कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५

यस एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानीबापत धादिङको बिमित गकुल उपाध्यायको परिवारलाई २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

374
दीननाथ बराल
आइतवार, भदौ १७, २०७५

नेपालको बिमा बजारको पुँजी ७३ अर्ब रुपैयाँ हाराहारीको रहेको छ । नेपाली नागरिकमा बिमाको सचेतना विस्तारै वृद्धि भएसँगै बिमा क्षेत्रको पुँजी पनि वृद्धि हुँदै गएको हो ।

515
कारोबार संवाददाता
बिहिवार, भदौ १४, २०७५

पूर्वी पहाडी जिल्ला पाँचथरमा बिमा कम्पनीहरूले सेवा विस्तार गर्दै गएका छन् । सानो जिल्ला भए पनि पाँचथरमा नेपाल लाइफ, एसियन लाइफ, प्राइम, नेसनल, गुराँस, युनियन, प्रभु, ज्योति र ४ वटा निर्जीवन बिमा कम्पनीले सेवा दिइरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पदम रिजालले जानकारी दिए ।

384
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भोजपुरमा बिमितको संख्या बढेको छ ।

479
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

सरकारले गरीब तथा विपन्न नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच पुराउन शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रदेश नं ७ मा प्रभावकारी बन्दै गएको छ । 

399
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज आफू मेडिकल साइन्स ‘पुरानो मेडिकल कलेज भरतपुर, चितवन’ बीच बिमा सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

634
यादव हुमागाई
सोमवार, भदौ ११, २०७५

आधा दर्जनभन्दा बढी बिमा कम्पनीहरू प्रमुख कार्यकारी अधिकृत (सीईओ)बिना नै सञ्चालनमा रहेका छन् । बिमा समितिले संस्थागत सुशासन निर्देशिका परिवर्तन गरी सीईओको पदपूर्तिसम्बन्धी व्यवस्था हटाएपछि बिमा कम्पनीले सीईओको पदपूर्ति गर्न आलटाल गरेका हुन् ।

802
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

सिन्धुलीमा पशु बिमा कार्यक्रम प्रति कृषकहरूको आकर्षण बढ्न सकेको छैन । पशु बिमा कार्यक्रमबारे जिल्लाका ग्रामीण क्षेत्रका कषकहरूलाई जानकारी नहुँदा उनीहरू कार्यक्रमको पहुँचमा आउन सकेका छैनन् ।

407
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

नेपाल पुनर्बिमा कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६० लाख कित्ता साधारण सेयरहरू सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरे ।

406
कारोबार संवाददाता
बिहिवार, भदौ ७, २०७५

विगत २२ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा काम गर्दै आएको नेको इन्स्योरेन्स कम्पनी कृषक र व्यापारीको लोकप्रिय बन्दै गएको छ । यस कम्पनीले दैलेखका दुर्गम क्षेत्रमा पुगी कम्पनीले सेवा विस्तार गर्दै आएको हो ।

481
रेशमराज रोकाया
बुधवार, भदौ ६, २०७५

हुम्लाको कुल जनसंख्या ५० हजार ८ सय ५८ मध्ये २ हजार ५ सय जनाले मात्र जीवन बिमा गरेका छन् । बाँकी रहेका ४८ हजार ३ सय ५८ जना भने बिमाको पहुँचभन्दा बाहिर छन् । बिमाका बारेमा प्रयाप्त जानकारी नहुनु र बिमाको प्रभावकारिता कम हुनुले हुम्लामा ९५ प्रतिशतभन्दा बढी बासिन्दाले बिमा सेवा लिन सकेका छैनन । बिमा भनेको अर्थ नै थाहा हुन नसक्दा र बिमा गर्दा हुने फाइदाको बारेमा जानकारी नहुँदा बिमा गर्नेको संख्यामा कमी आएको हो ।

495
दिपक बोहरा
बुधवार, भदौ ६, २०७५

बिभिन्न बिमा कम्पनीहरूले आफ्ना अभिकर्ताहरूलाई बिमा गराएबापत बोनस तथा पुरस्कार दिने भएकाले अभिकर्ताहरूले सेवाग्राहीसँग इमोसनल ब्याकमेलमा बिमा गराउनसमेत थालेका छन् । सेवाग्रहीलाई साइनो गाँसेर, नाता जोडेर र बिभिन्न प्रलोभनमा पारेर बिमा गराउँदा आम नागरिकहरूलाई बिमा प्रतिनकरात्मक धारणको विकास भएको छ । छिमेकी भाइबहिनीहरू आउँछन्, विभिन्न साइनो गाँस्छन, अनि बिमा नगराइ जाँदैन्न, फिदिमका एक व्यक्तिले कारोबारसँग भने ।

375
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् ।

876
कारोबार संवाददाता
मंगलबार, भदौ ५, २०७५

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच बैंकास्युरेन्स सम्झौता सम्पन्न भएको छ ।

394
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोबार विधिवत रूपमा सञ्चालन भएको एक वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको छ ।

391