कारोबार संवाददाता
आइतवार, पुष ३०, २०७४

नेकपा एमालेका सचिव हुन्, योगेश भट्टराई । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी एमाले र माओवादी केन्द्रबीच एकता भइछाड्ने दाबी गर्छन् । दुई दलबीचको गठबन्धन फुटाउन विभिन्न शक्ति लागे पनि संसारको कुनै पनि शक्तिले एकता रोक्न नसक्ने उनको भनाइ छ ।

5796
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङ जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले नतिजा आफ्नो पोल्टामा पारेपछि जनताको चाहनाअनुसार निर्वाचनमा गरेका वाचा पूरा गर्छन्ग-र्दैनन् भन्ने चर्चा चल्न थालेको छ । यहाँबाट नवनिर्वाचित सांसदहरूले समाजका सबै प्रकारका विभेद र असमानता हटाएर जिल्लालाई आर्थिक समृद्धिको बाटोमा लैजाने दाबी गरिरहेका छन् ।

467
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

काठमाडौं गेस्ट हाउसबाट सेवाक्षेत्रमा लगानी सुरु गरेका शाक्यहरूको अहिले काठमाडौं ग्रुप अफ होटल समूहको नाममा झन्डै एक दर्जन होटल तथा रेस्टुराँ सञ्चालनमा छन् । पछिल्लो समय थप लगानी गर्ने सोचमा समेत ‘केजीएच’ ग्रुप रहेको छ । कर्ण शाक्यले सुरु गरेको लगानी अहिले उनका छोरा सुनिल शाक्यले सम्हाल्दै आएका छन् । विगतमा नेपाल वायुसेवा निगममा १० वर्षसम्म पाइलटको काम गरेका शाक्य अहिले पर्यटन क्षेत्रमा काम गर्दै आएका छन् । केही समयअघि मात्र एसिया प्यासिफिक (पाटा) नेपाल च्याप्टरका अध्यक्षमा निर्वाचित भएका शाक्य सन् २०३० सम्ममा नेपालमा ५० लाख पर्यटक भित्राउने सकिने दाबी गर्छन् ।

539
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

सरकारको पूर्ण स्वामित्वमा रहने गरी २०१७ सालमा स्थापना भएको ‘द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ (टीसीएन) को मुख्य उद्देश्य वन व्यवस्थापनबाट उत्पादन हुने काठदाउराको व्यवस्थित रूपमा कटान संकलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने हो । वन तथा भू–संरक्षण मन्त्रालय, वन विभाग, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल औद्योगिक विकास कर्पोरेसनजस्ता निकाय सेयर होल्डरका रूपमा अधिकृत पुँजी १० करोड रहेको र ‘क’ श्रेणीको संस्थाका रूपमा रहेको छ ।

2185
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

साढे दुई महिनादेखि नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका सुशील भट्टराई पेट्रोलियम कारोबारमा पोख्त विज्ञका रूपमा चिनिन्छन् । केमिकल इन्जिनियर अध्ययन गरेका भट्टराईसँग निगममा साढे दुई दशकभन्दा बढीको अनुभव छ । भट्टराईले निगमको गुणस्तर, बजार विभागलगायतका सबै विभागको उच्च तहमा बसेर काम गरेका छन् । इन्डियन आयल कर्पाेरेसन (आईओसी) र निगमबीच हुने उच्च तहका छलफलमा पनि उनी सहभागी हुँदै आएका छन् ।

944
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

बिमा समितिले बिमा कम्पनीहरूको अनुगमनका लागि नयाँ नीति अवलम्बन गरेको छ । समितिले हालै बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको तलब, सेवा तथा अन्य सुविधाको व्यवस्थापनका लागि मार्गदर्शन जारी गरेको छ, जसले प्रमुख कार्यकारीको तलब बढाउनका लागि या त अन्य कर्मचारीको पनि सुविधा बढाउनुपर्ने या व्यवसाय बढाउनुपर्ने प्रावधान राखेको छ । त्यस्तै समितिले कम्पनीहरूको अफ साइड अनुगमनका लागि २० वटा सूचकांक निर्धारण गरेको छ । यसले कम्पनीहरूको जोखिममा आधारित अनुगमन गर्न सकिने समितिको ठहर छ ।

593
कारोबार संवाददाता
सोमवार, पुष २४, २०७४

नेपाली राजनीतिमा अक्सर जित्नेहरूकै बढी चर्चा हुन्छ । अहिलेको ‘पावर पोल्टिक्स’मा जित्नेहरू नै शक्तिमा हुने हुँदा त्यो स्वाभाविक मानिएला । तर, अपवाद बन्ने गर्छन्, नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा । लगातार दुईवटा संसदीय निर्वाचन (संविधानसभा र प्रतिनिधिसभा) मा पराजय बेहोर्दा पनि शर्माको चमकमा कमी आएको छैन । लोकतन्त्रमा कोही पराजित नहुने दाबा गर्ने उनी जित्नेलाई विजेता र आफूलाई उपविजेताका रूपमा प्रस्तुत गर्छन् । लोकतान्त्रिक आचरण हराउँदै गएको चर्चाका बीच विजेतालाई माला पहिराईदिएर शुभकामना दिएका उनलाई यसपटक धेरै उपविजेताले सिकोसमेत गरे । अहिले उनी ‘हामी बदलिन्छौं, बदल्छौं कांग्रेस’ अभियानका साथ जिल्ला दौडाहामा छन् ।

568
कारोबार संवाददाता
शुक्रवार, पुष २१, २०७४

२०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । यसै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएपछि मुलुकमा संघीयता कार्यान्वयनमा आएको छ । राजनीतिक दलहरूले अब मुलुकमा आर्थिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइरहेका छन् । चुनावी घोषणापत्रमा पनि दलहरूले आर्थिक विकासका मुद्दालाई प्रमुख प्राथमिकतामा राखेका थिए । तर, निर्वाचनपछि दलहरूले लगानीको वातावरण बनाउन खासै ध्यान दिन सकेका छैनन् ।

811
कारोबार संवाददाता
बिहिवार, पुष २०, २०७४

२०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । यसै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भएपछि मुलुकमा संघीयता कार्यान्वयनमा आएको छ । राजनीतिक दलहरूले अब मुलुकमा आर्थिक विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइरहेका छन् । चुनावी घोषणापत्रमा पनि दलहरूले आर्थिक विकासका मुद्दालाई प्रमुख प्राथमिकतामा राखेका थिए । तर निर्वाचनपछि दलहरूले लगानीको वातावरण बनाउन खासै ध्यान दिन सकेका छैनन् । कतिपय नीति नियमकै कारण मुलुकभित्र आएको खर्बौंको वैदेशिक लगानी फिर्ता हुने अवस्थामा पुगेको छ भने स्वदेशी उद्योग र उत्पादनको प्रबद्र्धन गर्न नसकेर आन्तरिक स्रोत साधन खेर गइरहेको अवस्था पनि छ ।

803
कारोबार संवाददाता
बुधवार, पुष १९, २०७४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौला अहिले अमेरिका सरकारको मिलियन च्यालेन्स कर्पोरेसन (एमसीसी) द्वारा अघि बढाउन लागेको परियोजनाको नेपाल संयोजक छन् । २०४७ सालमा सडक विभागको हाइवे इन्जिनियरबाट जागिरे जीवन सुरु गरेका ६० वर्षीय सिटौला एमसीसीमा अगस्ट २०१६ मा यातायात विज्ञका रूपमा प्रवेश गरेका हुन् । पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट सिभिल इन्जिनियरमा स्नातक उत्तीर्ण सिटौलाले आईआईटी भारतबाट परियोजना व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए ।

1177
कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

नेपालको विकास आयोजना र सुधार कार्यक्रम सञ्चालनका लागि विभिन्न दातृ निकायबाट पाउने वैदेशिक सहायता ३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७३-७४ मा नेपालले द्विपक्षीय र बहुपक्षीय गरी विभिन्न दातृ निकायबाट कुल १ अर्ब ३८ करोड ४३ लाख अमेरिकी डलर परिचालन गरेको छ । जसमा वैदेशिक सहायता अनुदानको हिस्सा ४२, ऋणको हिस्सा ३९ र प्राविधिक सहायताको हिस्सा १९ प्रतिशत रहेको सरकारले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

745
कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

१५ वर्षको बैंकिड क्यारियरमा एनआईसी एसिया आफ्नो चौथो बैंक भएको बताउने एनआईसी एसिया बैंकका मानव संशाधन प्रमुख गौतम डंगोल आई (इन्ट्रेस्ट) भरसेस् ई (एक्स्पिरियन्स) फ्याक्टरलाई विश्वास गर्ने बताउँछन् । उनका अनुसार एच आरमा धेरै वर्ष बिताउनेचाहिँ आई–फ्याक्टर हुन् र बैंकिङमा अनुभव भएका चाहिँ ई–फ्याक्टर हुन् । वर्तमान समयमा अनुभव भएर मात्र नहुने इच्छा पनि हुनुपर्ने उनी इच्छा नै नभए अनुभवको अर्थ नहुने बताउँछन् । एचआर सबैभन्दा महत्वपूर्ण, आलोचनात्मक तथा संवेदनशील इनपुट हो भन्दै उनी निर्जीव मेसिनमा भन्दा पनि सजीव र संवेदनशील मान्छेहरूले भरिएको हुनाले मानव संसाधनको क्षेत्रमा सम्झौता गर्ने तरिका छुट्टै हुनुपर्ने धारणा बोकेका उनले कारोबारसँग गरेको कुराकानीको सार :

4299
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने एउटा प्रमुख क्षेत्रमध्येको बिमाको बजार विविध कारणवश सीमित रहेको छ । बिमा कम्पनीहरूको संख्या बढेझैं बजार तथा पेनिटेसन भने बढेको पाइएको छैन । बिमाको प्रभावकारिताका लागि राज्यदेखि समिति मात्र नभई बिमा कम्पनी तथा यस क्षेत्रका अभिकर्ताहरू पनि सजग हुन आवश्यक छ । यसको भूमिका बढाउन, बजार विस्तार गर्न तथा दक्ष जनशक्ति उत्पादन गर्न बिमाक्षेत्रका विज्ञहरू डा. रवीन्द्र घिमिरे र डा. दामोदर बसौलासँग कारोबारले गरेको कुराकानीको सार :

254
कारोबार संवाददाता
सोमवार, पुष १७, २०७४

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने एउटा प्रमुख क्षेत्रमध्येको बिमाको बजार विविध कारणवश सीमित रहेको छ । बिमा कम्पनीहरूको संख्या बढेझैं बजार तथा पेनिटेसन भने बढेको पाइएको छैन । बिमाको प्रभावकारिताका लागि राज्यदेखि समिति मात्र नभई बिमा कम्पनी तथा यस क्षेत्रका अभिकर्ताहरू पनि सजग हुन आवश्यक छ । यसको भूमिका बढाउन, बजार विस्तार गर्न तथा दक्ष जनशक्ति उत्पादन गर्न बिमाक्षेत्रका विज्ञहरू डा. रवीन्द्र घिमिरे र डा. दामोदर बसौलासँग कारोबारले गरेको कुराकानीको सार :

1243
जगन्नाथ दुलाल
आइतवार, पुष १६, २०७४

राष्ट्रिय सभा गठनका लागि सरकारले राष्ट्रपतिसमक्ष पुर्याएको अध्यादेश करिब २ महिनापछि जारी भएको छ । अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा देखिइन् भने नेपाली कांग्रेस र नेकपा एमाले विपरीत कित्तामा देखिए । अध्यादेश जारी गर्नुपर्ने पक्षमा कांग्रेस रहँदा एमालेले भने अध्यादेव जारी गर्न नहुने अडान राख्यो । सहमति जुटाउनका लागि भन्दै राष्ट्रपतिले दलहरूसँग छलफल पनि गरिन् । तर, संविधानअनुसार सरकारले पठाएको अध्यादेश जारी नगर्ने छुट राष्ट्रपतिलाई नभएको भन्दै लगातार कांग्रेसले दबाब दिएपछि राष्ट्रपति अध्यादेश जारी गर्न बाध्य भइन् । अध्यादेश नभएका कारण राष्ट्रिय सभा गठनको बाटो रोकिएको थियो । अध्यादेश आएसँगै राष्ट्रिय सभा गठनको बाटो खुलेको छ । राष्ट्रिय सभाको निर्वाचनपछि नयाँ सरकार गठनको पनि मार्गप्रशस्त भएको छ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि अबको राजनीति, नयाँ सरकार गठनलगायतका विषयमा केन्द्रित रही कारोबारकर्मी जगन्नाथ दुलालले नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका नेताहरूसँग गरेको कुराकानी :

406