कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५
587

काठमाडौं-युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । शुक्रबार बसेको कम्पनीे सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको जनाएको छ । कम्पनीले सोमबारदेखि लागू हुने गरी भट्टराईलाई सो पदमा नियुक्त गरेको भन्दै उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका तथा युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्ससहित करिब १९ वर्ष बिमा व्यवसायको अनुभव गरेका भट्टराई अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको पनि जनाएको छ ।