नेपालगन्ज, दाङ तथा बुटवलमा सानिमा लाइफ
कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५
416

सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभर शाखा सञ्जालन विस्तार गरी प्रचार–प्रसारको माध्यमबाट सर्वसाधारणमा बिमा चेतना जगाई नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईंलगायत स्थानीय भद्र भलादमीहरू समेतको उपस्थितिमा बाँके जिल्लाको नेपालगन्जमा विधिवत् रूपमा शुक्रबार शाखा कार्यालय उद््घाटन गरेको छ । साथै, सानिमा लाइफले दाङ जिल्लाको तुलसीपुरमा पनि विधिवत् रूपमा शाखा कार्यालयको शनिबार उद््घाटन गरेको छ । साथै, सानिमा लाइफ इन्स्योरेन्सले आइतबार रुपन्देही जिल्लाको बुटवलमा पनि विधिवत रूपमा शाखा कार्यालय उद््घाटन गरेको जनाएको छ ।