सिद्धार्थ इन्स्योरेन्स पुरस्कृत
कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५
103

 कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत बाली तथा पशुपन्छी बिमा गर्ने कम्पनीहरुमध्ये सिद्धार्थ इन्स्योरेन्स उत्कृष्ट बाली तथा पशुपन्छी बिमा सेवाप्रदायक कम्पनीका रूपमा पुरस्कृत भएको छ ।
यस सम्मानका लागि सम्पूर्ण निकाय तथा सोका पदाधिकारीहरु प्रतिआभार व्यक्त गर्दै कम्पनीले यस सम्मानले थप ऊर्जा प्राप्त भएको र कृषिको व्यवसायीकरण गर्ने राज्यको लक्ष्यअनुरूप भविष्यमा बाली तथा पशुपन्छी बिमाको क्षेत्रमा अझ प्रभावकारी रूपमा क्रियाशील रही देशभरीका लक्षितवगलाई अझ फाइदा हुने गरी उत्कृष्ट सेवा प्रदान गर्ने जनाएको छ ।