रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जीवन शान्तिबिमा योजना
कारोबार संवाददाता
बिहिवार, असार ७, २०७५
161

 रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरूका लागि जीवनशान्ति बीमा योजना अघि ल्याएको छ । १६ वर्षको उमेरदेखि नै लिन गर्न सकिने यो बिमा योजनाअन्तर्गत न्यूनतम बिमा शुल्कमा भविष्यमा हुन सक्ने भवितव्यबाट आर्थिक स्थिरता तथा पूर्ण जोखिम प्रदान गर्छ । यो योजनाको विशेषता भनेको न्यूनबिमा शुल्कमा आश्रितहरूको भविष्य सुरक्षित गर्नु रहेको भन्दै कम्पनीले यस जीवनशान्ति बिमा योजनासँगै विभिन्न अतिरिक्त सुविधाहरू पनि बिमितले लिन सक्ने बताएको छ । साथै कम्पनीले घातक रोगहरूविरुद्धको अतिरिक्त सुविधाहरू पनि ल्याएको छ । कम्पनीले ७/११ वा १८ विभिन्न घातक रोगबाट हुन सकिने मानवीय हानीलाई मध्यनजर गरी यो सुविधा सार्वजनिक गरेको जनाएको छ ।