समाजसेवी शर्माद्वारा ६ परिवारको स्वास्थ्य बिमा
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५
175

 रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रूपमा कमजोर अवस्था भएका ६ घरपरिवार समाजसेवी तुलसा शर्माले स्वास्थ बिमा गरिदिएकी छिन् । स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानव विकास तथा समुदायक सेवा चौरजहारी अस्पतालअन्तर्गत आशा बाल विकास सेवा सयोजकसमेत रहेकी शर्माले आफ्नै व्यक्तिगत रकमबाट स्वास्थ्य बिमा गर्न लाग्ने रकम दिएर स्वास्थ्य सेवा गरिदिएकी हुन् ।
आर्थिक अवस्था कमजोर, दलित र पांगता भएका व्यक्तिहरूले पैसा अभावकै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनेर आफ्नै व्यक्तिगत रकमबाट बिमा गरिदिएको उनले बताइन् । बिमा बनाउनेहरूमा चौरजहारी नगरपालिकाकी मधु बिष्ट, केशब बादी, प्रेम शर्मा, पुन जैसी, बुदे बिष्ट र रमिता बिक छन् । जसमा ३ घर परिवार ५/५ जना र दुई घरपरिवार ७/७ जना छन् ।