यादव हुमागाई
सोमवार, कार्तिक १९, २०७५

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७४ चैतसम्ममा सञ्चालनमा रहेका ६२ वटा लघुवित्त संस्थामा २७ लाख २४ हजार सदस्य पुगेका छन् । लघुवित्त संस्थाहरूको संख्या र पहुँच बढ्दै गए पनि लघुवित्त क्षेत्रमा विकृति बढेको र यसबाट लघुवित्त क्षेत्रको भविष्य पनि अन्धकार हुन थालेको बताउँछन् यस क्षेत्रका अभियन्ता शंकरमान श्रेष्ठ ।

3710
कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महासमिति बैठकको तयारीमा छ । मंसिर ५ देखि ९ गतेसम्म राजधानीमा हुने महासमिति बैठकमा विधान संशोधन हुँदैछ । नयाँ विधान लागू भएपछि कांग्रेस नयाँ ढंगले अघि बढ्ने बताइन्छ । यसका साथै बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक नीतिलगायतका विषयमा छलफल गरी निर्णय गरिनेछ ।

510
भगवान खनाल
शुक्रवार, कार्तिक १६, २०७५

सर्लाही गौडैताका विनय मिश्राले भारत विशाखापट्टनमको आन्ध्रा विश्वविद्यालयबाट संघीयतामा पिएचडी गरेका छन् । नेपालमा संघीयताको उत्पत्तिमा शोध गरेका उनको शोध अहिले अन्डरइभ्यालुएट छ । हाल उनी महाराजगन्जस्थित नेसनल ओपन कलेजमा प्राध्यापनरत छन् । यसैगरी उनले अंग्रेजी भाषामा नेपालका दैनिक पत्रपत्रिकामा संघीयता केन्द्रित रही साधारण लेख पनि लेख्छन् । उनले भारतबाट प्रकाशित हुने साउथ एसियन अफेयर र आइजेएआर (इन्टरनेसनल जर्नल अफ एप्लाइड रिसर्च) मा संघीयता विषयमा प्राज्ञिक लेखहरू प्रकाशन गरेका छन् ।

453
कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५

सरकारले चालू वर्षको बजेटमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । देशमा रोजगारी सिर्जना गर्ने, व्यापारघाटा न्यूनीकरणमा सघाउने काममा कपडा उद्योगको भूमिका महŒवपूर्ण छ । तर, चालू वर्षको बजेटबाट सरकारले कपडा उद्योगलाई दिँदै आएको भ्याट छुटको व्यवस्था खारेज गरेपछि झन्डै २ सयभन्दा धेरै उद्योग धराशायी हुने अवस्थामा पुगेका छन् ।

591
प्रगति ढकाल
बुधवार, कार्तिक १४, २०७५

नेपालको भू–भागको करिब ४४ प्रतिशत क्षेत्र वनले ढाकेको छ । नेपाल वन–जंगलको धनी मुलुकका रूपमा परिचित छ । यहाँका वन हाम्रा आर्थिक समृद्धिका आधार पनि हुन् । वनबाट मुलुक धनी बन्न सक्छ । वनबाटै धेरैले रोजगारी पाउन सक्छन् । नेपालका वन पैदावरहरू विदेश निर्यात गर्ने प्रशस्तै सम्भावना छन्, तर विडम्बनाका साथ भन्नैपर्ने हुन्छ, नेपालले काठ आयात गर्नुपरेको छ ।

725
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

बजारमा हुने ठगी, कालोबजारी र कार्टेटिङ रोक्न वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरेको छ । तर विभागले गरेको अनुगमन प्रभावकारी हुन नसक्दा बजार नियन्त्रित र व्यवस्थित बन्न सकेको छैन । बजारलाई चुस्त, दुरुस्त राख्न र अनुगमनलाई प्रभावकारी बनाउन भन्दै सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयन भएपछि बजार व्यवस्थित बन्ने विश्वास सरकारले लिएको छ ।

514
कारोबार संवाददाता
सोमवार, कार्तिक १२, २०७५

नेपालमा तीनपांग्रे सवारी साधन यात्रुहरूका लागि निकै लोकप्रिय हुँदै गएको छ । मान्छेको शारीरिक परिश्रमबाट चलाइने रिक्सालाई विस्थापित गर्न विद्युतीय रिक्सा भित्रिएसँगै अहिले पछिल्लो समयमा पेट्रोलबाट चल्ने अटो टेम्पोहरू पनि नेपाली बजारमा छाएको छ । त्यसमध्य भारतको कानपुरमा रहेको जेएसए अटो प्रालिद्वारा निर्मित नेपालमा भित्रिएको जेएसए पेट्रोलटेम्पो पनि यात्रुहरूको रोजाइमा परेको छ । यसले स्वरोजगार पनि बढाएको छ । सन् २०१६ देखि नेपालमा बिक्री गर्न थालिएको जेएसए टेम्पोको विशेषताको विषयमा कम्पनीका प्रतिनिधिसँग गरिएको कुराकानी :

514
कारोबार संवाददाता
सोमवार, कार्तिक १२, २०७५

चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएलगत्तै बैंकिङ प्रणालीमा कर्जा लगानी गर्ने रकमको हाहाकार हुन थालेको छ । धेरै ब्याजदर दिएर एक संस्थाको निक्षेप अर्को संस्थामा तान्ने खेलको अन्त्य गर्न नेपाल बैंकर्स संघले बचतमा धेरैमा ७ प्रतिशत र मुद्दतीमा १०.५ प्रतिशत ब्याजदर दिने भद्र सहमति गरेको छ । यसले पुँजी, कर्जा तथा निक्षेप (सीसीडी) रेसियो ८० प्रतिशत पुगेका केही बैंकलाई निकै अप्ठ्यारोमा पारेको छ । त्यसका साथै दसैंको अवधिमा बैंकिङ प्रणालीबाट एक सातामा १७ अर्ब रुपैयाँभन्दा धेरै रकम झिकिएको छ । त्यतिमात्र नभई बैंकहरूले कर्जा प्रवाहमा आक्रामक भएर लगानी गरेका छन् ।

891
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

फिलिप्स लाइटिङले भारतमा दोहोरो अंकको वृद्धि खोजिरहेको छ । कम्पनीका उत्पादन लोकप्रिय हुँदै बजारसमेत विस्तार भइरहेको छ । विश्वव्यापी कम्पनी फिलिप्स लाइटिङका लागि भारत विश्वकै शीर्ष पाँच ठूलो बजारमा परेको छ । कम्पनीले केही वर्षभित्रै भारतलाई तेस्रो ठूलो बजारका रूपमा विकास गर्ने लक्ष्य राखेका कम्पनीका विश्वव्यापी सिइओ इरिक रोनडोलाटले बताएका छन् ।

538
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

वायु प्रदूषण नेपालका प्रमुख सहरी क्षेत्रहरूमा सबैभन्दा ठूलो चुनौतीका रूपमा प्रस्तुत भएको छ । विशेष गरी यातायात (सवारी उत्सर्जन), खुला रूपमा बालिने फोहोर र इँटाभट्टालगायतका उद्योग आदि वायुको गुणस्तर घट्नुका मुख्य कारक हुन् । धूवाँ र धूलोका रूपमा हावामा लामो समयसम्म तैरिन सक्ने सूक्ष्म कणहरू काठमाडौँमा मापन गरिएका मुख्य प्रदूषकमध्ये एक हो ।

706
कारोबार संवाददाता
बिहिवार, कार्तिक ८, २०७५

नेपाली अर्थतन्त्र सिजनल भएकाले पर्यटक आगमनदेखि कृषि उत्पादनसम्म आ–आफ्नै सिजन भएझैं दसैंको सिजनको पनि ठूलो महत्व छ । त्यसैले दसैं आध्यात्मिक मात्र नभई अर्थतन्त्रका लागि पनि महत्वपूर्ण सिजन हो । वर्षैभरी व्यापार हुने कूल परिमाणको झन्डै ४० प्रतिशत यही सिजनमा कारोबार हुने भएकाले व्यापार व्यवसायका लागि यो सिजनलाई आर्थिकरूपमा पनि विश्लेषण गर्ने चलन सुरु भएको छ ।

545
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

विश्वव्यापीकरणको सन्र्दभमा व्यापार व्यवसायमा परिवर्तन आइरहेको छ । व्यापार व्यवसाय निरन्तर चलिरहने प्रक्रिया पनि हो । यसलाई देशको राजनीतिक प्रणालीले पनि धेरथोर प्रभाव पार्छ नै । व्यापार व्यवसाय व्यक्तिगत लाभहानिको पक्षसँग जोडिए पनि अन्ततः यो देशको आम्दानी खर्चसँग पनि जोडिन्छ । वास्तवमा राजस्व, कर संकलनमार्फत् सरकारले आम्दानी गर्छन् चाहे आन्तरिक व्यापार व्यवसायबाट हुन् वा आयात वा निर्यातजन्य व्यापार व्यवसाय हुन् ।

870
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपालको वैदेशिक व्यापार निराशाजनक अवस्थामा छ । नेपालमा उत्पादनको अवस्था नै कमजोर छ भने उत्पादित वस्तुले बजार पाउन सकेको पनि छैन । नेपालमा उत्पादन हुने निर्यातजन्य वस्तु एकदमै सीमित छन् । कृषिजन्य वस्तुमा क्वारेन्टाइनलगायतका अनेकौं समस्या छन् भने गलैंचा, पस्मिना, मूर्तिकला, हस्तकला, धातुजन्य सामग्री र तयारी पोसाकमा सीमित रहेको नेपाली उत्पादनलाई बजारीकरण गर्नेमा पनि नेपाली उत्पादक तथा बिक्रेता चुकेका छन् ।

894
कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५

यतिबेला नेपाल राष्ट्र बैंकका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साट्नेहरूको भीड छ । राष्ट्र बैंकले पनि दसैंको पूर्वसन्ध्यामा बजारमा नयाँ नोट पठाउने तथा नेपालीले पनि चाडबाडमा पूजा र दक्षिणका लागि नयाँ नोट प्रयोग गर्ने परम्पराका कारण बजारमा १ सय, ५०, २०, १० र ५ रुपैयाँ दरका नोटको माग उच्च छ । अहिले चलनचल्तीमा साना दरका नोटहरू बजारमा पर्याप्त भए पनि दसैं र तिहारका बेला नयाँ नोट प्रयोग गर्ने नेपालीको प्रचलनका कारण राज्यलाई वार्षिक ५० करोडको नोक्सानी भइरहेको छ ।

1015
कारोबार संवाददाता
सोमवार, आश्विन २९, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रथम विश्व विज्ञ सम्मेलन वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै आइतबार सकिएको छ । विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई एकीकृत गरी ठोस रणनीतिक योजना तयार गर्न आयोजना गरिएको विज्ञ सम्मेलन राजधानीको सोल्टी होटलमा विगत तीन दिनदेखि चलेको थयो ।

679