कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

नेपालमा वाणिज्य बैंकहरूपछि ठूलो वित्तीय कारोबार सहकारीबाट हुँदै आए पनि यिनीहरूको प्रभावकारी अनुगमन र निरीक्षणको व्यवस्था हुन सकेको छैन । सहकारीको प्रभावकारी अनुगमन हुन नसक्दा सर्वसाधारणले बचत गरेको रकम नै डुबेको अवस्था पनि छ ।

1995
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको उमेरको विवाद उनले पदबाट राजीनामा दिएसँगै सकिएको छ । ३ वटा जन्म मिति फेला परेपछि विवादमा तानिएका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउनमै कार्यकाल सकिएको जानकारी गराउँदै पदमुक्त भइसकेको पत्र काटेपछि उनले त्यसलाई असंवैधानिक भएको प्रतिक्रिया दिए । त्यसको भोलिपल्ट पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएर सर्वोच्च अदालतबाट बिदा भए । तर, पराजुली विदा भए पनि यस प्रकरणले उठाएको तरंग भने अझै उस्तै छ ।

659
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

नेपाल आयल निगमले इन्धन बोक्ने ट्यांकरमा बुधबारदेखि लकिङ प्रणाली लागू गरेको छ । ट्यांकरबाट हुने इन्धन चोरी र मिसावटसम्बन्धी समस्या नियन्त्रण गर्न निगमले लकिङ प्रणाली जडान गर्ने प्रतिबद्धता जनाएको केही वर्षपछि मात्र कार्यान्वयनमा ल्याएको हो ।

901
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

स्थानीय तहमा जति बजेट कार्यान्वयनको चाप छ, उति नै आगामी आर्थिक वर्षको वार्षिक योजना तथा बजेट तर्जुमा पनि बिस्तारै अघि बढ्दै गएको छ । यो नियमित प्रक्रिया नै हो । केन्द्रीकृत शासन व्यवस्थामा पनि चालू आवको दोस्रो चौमासको करिब–करिब अन्तिम महिनादेखि आगामी आवका लागि ल्याइने बजेट तथा कार्यक्रमको तयारी चल्थ्यो ।

674
सरस्वती ढकाल
बुधवार, फाल्गुन ३०, २०७४

कामिनी राजभण्डारी सरकारी स्वामित्वको नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रबन्ध निर्देशक भएकी हुन् । मन्त्रिपरिषद्को ०७३ असोज ६ को निर्णयले राजभण्डारीलाई तीन वर्षका लागि प्रबन्ध निर्देशकमा उनलाई नियुक्त गरेको हो । राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाब इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमबीए गरेकी छन् ।

2584
लक्ष्मी सापकोटा
मंगलबार, फाल्गुन २९, २०७४

निजामती क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव हासिल गरेका अनिलकुमार ठाकुर अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव छन् । ठाकुरसँग प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायतका विभिन्न निकायमा काम गरेको अनुभव छ ।

2205
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेको दिन बजारले स्वागत गर्यो भनेर भनेको दुई हप्ता नबित्दै उनै प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिएको दिन भने सेयर बजारमा पहिरो नै गएको छ । आइतबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार, बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । आइतबार जम्मा १ सय ६० कम्पनीका ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

978
तीर्थराज बस्नेत
आइतवार, फाल्गुन २७, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि मुलुकले नयाँ सरकार पाइसकेको छ र प्रतिनिधिसभाको सभामुख चयनसमेत भइसकेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका उपभासमुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष चयन हुने क्रममा छन् । नयाँ सरकार गठन भए पनि पूर्णता भने पाउन सकेको छैन । यही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रीत दलहरूलाई समेत समेट्ने प्रयत्न गरिरहेका छन् ।

795
मीनकुमार नवोदित
शुक्रवार, फाल्गुन २५, २०७४

स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएर सरकार गठन भइसकेको छ । स्थानीय तहमा सरकारले काम सुरु गरेको करिब सात महिना बितिसकेको छ । लामो समयको राजनीतिक अस्थिरतापछि स्थिर सरकार बनेकाले पनि आमजनतामा निकै उत्साह देखिएको छ ।

972
केदार दाहाल
बिहिवार, फाल्गुन २४, २०७४

नेपालमा भर्खरै मात्र निर्वाचनमार्फत् नयाँ सरकार गठन भएको छ । पर्यटन क्षेत्रले पनि नयाँ सरकारसँग धेरै अपेक्षा राखेको छ । आर्थिक समृद्धि र स्थिरताको नारा दिएर बनेको नयाँ सरकारले पर्यटनको पूर्वाधार खडा गर्दै वार्षिक लाखौ पर्यटक नेपाल आउने आशा पर्यटन क्षेत्रको छ । चुनावी घोषणापत्रमा सन् २०२८ भित्र वार्षिक ५० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखिएको छ ।

750
प्रगति ढकाल
बुधवार, फाल्गुन २३, २०७४

नेपाल वनजंगलको धनी देश हो । यहाँ भएका प्रशस्त वन पैदावारहरू मुलुकको आर्थिक विकासका स्रोतहरू पनि हुन्, तर वन पैदावार बिक्री–वितरणबाट मुलुकको आर्थिक समृद्धि हुने भए पनि सही रूपमा व्यवस्थापन हुन नसक्दा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा वनक्षेत्रको योगदान बढाउन सकिएको छैन ।

2455
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला संसदीय राजनीतिमा परिचित नाम हो । सल्यान प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत हुन् । यसअघि प्रतिनिधिसभाको सांसद बनेका ज्वाला यो पटक मुख्यमन्त्रीको दाबीसहित प्रदेशसभामा झरेका थिए । वाम गठबन्धन कन्द्रको निर्णयअनुरूप कर्णाली प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्यो । ज्वालाले प्रदेशको महत्वपूर्ण मानिएको आर्थिक मामिला तथा योजना मन्त्री सम्हालिरहेका छन् ।

663
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

बाजुरास्थित गौमुल गाउँपालिका कार्यालयले फागुन ११ गते त्यहाँस्थित बैंक तथा वित्तीय संस्थालाई कारोबार बन्द गर्न निर्देशन दियो । संघीय व्यवस्थामा बैंक तथा वित्तीय संस्थालाई सञ्चालनको अनुमति दिने, उनीहरूको नियमन तथा कारवाही गर्ने अधिकार नेपाल राष्ट्र बैंकअन्तर्गत राखिएको छ ।

1001
जगन्नाथ दुलाल
आइतवार, फाल्गुन २०, २०७४

विमलेन्द्र निधि नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । पार्टीभित्र निधिलाई सभापति शेरबहादुर देउवाका मुख्य सल्लाहकारका रूपमा समेत हेरिन्छ । संविधान जारी भएपछि मधेसका मुद्दामा कांग्रेसलाई अगुवाइ गरेका निधिले प्रतिनिधिसभाको निर्वाचनमा भने यसपटक पराजय बेहोरे ।

5236
सरस्वती ढकाल
शुक्रवार, फाल्गुन १८, २०७४

अढाइ वर्षअघि खुला प्रतिस्पर्धाबाट विशेष आर्थिक क्षेत्र (सेज) समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका चण्डिकाप्रसाद भट्टले यसअघि लामो समय खानी तथा भूगर्भ विभागमा काम गरेका थिए । नेपाल आयल निगमको महाप्रबन्धक हुँदा स्वचालित मूल्य प्रणाली लागू गरेर चर्चामा आएका भट्टकै कार्यकालमा निगम सुधारको प्रयास भएको थियो । तत्कालीन उद्योगमन्त्री महेश बस्नेतले हतारमा सेजको उद्घाटन गराए पनि यो अझै सञ्चालमा आउन सकेको छैन ।

1482