कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५

सबै स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको वर्ष दिन बितिसके पनि वर्षभर काम नगरी बस्ने र आर्थिक वर्ष सकिन लागेपछि हतारमा काम थाल्ने प्रवृत्ति हटेको छैन । करिब डेढ दशकदेखि असारे विकासको रोगले बजेटको ठूलो हिस्सा दुरुपयोग हुने क्रम जारी छ ।

862
यादव हुमागाई
सोमवार, असार १८, २०७५

आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धि र मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा कायम राख्ने लक्ष्यसहित नेपाल राष्ट्र बैंक मौद्रिक नीति जारी गर्ने अन्तिम तयारीमा छ । आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि लगानी बढाउनुपर्ने दबाबमा रहेको बैंकिङ क्षेत्र केही समयदेखि लगानीयोग्य रकमको अभाव खेपिरहेको छ ।

7123
कारोबार संवाददाता
आइतवार, असार १७, २०७५

गत जेठ १५ देखि असार १० गतेसम्मको करिब एक महिनाको अवधिमा मुलुकका तीन भिन्न सरकारले बजेट ल्याए । जेठ १५ मा केन्द्र सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते भित्रै अधिकांश स्थानीय सरकारले पनि बजेट ल्याए । करिब २५ दिनको अवधिमा नागरिकले तीन वटै सरकारका नीति तथा कार्यक्रम, बजेट र योजना सुने, हेरे । वास्तवमा यो पनि संघीय शासन व्यवस्थाले ल्याएको फरक विशेषता हो । उता स्थानीय सरकारमा महिलाले पहिलोपटक बजेट पनि पनि ल्याए गरे ।

363
सरस्वती ढकाल
बिहिवार, असार १४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा आफ्नो सूचना प्रविधि विज्ञका रूपमा नियुक्त गरेका अस्गर अली नेपालको लोकप्रिय पेमेन्ट गेटवेमा इसेवाका अध्यक्ष हुन् । सूचना प्रविधि क्षेत्रमा १४ वर्षको अनुभव रहेका अलीले कलेज पढ्दादेखि नै यस क्षेत्रमा हात हालेका हुन् ।

5281
कारोबार संवाददाता
बुधवार, असार १३, २०७५

नेपाल तथा भारतका लागि गणतन्त्र काजकिस्तानका राजदूत बुलट सार्सनबयेभ गत साता नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा, काठमाडौं तथा ललितपुर महानगरका मेयर विद्यासुन्दर शाक्य तथा चिरिबाबु महर्जनलाई राजधानी आस्तानाको २० औं वार्षिकोत्सव तथा आस्तानास्थित फाइनान्सियल टावरको उद्घाटन समारोहमा निमन्त्रणा दिन काठमाडौं आएका थिए ।

810
किरण आचार्य
मंगलबार, असार १२, २०७५

कुल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्र यतिबेला विवादमा तानिएको छ । दूधमा कोलिफर्म, सोडा, युरियाजस्ता पदार्थ पाइएको भन्ने समाचारले एकातिर उपभोक्ता त्रसित बनेका छन् भने अर्कातिर दूध बिक्री घटेको भन्दै उद्योगले दूध लिन कम गरेपछि किसानले सडकमा दूध पोख्नेसम्मको अवस्था आएको छ ।

1498
भुवन पौडेल
सोमवार, असार ११, २०७५

तत्कालीन नेपाल अरब बैंकबाट ३४ वर्षअघि बैंकिङ करिअर सुरु गरेका अशोकशमशेर राणा पछिल्लो समयमा सुरक्षित प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने योजनामा छन् । विगतमा बैंकिङ क्षेत्रको प्रविधिमा देखिएको सुरक्षाको समस्या न्यूनीकरण गर्नुपर्ने बताउने राणा विगत ११ वर्षदेखि प्रमुख कार्यकारीका रूपमा हिमालयन बैंकमा काम गर्दै आएका छन् ।

709
कारोबार संवाददाता
आइतवार, असार १०, २०७५

पेशाले लेखापरीक्षक गणेश रेग्मीले पछिल्लो समयमा संस्थागत रुपमा सेयर बजारमा लगानी सुरु गरेका छन् । हाल लुम्बिनी विकास बैंकको सञ्चालकसमेत रहेका रेग्मी पछिल्लो समयमा लगानीकर्ताको आत्मबल सरकारका कारण कजोर भएको बताउँछन् ।

553
जगन्नाथ दुलाल
आइतवार, असार १०, २०७५

विधानअनुसार पार्टी चल्नुपर्छ भनेर भनिरहनु लाजमर्दो कुरा हो प्रदीप पौडेल केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेपाली कांग्रेसभित्र सम्भावना बोकेका शालिन नेताका रूपमा हेरिन्छन्, प्रदीप पौडेल । नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका उनी प्रमुख प्रतिपक्षी दल कांग्रेसका केन्द्रीय सदस्य छन् ।

2797
कारोबार संवाददाता
शुक्रवार, असार ८, २०७५

यही असार १ गते सातवटै प्रदेश सरकारले एकैसाथ सार्वजनिक गरेको बजेटमा टीका–टिप्पणीहरू आउने क्रम जारी छन् । ७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।

631
केदार दाहाल
बिहिवार, असार ७, २०७५

नेपालको पर्यटनको मुख्य पूर्वाधार होटल हो । पछिल्लो समय होटल क्षेत्रमा अर्बौं लगानी आइरहेको छ । केही वर्षमा दर्जनांै पाँचतारे होटल थपिँदै छन् भने सयौंको संख्यामा पर्यटक स्तरका होटलहरू खुल्ने क्रम बढेको छ । केही समयअगाडि मात्रै होटल क्षेत्रमा मजदुर र होटल सञ्चालकबीच देखिएको सेवा–शुल्क विवाद समाधान भएको छ ।

1432
कारोबार संवाददाता
बुधवार, असार ६, २०७५

विहारीकृष्ण श्रेष्ठ सामाजिक विज्ञान क्षेत्रका अध्येता हुन् । सरकारी तथा गैरसरकारी क्षेत्रमा संलग्न भई उनले सामाजिक विज्ञानअन्तर्गत मानवशास्त्रको क्षेत्रमा विभिन्न अनुसन्धान गरेका छन् । यसैगरी उनी ग्रामीण विकासका पनि जानिफकार हुन् ।

544
कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५

मुलुकका सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि यही असार १ गते बजेट सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षका लाग प्रदेश नम्बर १ ले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । त्यसैगरी प्रदेश २ ले २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ भने प्रदेश ३ ले ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

813
कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि मौद्रिक नीति आगामी साता सार्वजनिक गर्दैछ । संघीय सरकारले बजेटमार्फत लक्षित गरेको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न र मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा कायम राख्नुपर्ने चुनौतीका बीच मौद्रिक नीति ल्याउनुपर्ने दबाब राष्ट्र बैंकलाई छ ।

668
कारोबार संवाददाता
आइतवार, असार ३, २०७५

नेपालमा अहिले इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । संघीय संसद्देखि सडकसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध कडा रूपमा प्रस्तुत् भइरहेको छ ।

413