कारोबार संवाददाता
शुक्रवार, मंसिर २२, २०७४

प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि भएको ऐतिहासिक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यो निर्वाचनसँगै मुलुकमा संघीयताको पूर्ण कार्यान्वयन भएको छ । निर्वाचनपछि सबै क्षेत्रले अब मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास लिएका छन् । संघीयता कार्यान्वयनसँगै उद्योगी–व्यवसायीहरूले भने करको विषयमा चिन्ता व्यक्त गर्दै आएका छन् । मुलुकलाई समृद्धिको बाटोमा लैजान निजी क्षेत्रको ठूलो भूमिका हुने भएकाले करको विषयमा सरकारले स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने माग उद्योगी व्यवसायीहरूले गर्दै आएका छन् । स्थानीय तह, प्रदेश र केन्द्र सरकारले एउटै विषयमा भिन्नाभिन्नै कर उठाएमा आफूहरू मर्कामा पर्ने र त्यसले मुलुकको बढ्दो व्यापारघाटा झन् बढ्ने र अर्थतन्त्र नै धराशायी बन्ने चिन्ता व्यवसायीहरूले गर्न थालेका छन् । संघीयता कार्यान्वयनसँगै करका विषयमा केही उद्योगी–व्यवसायीहरूसँग विराटनगरस्थित कारोबारकर्मी मीनकुमार नवोदित र वीरगन्जस्थित कारोबारकर्मी नीरज पिठाकोटेले गरेको कुराकानीको सार :

386
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आगामी पुस २१ गतेदेखि २३ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो— २०१८ आयोजना हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टरको सक्रिय सहभागितामा हुन लागेको एक्स्पोमा काठमाडौँ विश्वविद्यालय, युरोपियन इकोनोमिक चेम्बर नेपाल, नेपाल टनेल एसोसिएसन, टनेलिङ प्रोसेज इनोभेसन इन नेपाल, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी, बी फोर्सेस प्रालि भारत, हिमालयन जेनेरल इन्स्युरेन्स, भ्यापटेच बुलगारियालगायतको सहयोगमा एक्स्पो आयोजना गर्न लागिएको हो ।

686
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

मुलुक संघीयतामा प्रवेश गरिसकेको छ । संघीयतामा आर्थिक कारोबारको विषयले ठूलो महत्व राख्छ । जसलाई वित्तीय संघीयता भनिन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयहरू खर्च वा आर्थिक अधिकार, राजस्व अधिकार, राजस्व बाँडफाँड र ऋण लिनेसम्बन्धी अधिकार पर्छन् भने सूचना प्रवाह तथा सांगठनिक संरचना एवं तथ्यांकको प्रयोग र व्यवस्थापनलाई पनि महत्व दिन थालेको पाइन्छ । विभिन्न तहमा रहेका सरकारहरूबीच यस्ता अधिकारको समुचित बाँडफाँड गर्नु प्रमुख विषय हुन् । संवैधानिक विकेन्द्रीकरण वित्तीयसम्बन्धी अधिकारको बाँडफाँड र व्यवस्थापन केन्द्र सरकारले प्रदेश र स्थानीय तहसम्ममा लागू गरेको हुन्छ । यो वित्तीय संघीयताले देशमा समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, आय र सम्पत्तिको पुनर्वितरण गर्ने, साधनको समुचित र प्रभावकारी विनियोजन गर्ने, वस्तु तथा सेवा लागतको मूल्य आदि अधिकारको बाँडफाँड गर्ने राजनीतिक संयन्त्र हो । संघीयताको कार्यान्वयनमा रहेको नेपालले अनेक चुनौतीका बाबजुत पनि स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको छ भने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि सम्पन्न गरेको छ र दोस्रो चरणको निर्वाचनको मुखमा छ । एकै वर्षभित्र स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेको सरकारले अबको ध्यान आर्थिक विकासमा केन्द्रित हुनुपर्ने अर्थविद्हरू बताउँछन् ।

676
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् उज्ज्वल थापा । विवेकशील साझा पार्टीका संयोजकसमेत रहेका थापा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेस उम्मेदवार प्रकाशशरण महत र वाम गठबन्धनतर्फका एमाले उम्मेदवार ईश्वर पोखरेलसँग चुनावी मैदानमा छन् । दुवै गठबन्धनबाट ‘हेभीवेट’ उम्मेदवार मैदानमा रहँदा पनि उनी निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । पुराना पार्टीबाट जनतामा वितृष्णा जागेकाले आफूले निर्वाचन जित्ने उनी दाबी गर्छन् । मतदाताका नजरमा महत पर्यटक उम्मेदवार र पोखरेल बदनाम उम्मेदवार भएकाले पनि आफ्नो जित सुनिश्चित भएको उनको तर्क छ । पाँच वर्षमा यो क्षेत्रलाई बस्न लायक झिलिमिली सहर बनाउने एजेन्डा अघि सारेर चुनावै मैदानमा उत्रिएका उनै थापासँग कारोबारकर्मी तीर्थराज बस्नेतले गरेको कुराकानी :

367
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्, डा. प्रकाशशरण महत । ऊर्जामन्त्री तथा परराष्ट्रमन्त्रीसमेत भइसकेका महत काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ सांसदका उम्मेदवार छन् । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउने महत आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि कांग्रेसको जित आवश्यक रहेको बताउँछन् । कांग्रेसको बलियो संगठन, रापपाको समर्थन र वाम गठबन्धनबाट असन्तुष्ट एमाले–माओवादीकै कार्यकर्ताको मत पाउने भएकाले आफ्नो जित सुनिश्चित भएको महतको दाबी छ । उनै महतसँग आसन्न निर्वाचन, चुनावी अभियान र एजेन्डाका बारेमा कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार :

390
कारोबार संवाददाता
आइतवार, मंसिर १७, २०७४

वि.सं. २०७२ मा बनेको नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्ने सवालमा प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा ठूला दलका शीर्ष नेताहरू दैनिक चुनावी सभाहरूलाई सम्बोधन गर्दै आरोप–प्रत्यारोपमा उत्रिएका छन् । बढ्दै गएको चिसो मौसममा तातोको पारो उकालो लागेको चुनावी सरगर्मीबाट स्याङ्जा अछुतो छैन । प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा नेता राजु थापा र नेकपा (एमाले) का नारायणप्रसाद मरासिनी तथा क्षेत्र नं. २ मा नेपाल सरकारका उपप्रधान तथा शिक्षामन्त्री एवं कांग्रेस नेता गोपालमान श्रेष्ठसँग एमालेका केन्द्रीय सदस्य महिला नेतृ पद्मा अर्याल चुनावी मैदानमा प्रतिस्पर्धाका लागि प्रचारप्रसारको अन्तिम चरणमा छन् । यही सन्दर्भमा उम्मेदवारहरूको चुनावी मुद्दा तथा एजेन्डाका बारेमा कारोबार संवाददाता प्रकाश डोटेलले गरेको कुराकानीको सारसंक्षेप :

300
कारोबार संवाददाता
शुक्रवार, मंसिर १५, २०७४

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा प्रदेशसभातर्फ चार क्षेत्र छन् । प्रदेशसभामा बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म चुनावी मैदानमा छन् । जिल्लामा कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तनहुँ क्षेत्र नं. १ ‘क’ मा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र वाम गठबन्धनका तर्फबाट रामबहादुर गुरुङ तथा १ ‘ख’ मा कांग्रेसका तर्फबाट रघुनाथ पौडेल र वाम गठबन्धनका तर्फबाट हरिबहादुर चुमानबीच प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ । त्यस्तै क्षेत्र नं. २ ‘क’ मा कांग्रेसका तर्फबाट प्रदीप पौडेल र वाम गठबन्धनका तर्फबाट आशा कोइराला तथा २ ‘ख’ मा कांग्रेसका तर्फबाट धु्रव वाग्ले र वाम गठबन्धनका तर्फबाट किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । यही सन्दर्भमा उनीहरूका चुनावी एजेन्डाका बारेमा कारोबारकर्मी कृष्ण न्यौपानेले गरेको कुराकानीको सार :

472
कारोबार संवाददाता
बिहिवार, मंसिर १४, २०७४

राज्य पुनर्संरचनापछि देश संघीयतामा गएको छ । प्रदेश कति बनाउने र कस्तो बनाउने भन्ने विषयमा लामो छलफल र विवादपछि नयाँ संरचनाअनुसार अहिले सात प्रदेश कायम गरिएको छ । यद्यपि प्रदेशको नामकरण भने हुन बाँकी नै छ । संख्याका रूपमा प्रदेशको नामकरण गरिए पनि प्रदेशको नामकरण प्रदेशसभाले निर्णय गर्ने संविधानमा लेखिएको छ । त्यसकै लागि अहिले प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभाको पहिलो चरणको निर्वाचन भइरहेको छ ।

475
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

धनगढी उपमहानगरपालिका सुदूर पश्चिमको व्यापारिक दृष्टिकोणले निकै सबल मानिन्छ । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हरेक राजनीतिक दलको मुख्य केन्द्र धनगढी उपमहानगरपालिका बनेको छ । आर्थिक समृद्धि र विकासका लागि आश्वासन दिँदै उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । धनगढी उपमहानगरपालिका पर्ने कैलाली क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री पत्नी आरजु राणा (देउवा) र वाम गठबन्धनका तर्फबाट एमालेका नारदमुनि राना चुनावी मैदानमा भिड्दै छन् भने संघीय समाजवादी फोरम नेपालका सुरेन्द्र यादव र विवेकशील साझा पार्टीका दिनेशराज भण्डारीसमेत चुनावी मैदानमा उत्रिएका छन् । भर्खरै सकिएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा जित हासिल गरेको थियो । मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसलाई चुनौती दिन वाम गठबन्धनलगायत अन्य दल लागेका छन् । सबै उम्मेदवार आ–आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । धनगढीको समृद्धि र विकासका लागि उम्मेदवारका एजेन्डा र प्रतिबद्धताका विषयमा कारोबारकर्मी हिमेश विकले गरेको कुराकानीको सार :

365
कारोबार संवाददाता
मंगलबार, मंसिर १२, २०७४

सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून छ । आन्तरिक राजस्व विभागले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार कुल जनसंख्याको सवा ६ प्रतिशत मात्रै करको दायरामा छन् । तथ्यांकअनुसार हालसम्म करदताको संख्या १६ लाख ६८ हजार ६ सय ७ पुगेको छ । चालू आर्थिक वर्षमा सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि करदाताको संख्या ४५ हजार बढेको सरकारको दाबी छ । यस्तै व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिएर व्यवसाय गर्नेको संख्या ९ लाख ६३ हजार ९९६ पुगेको विभागको तथ्यांक छ । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७ लाख ४ हजार ६ सय ११ छ । प्यान लिनेतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १ लाख ८१ हजार ९ सय २८ र अन्तःशुल्कतर्फ ६० हजार २ सय ७४ रहेको विभागले जानकारी दिएको छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्यबाहेक अन्य वस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको विभागले जनाएको छ । यद्यपि मुलुकको ठूलो हिस्सा करको दायराभन्दा बाहिर छ । करिब ४० प्रतिशत अनौपचारिक अर्थतन्त्र रहेको नेपालमा संघीयता लागू भएसँगै करमैत्री वातावरण र राजस्व संकलनमा सरकार चनाखो हुनुपर्ने देखिन्छ । यसका अतिरिक्त मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका साथै दिगो विकासको लक्ष्य हासिल गर्न र सन् २०३० भित्र मध्यम आय भएको मुलुकको कोटीमा पु¥याउन सरकारलाई ठूलो चुनौती छ । यसै सेरोफेरोमा सरकारले आयोजना गरेको छैटौं कर दिवसका अवसरमा निजी क्षेत्रका अगुवाहरूले समेत हालको कर प्रशासनमा देखिएका समस्या र कर प्रशासनलाई सक्षम बनाउन सुझाव दिएका छन् । प्रस्तुत छ, उनीहरूले दिएको सुझावको सार :

375
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

अंग्रेजी शिक्षक हुने उद्देश्यसहित काठमाडौं छिरेका भुवनकुमार दाहाल हाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत छन् । ऐच्छिक अंग्रेजी र अर्थशास्त्रमा स्नातक गरेका दाहालले व्यावसायिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । बैंकमा आफ्नो करियर सुरु गरेदेखि शिक्षकको लक्ष्यलाई बिर्सेर बैंकरका रूपमा स्थापित हुनाका लागि बैंकमा जागिर सुरु गरे पनि एमबीए गरेका दाहालले सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीको दोस्रो कार्यकाल सुरु गरेका छन् ।

525
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

संघ र प्रदेशको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै आउँदा कास्कीमा पनि विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्नो पक्षमा मत पार्न जनताको घरदैलोमा पुग्न व्यस्त भएका छन् । कास्कीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, राप्रपालगायतका १७ दलका ९९ जनाले उम्मेदवारी दिएका छन् । कास्कीमा संघ र प्रदेशको निर्वाचन यही मंसिर २१ गते हुने भएको छ भने मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने पक्का भएको छ । उद्यपि साना दल तथा स्वतन्त्र उम्मेदवारले पनि आफूहरूको जित हुने दाबी गरिरहेका छन् । यसै सन्दर्भमा कारोबारकर्मी दिननाथ बरालले कास्कीका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूसँग गरेको कुराकानीको सार :

391
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजनीतिक दलहरू चुनावी अभियानमा व्यस्त छन् । मतदातालाई आ–आफ्नो पक्षमा पार्न लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्ताहरू विभिन्न एजेन्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । रामेछापमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । १ प्रनितिधिसभा र २ प्रदेशसभाका लागि रामेछापमा १२ वटा दलले उम्मेदवारी दिएका छन् । नजिकिँदै गएको मतदानका समयसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको प्रचारप्रसारमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । जिल्लाका सबै उम्मेदवार र पार्टी आ–आफ्ना एजेन्डा लिएर जनताका घरदैलोमा पुगिरहेका छन् । ९० वटा मतदान स्थलका १ सय ९१ मतदान केन्द्रबाट जिल्लाका कुल १ लाख ५२ हजार ४ सय ६५ जनाले मतदान गर्दैछन् । रामेछापका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूसँग कारोबारकर्मी रमेश ढुंगेलले गरेको कुराकानीको सार :

353
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

सिन्धुपाल्चोकमा आइतबार हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल उत्कर्षमा पुगेको छ । जिल्लामा हेभिवेट उम्मेदवारबीचको प्रतिस्पर्धाका कारण निर्वाचन निकै रोचक पनि हुँदै छ । दुईवटा गठबन्धनका हेभिवेट उम्मेदवारका कारण कसले बाजी मार्ने हुन् भन्ने सर्वत्र चासो छ । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का पशुपतिशमशेर राणा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका शेरबहादुर तामाङबीच प्रतिस्पर्धा छ । अहिले उम्मेदवारहरू विकासे एजेन्डासहित मतदातालाई आफ्नो पक्षमा पार्न अधिकतम् प्रयास गरिरहेका छन् । सिन्धुपाल्चोकको विकासका लागि दुईवटा गठबन्धनका उम्मेदवारका एजेन्डाका विषयमा कारोबारकर्मी किशोर बुढाथोकीले गरेको कुराकानीको सार :

363
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

पूर्वी पहाडी जिल्ला पाँचथरमा चुनावी सरगर्मी निकै बढेको छ । मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनका लागि मत माग्न उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय भएका छन् । निर्वाचनको अन्तिम समयमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । पाँचथरमा विशेष गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । विकासका एजेन्डालाई प्रमुख प्राथमिकतामा राखेर उम्मेदवारहरू मत माग्न क्रियाशील भइरहेका बेला दुई गठबन्धनका उम्मेदवारहरूसँग कारोबारकर्मी दीपक बोहोराले गरेको कुराकानीका सार :

354