कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
798

मौद्रिक नीति विकास बैंकलाई सम्मान हुने गरी आउनुपर्छ
रेशमबहादुर थापा
सीईओ, गण्डकी विकास बैंक
संघीयता कार्यान्वयन गर्न सबै स्थानीय तहमा बैंकिङ सेवा सुविधा विस्तार हुनुपर्ने आवश्यकता छ । यसैले बैंक तथा वित्तीय संस्थाहरूले शाखाहरू खोल्दै आएका छन् । ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच पुग्न सकेको छैन भने सहरी क्षेत्रमा भने आधुनिक बैंकिङ गतिविधि बढोत्तरी भएको पाइन्छ ।
प्रदेश नम्बर ७ मा बैंकका शाखा विस्तार गर्ने कार्यमा वित्तीय संस्थाहरूले ध्यान दिएको देखिन्छ । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक तीनवटा बैंक तथा वित्तीय संस्था गाभिएर बनेको हो ।
विकास बैंक एसोसिएसनका सचिव तथा २०६६ सालदेखि गण्डकी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी रूपमा जिम्मेवारी सम्हाँल्दै आएका रेशमबहादुर थापासँग बैंकिङ क्षेत्रको समस्या, समाधान र चुनौतीका विषयमा कारोबार दैनिकका सम्वाददाता हिमेश बिकले गरेको कुराकानीको सार संक्षेप :

गण्डकी बिकास बैंकको कर्जा प्रवाहको अबस्था कस्तो छ ?
गण्डकी विकास बैंकको कर्जा प्रवाहको अवस्था अत्यन्तै राम्रो छ । जहाँ खराब कर्जाको अशं न्यून हुन्छ त्यहँ कर्जा प्रवाह राम्रो हुन्छ । चालू आवमा अपेक्षित रूपमा कर्जा प्रवाहमा वृद्धि हुन सकेन किनभने सेकेन्ड क्वार्टरपछि नेपालको सन्दर्भमा निक्षेपमा अपेक्षा गरेअनुसारको वृद्धि भएन । यस बैंकले १८ अर्ब ४५ करोड रुपैयाँ लेडिङ गरेको अवस्था छ । यस बैंकका हरेक पक्षहरू एकदमै सकारात्मक छ । हामी कर्जा प्रवाहको विषयमा बिकास बैंकका तुलनाहरूमा एकदमै अगाडि छौं ।

बैंकको अस्थिर ब्याजदरले उद्योग व्यवसायीहरू समस्यामा परेका छन्, के भन्नुहुन्छ ?
तपाईंले अहिलेको एकदमै जल्दोबल्दो प्रश्न गर्नुभयो । म पनि यो विषयमा उद्योगी व्यवसायीहरूलाई नेपालमा बैंकहरूले ब्याज दर बढाउँदा प्रतिकूल असर परेको स्वीकार गर्छु । ब्याजदरमा वृद्धि बैंकले नगरेको बुझिदिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्छु । देशमा समयमा पुँजीगत खर्च हुँदैन, समयमा हरेक कुराहरू हुन् नसक्नुको कारणले कहिले डिपोजिटको ग्रोथ कम हुनु र त्यही बजारमा कर्जाको डिमान्ड बढी हुनुले समस्या आएको हो । यिनै बैंक हुन जुन १ वर्ष अगाडि मुद्दतीमा ७ प्रतिशत दिने आज यिनै बैंक, वित्तीय संस्था मुद्दतीमा ११÷१२ प्रतिशत दिएका छन् । एक १ वर्ष अगाडि ९ देखि १२ प्रतिशतमा कर्जा प्रवाह पनि हामीले ग¥यौं भने अहिले १५÷१६ प्रतिशत पुगेको छ । बैंकको काम सुविधा दिने मात्र हो । जसले दिने र लिने बीचमा साक्षी रहेर काम गर्ने हो ।
उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह किन अझै पनि हुन नसकेको हो ? यसका लागि नेपाल सरकारले कस्तो नीति लिनुपर्छ ।
उत्पादन क्षेत्रमा कर्जा लगानी नभएको हो भनेर मैले बुझँदिन् । जस्तो उत्पादन क्षेत्रमा अनिवार्य रूपमा १५ प्रतिशत पु¥याउनु पर्ने नियम छ । उत्पादनमूलक क्षेत्र भनेर कृषि, पर्यटन, शिक्षामा लगानी गर्नुपर्छ । हामीले साना तथा मझौला र घरेलु उद्योगमा लगानी गरेका छौं । यो अपेक्षा गरेअनुसार किन भएको छैन भने देशमा भर्खर–भर्खरै राजनीतिक स्थिरता हुँदैछ । लगानीकर्ताले जहिले पनि सुरक्षा खोज्छ र पुँजी हुने मान्छेलाई सम्मान गरिनुपर्छ ।
आजको दिनमा दुरदराजमा जाने विकास बैंक नै हुन् । गाउँमा विकास बैंक जाने नियम बनाएको छ तर त्यहाँको पैसा त्यही राख्न नपाउने नियम बनाएको छ । हिजोका दिनमा यो ऐन, नियम ठीक भए पनि अब परिमार्जन गरेर सजिलो बनाउनुपर्छ । यसमा राष्ट्र बैंकको ध्यान जाओस् । हामी चाँडोभन्दा चाँडो सेवा दिन आतुर छौं । सरकारले अब ल्याउने मौद्रिक नीतिमा विकास बैंकको सम्मान हुनुपर्छ । हामी केही गर्ने इच्छा हुँदाहुँदै पनि हात बाँधेर बस्नु पर्ने बाध्यतामा छौं ।

निक्षेप तथा कर्जाका कस्ता योजना छन् ?
गण्डकी विकासको कुरा गर्दा विभिन्न खाले प्रोडक्ट छन् । नारी बचत, ज्येष्ठ नागरिकदेखि मुद्दती खातामा पनि आकर्षण ब्याज छ । १२ प्रतिशत ब्याज दिएका छौं । हामी धेरै ब्याज दिएर निक्षेप संकलनको सोंचमा छैनौं । धेरै ब्याज दिए डिपोजिट गर्ने व्यक्ति मर्कामा पर्न सक्छ । हाम्रो रणनिती भनेको सन्तुलित हिसाबले जाने हो र समय सापेक्ष योजना ल्याउने लक्ष्य छ ।
बैंकको एबीबीएस, मोबाइल बैंकिङ, रेमिटयान्स सेवासहितको पूर्ण बैंकिङ सञ्चालनको प्रभावकारिता कस्तो छ ?
बैंकमा एबीबीएसको अवस्था एकदमै राम्रो छ । एटीएम प्रयोग गर्ने धेरै बढेका छन् । नेपालमा मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेको संख्या भर्खरै बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य, रोजगारीमा विशेष लगानी गर्ने प्रक्रियामा जानुपर्छ । अबको बैंकिङ भनेको डिजिटल बैंकका रूपमा जाने हो । झोलामा धेरै व्यक्तिले पैसा बोक्न छाडिसकेका छन् । बैंकहरूलाई पुग्ने ठाउँमा पुगेको छैन पनि भन्छन् उता सहरभित्र पनि बैंक पुगेका ठाउँमा सेवाग्राहीहरू नआएको पनि पाइन्छ । बैंकले निकै नै फड्को मारेको छ नेपालमा पनि । सहरमा चेकभन्दा एटीएम प्रयोग गर्छन् ।
राष्ट्र बैंकले बैंकिङ सुशासन कमजोर भएको टिप्पणी गरेको छ । गण्डकी हकमा के छ ?
हरेक क्षेत्रमा सबैले राम्रो गर्नुपर्छ । सुशासन दिनुपर्छ । जहाँसम्म गण्डकी विकासको कुरा छ हामी सुशासनमा बसेको बैंक हो । हाम्रो पहिलो प्राथमिकता भनेको सुशासन हो । सुशासनमा नबसे बैंकिङ क्षेत्र धरापमा पर्न सक्छ । राष्ट्र बैंकले पनि सुशासनमा नबसेका बैंकलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्यानुपर्छ । त्यसैले जनमानसमा नराम्रो असर पर्न सक्छ । राष्ट्र बैंकले पनि बैंकमा लगानी गर्ने लगानीकर्ताहरूलाई बैंक सुशासनका बारेमा जानकारी गराउनुपर्छ । बैंकले कति नाफा कमायोभन्दा पनि सुशासन नै महत्वपूर्ण कुरा हो । राष्ट्र बैंकको बैंकहरू प्रतिगिद्धे नजर हुनुपर्छ ।
बैंकको अबको कार्ययोजना के छ ?
अब राष्ट्रिय स्तरको विकास बैंक बन्दै छौं । अझ योभन्दा धेरै दत्तचित भएर लाग्ने छौं । बैंकका जोखिमको बारेमा पनि सुक्ष्म अध्ययन पनि गरिरहेका छौं । अबका दिनमा सम्भाव्यता अध्ययन गरेर शाखा बिस्तार गर्ने तयारीमा छौं । जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ लागेका छौं ।