कारोबार संवाददाता
बिहिवार, चैत्र ७, २०७५
458

फागु पूर्णिमाको अवसरमा काठमाडौंस्थित होटल रोल्याण्डमा चित्रकला कार्यशाला सम्पन्न भएको छ । स्पेक्ट्रम (वर्णपट)को आयोजनामा भएको होली विशेष कार्यशालामा नेपालका नाम चलेका चित्रकारहरुको सहभागिता थियो ।
कार्यशालामा स्पेक्ट्रमका अध्यक्ष ईन्द्र श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण थापा, डी. बि राई, महेश आचार्य, निशा श्रेष्ठ, दीपक महर्जन र नारायण लामिछानेको सहभागिता थियो भने विदेशी अतिथी कलाकार अस्ट्रलियाका रे मार्सडीनले भाग लिएका थिए ।
सांगीतिक माहौलमा सञ्चालन भएको कार्यशालामा होली तथा अन्य विषयमा सम्बन्धित आठ थान चित्रकला तयार गरिएको थियो । विदेशी कलाकारले नेपालमा मनाइने होली चाखपूर्वक अवलोकन गरे ।