कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

आईएमई जनरल इन्स्योरेन्सले थप दुई शाखा कार्यायहरू झापाको दमक, सुनसरीको इटहरी र एक उपशाखा मोरङको विराटचोकमा सामेबारदेखि सञ्चालनमा ल्याएको छ । सो शाखाहरूको उद्घाटन कम्पनीका सञ्चालकद्वय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रूपमा गरे ।

308
रासस
मंगलबार, माघ २३, २०७४

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा बाजुरामा पनि सञ्चालन हुने भएको छ । स्वास्थ्य बिमाको समन्वय र जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य बिमा सञ्चालन गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए । जिल्लामा रहेका विपन्न, अतिगरिब, सीमान्तकृत, पिछडिएका वर्गको स्वास्थ्योपचारमा सहयोग पुग्ने गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको उल्लेख गर्दै स्वास्थ्य बिमा बोर्डका संयोजक भरत बोहराले स्वास्थ्यमा पहुँच पुर्याउनका लागि यो कार्यक्रम हरेक जिल्लामा लागू गर्न आवश्यक रहेको बताए ।

348
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

नेपालका निर्जीवन बिमा कम्पनीहरूको कुल लगानीमध्ये करिब ७५ प्रतिशत रकम वाणिज्य बैंकको मुद्दती खातामा थुप्रिएको छ । बिमा समितिको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७४÷७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले मुद्दती खातामा मात्रै २३ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेका छन् । उक्त अवधिमा नेपालमा पुनर्बिमा कम्पनीसहितले ३१ अर्ब ८५ करोड रुपैयाँ बैंकमा जम्मा गरेका छन् ।

697
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

जोखिमलाई आफ्नै क्षमताभित्र बहन गर्न सक्नु वा भविष्यमा आउन सक्ने जोखिमको पहिले नै अनुमान गरी त्यसको रक्षावरण गर्नु नै जोखिम व्यवस्थापन हो । जोखिमलाई व्यवस्थापन गर्ने उत्तम उपकरण भनेको बिमा हो । बिमा कम्पनीलाई निश्चित बिमाशुल्क बुझाई बिमायोग्य जोखिम हस्तान्तरण गर्न सकिन्छ । यस जोखिम व्यवस्थापनको उत्तम विकल्प मानिन्छ । आजको आधुनिक युगमा जोखिम व्यवस्थापनको सर्वोत्तम उपाय पनि यही हो ।

1178
मुना कुँवर
शुक्रवार, माघ १९, २०७४

जीवन बिमा कम्पनीहरूले घरैमा पुगेर अभिकर्ता लाइसेन्स वितरण गर्न थालेका छन् । बजार विस्तार गर्ने प्रतिस्पर्धामा उत्रिएका कम्पनीहरूले व्यवसाय बढाउन बिमितलाई नै अभिकर्ताको लाइसेन्स दिन गरेको पाइएको छ । अभिकर्ता भनेको बिमा कम्पनी र बिमितबीचको मध्यस्थकर्ता हो । कुनै पनि बिमा कम्पनी वा समितिले आयोजना गरेको अभिकर्ता तालिममा सहभागी भएका व्यक्तिले अभिकर्ताको लाइसेन्स लिन सक्छन् ।

941
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

सानिमा लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरका रूपमा नेपालका चर्चित कलाकारद्वय जितु नेपाल र स्वस्तिमा खड्कालाई दुइ वर्षका लागि अनुबन्धित गरेको जनाएको छ ।

563
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) तनहुँले निर्माणका खटिने मजदुरहरूको दुर्घटना बिमा गराउन माग गरेको छ । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै क्युपेक तनहुँले भवन निर्माणको नक्सा पास गर्दा नै निर्माण मजदुरहरूको अनिवार्य दुर्घटना बिमा गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।

419
मुना कुँवर
बिहिवार, माघ ११, २०७४

सरकारले अनिवार्य गरेको लघुबिमा योजना सञ्चालन गर्न जीवन बिमा कम्पनीहरू सक्रिय देखिएका छन् । बिमा समितिको तथ्यांकअनुसार हालसम्म १३ कम्पनीले (पुलबाहेक) १ लाख ३३ हजार ८ सय ८० लघुबिमा जारी गरेका छन् । ९ वटा जीवन बिमा कम्पनीमध्ये ७ कम्पनीले लघुबिमा जारी गरेका छन् भने १७ निर्जीवन कम्पनीमध्ये जम्मा ६ वटा कम्पनीले लघुबिमा जारी गरेका छन् । कम्पनीले ११ अर्ब ७ करोड बिमांक बराबरको लघुबिमा योजना जारी गरेका छन् । जसबापत कम्पनीहरूले १४ करोड ४८ हजार रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । उक्त अवधिमा कम्पनीहरूमा ५ सय ५१ वटा दाबी बराबर ४ करोड ९१ लाख रुपैयाँ कम्पनीहरूले भुक्तानी गरेका छन् ।

783
मुना कुँवर
आइतवार, माघ ७, २०७४

नेपालको बिमा क्षेत्रमा नयाँ कम्पनीहरूको प्रवेशसँगै जसरी कर्मचारीको अभाव चुलिएको छ, त्यसैगरी व्यवसायिक अभिकर्ताको समस्या पनि देखिन थालेको छ । पुराना कम्पनीसँग प्रतिस्पर्धा गर्न आवश्यक दक्ष अभिकर्ताको नपाउँदा पुराना अभिकर्तालाई नै विभिन्न प्रलोभन दिएर कम्पनीहरूले आकर्षित गरि रहेका छन् भने जथाभावी अभिकर्ताको लाइसेन्स वितरण गरिरहेका छन् ।

442
मुना कुँवर
शुक्रवार, माघ ५, २०७४

जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालू आर्थिक बर्ष २०७४-७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको समितिको तथ्यांकमा उल्लेख छ । यो रकम कम्पनीहरूको कुल लगानीको करिव ५ प्रतिशत हो । बिमा कम्पनीहरूले अन्य कम्पनीहरूको सेयरमा आफनो कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने समितिले व्यवस्था गरेको छ । जसमध्ये पब्लिक कम्पनीको साधारण सेयरमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउनछन् । त्यस्तै, उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा ५ प्रतिशत तथा इन्भेष्टमेन्ट कम्पनीमा २ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

813
मुना कुँवर
बिहिवार, माघ ४, २०७४

जीवन बिमा कम्पनीहरूले अभिकर्तालाई फकाउन जथाभावी ऋण प्रवाह गर्ने गरेको पाइएको छ । व्यवसाय प्रबद्र्धनका लागि भन्दै अभिकर्तालाई आकर्षित गर्न कम्पनीहरूले मनपरी ढंगले कर्जा प्रवाह गर्न थालेका हुन् । कम्पनीहरूले अभिकर्ताको लागि समयसमयमा विभिन्न खालका ऋण तथा सापटी योजना सञ्चालन गर्दै आएका छन् । जसअन्तर्गत अधिकांश कम्पनीले घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्यटर र मोबाइल कर्जाका साथै नगद कर्जासमेत प्रदान गर्दै आएका छन् ।

584
कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

कर्णालीमा पहिलो केही वर्षयता निर्जीवन बिमाप्रति आकर्षण बढ्दै गएको छ । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि बिमाप्रतिको आकर्षण बढ्दो क्रममा देखिन्छ । सरकारी कार्यक्रम अनुसारले इन्स्योरेन्स कम्पनीहरू अहिले कर्णालीका ग्रामिण क्षेत्रमा जाने गरेका छन् ।

487
मुना कुँवर
आइतवार, पुष ३०, २०७४

भर्खरै सञ्चालनमा आएका जीवन बिमा कम्पनीहरूले प्रारम्भिक साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका छन् । बिमा समितिले जारी गरेको बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूले सर्वसाधारणको लागी कम्तिमा पनि ३० प्रतिशत सेयर छुट्टाउनु पर्छ । सोही बमोजिम कम्पनीहरूले आईपीओ जारी गर्ने तयारी गरेका हुन् ।

638
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको एक वर्ष पुगेको छ । हालसम्म यहाँका सात सय चार परिवारका ३ हजार ४ सय ४० जनाले स्वास्थ्य बिमा गराएका छन् । स्वास्थ्य बिमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउन निर्वाचिन जनप्रतिनिधिहरूलाई अभिमुखिकरण तालिम दिन थालिएको छ । अधिकासं जनप्रतिनिधिहरूले समेत हालसम्म स्वास्थ्य बिमा गराएका छैनन् ।

482
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

सिन्धुलीमा स्वास्थ्य बिमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सञ्चालित बिमा कार्यक्रममा हालसम्म १० हजार भन्दाबढी स्वास्थ्य बिमा गरिसकेका छन् । ।

466