गुराँस लाइफको जीवन बिमासम्बन्धी सेमिनार सम्पन्न
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
227

गुराँस लाइफ इन्स्योरेन्स तथा पोखरा विश्वविद्यालयको संयुक्त आयोजनामा प्रदेश–४ को राजधानी पोखरामा जीवन बिमाको आधारभूत ज्ञान तथा बजारका विषयमा एक दिवसिय सेमिनार सम्पन्न भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई तथा पोखरा विश्वविद्यालयका डिन प्रा. हरिबहादुर खड्काको प्रमुख आतिथ्य एवं कम्पनीका क्षेत्रीय प्रमुख बाबुराम पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रमा बिमा योजना तथा बजार रणनीति बारेमा बोल्दै क्षेत्रीय प्रमुख पौडेलले बिमा योजनाहरू आधुनिक आवश्यकता अनुरूप भएमा यसको बजारीकरणमा सहज हुने कुरा बताए ।
त्यसैगरी समग्र जीवन वीमाको बजार तथा नेपालमा यसको अवस्था वारेमा वोल्दै पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरेले विभिन्न तथ्यांक प्रस्तुत गर्दै बजारको मागअनुरूप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्ने तथा आवश्यकता अनुरूप सम्बन्धित निकायको सहर्कायमा पाठ्याक्रम परिर्माजन गरी समय सापेक्ष बनाउने बताएका थिए भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले जीवन बिमाको प्रक्रिया तथा जीवन बिमा कम्पनीको साँगठनिक ढाँचा, दाबी भुक्तानी प्रक्रिया, अण्डरराइटिङसम्बन्धी व्यवस्था, कम्पनीको बोनस निर्धारण प्रक्रियाहरूका बारेमा सहभागीहरूलाई प्रशिक्षण गराएका थिए ।