबार संवाददाता
सोमवार, मंसिर १७, २०७५
455

नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच नेपाल सरकारले चालू आव ०७५/७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाका लागि सम्झौता सम्पन्न भएको छ ।
आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालू आवको आरम्भदेखि नै पुनर्बिमा हुने र यसबाट दुवै कम्पनी लाभदायक हुने कम्पनीले दाबी गरेको छ ।