कारोबार संवाददाता
बुधवार, असार १३, २०७५
365

डोल्पा-सियन लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाका दुई जना मृतकका आफन्तलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । एसियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गरेका विमितहरूको निधन भएकाले आफन्तहरूलाई विमितको मृत्युपछि पाउने रकम बुझाइएको एसियन लाइफ इन्स्योरेन्स उपशाखा डोल्पाले जानकारी दिएको छ ।
ठूलीभेरी नगरपालिका–८ जुफालका काली बूढाको केही महिना अगाडि मृत्यु भएपछि मृत्युपछि पाउने जम्मा १ लाख ५ हजार १ सय ४१ रुपैयाँ मृतकका आफन्त सुन्दर बूढालाई ठूलीभेरी नगरपालिकाका मेयर गरेशबहादुर शाहीद्वारा हस्तान्तरण गरिएको एसियन लाइफ इन्स्योरेन्स उपशाखा डोल्पाका इन्चार्ज डिलबहादुर बूढाले बताए । मृतक काली बूढाले एसियन लाइफ इन्स्योरेन्समा १ लाख एक हजारको बिमा गरेका थिए भने उहाँले एक वर्षको किस्ता बुझाएका थिए ।
यसैगरी त्रिपुरा सुन्दरी नगरपालिका–६ का विमित बुद्धि विटालुका आफन्तलाई पनि बिमा मृत्यु दाबी रकम भुक्तानी गरिएको छ । मृतक बुद्धि बिटालुको केही महिना आफ्नै कालगतिले निधन भएपछि उहाँका हक दाबी आफन्त रूप बिटालुलाई १ लाख ४ हजार ५ सय ३५ रुपैयाँ हस्तान्तरण गरिएको उपशाखा डोल्पाका इन्चार्ज डिलबहादुर बूढाले बताए । मृतक बिटाले एसियन लाइफ इन्स्योरेन्समा १ लाख १ हजार रुपैयाँको बिमा गगरेका थिए भने उनले पनी एक वर्षको मात्र किस्ता बुझाएका थिए । यो डोल्पामा पहिलो पटक विमितका आफन्तहरूले पाउने रकम वितरण गरिएको एसियन लाइफ इन्स्योरेन्स उपशाखा डोल्पाले जानकारी दिएको छ ।