कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा इन्दिरा त्रिपाठीले उम्मेदवारी दर्ता गराएकी छिन् । त्रिपाठीले समाजसेवी उपेन्द्र सापकोटाको प्रस्ताव र सामाजिक अभियान्ता नेत्र प्रसाद मैनालीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्तासँगै त्रिपाठीले सबैमा सहयोगको लागि आग्रह गरेकी छिन् ।

326
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

यूएईमा कार्यरत नेपाली व्यवसायीहरुले यूएईका लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई स्वागत गरेका छन् । बिहीबार दुबईको सेराटन होटेलमा एक कार्यक्रम गरी नयाँ राजदूत ढकाललाई स्वागत गरिएको नेपाली बिजनेस काउन्सिलका महासचिव दिपकराज पौडेलले जानकारी दिएका छन् ।

308
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको साउदर्न रिजनल उपाध्यक्षमा थलराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् । पन्तको प्रस्तावकको रुपमा समाजसेवी तथा नेपाली समाज टेक्सासका संस्थापक महासचिव सुन्दर कर्माचार्य र समर्थकमा यूनाइटेड नेप्लिज एसोसिएसनका वर्तमान अध्यक्ष तथा डालास एभरेष्ट लायन्स क्लबका निवर्तमान अध्यक्ष भोला पन्त रहेका छन् ।

200
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको आगामी निर्वाचनमा केशव कँडेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २००८ देखि एनआरएनएको अभियानमा लागेका कँडेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

193
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी अधिवेशन अगस्ट १८ मा र निर्वाचन २५ अगस्टमा हुने भएको छ । अधिवेशन र निर्वाचन कार्यक्रम लुभेनमा हुने निर्णय भएको छ । एनआरएनए बेल्जिय अध्यक्ष लोक प्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन व्यवस्थापनका लागि प्रथम उपाध्यक्ष गोविन्दसिंह अधिकारीको संयोकत्वमा व्यवस्थापन समिति बनाएको छ ।

204
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को डेढ दशकभन्दा लामो यात्रामा संस्थाले विदेशमा रहेका नेपाली र नेपालको आर्थिक तथा सामाजिक समृद्धिका लागि कस्ता काम ग-यो भन्ने विषयले नै यसको भावी योजना र यसप्रतिको विश्वास अघि बढाउँदै लगेको छ । विगत डेढ दशकको अवधिमा एनआरएनएले संस्थाको सञ्जाल विस्तार, लगानी र सामाजिक तथा विपत् व्यवस्थापनमा काम गरेको देखिन्छ । हालसम्मको यात्रामा एनआरएनएले केही महत्वपूर्ण सामाजिक काम गरेको छ ।

398
हिमेश विक
मंगलबार, बैशाख १०, २०७६

एनआरएन नामक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा धनगढीमा सञ्चालनमा आएको छ । गैरआवासीय संघ (एनआरएन)को लगानीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्था एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय धनगढीमा स्थापना गरिएको हो ।

506
गोपाल संग्रौला
आइतवार, बैशाख ८, २०७६

रोजगारीका मलेसिया जाने कामदारको स्वास्थय परीक्षणका लागि सूचीकरणका लागि आवेदन दिएका देशभरका स्वास्थ्य संस्था तथा अस्पतालको अनुगमन तथा निरीक्षण कार्य आइतबारबाट सुरु गरिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त टोलीले आईतबारबाट सूचीकरणका लागि आवेदन दिएका १२६ संस्थाको अनुगमन तथा निरीक्षण सुरु गर्ने भएको हो ।

295
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागि भएको गैरआवासीय नेपाली संघको सफलताले विश्वभरीका नेपालीले गौरवान्वित महसुस गरेको एनआरएनएले जनाएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक खेलकुदमा सहभागिता जनाउँदै पाएको सफलता विश्वभरीका गैरआवासीय नेपालीको लागि गौरव गर्न लायक बनेको छ ।

259
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले विभिन्न सहरहरुमा नेपाली नयाँ वर्ष २०७६ साललाई भव्य रुपमा मनाएर स्वागत गरेको छ । उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहेको सम्पूर्ण कार्यक्रमहरुमा क्यानडाका प्रधानमन्त्री, अर्थमन्त्री र सीमा सुरक्षा मन्त्रीहरुले शुभकामना सन्देश पठाएका थिए ।

379
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स (पिए) नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरलाई सम्मान गरेको छ । अप्रिल १० र ११ तारिखमा मकाउ सरकारले आयोजना गरेको महिला तथा बालबालिकाको शिक्षा सम्बन्धि सम्मेलनमा भाग लिन गएकी सामाजिक अभियन्ता रानालाई एनआरएनए मकाउले स्वागत तथा सम्मान गरेको एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीले जानकारी दिइन् ।

320
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

कार्यदलको संयोजकमा एनआरएन महासचिव बद्री केसी र सचिवमा केन्द्रीय सदस्य रामशरण सिम्खडा रहेका छन् । यस्तै सोनाम लामा, लोक दाहाल, चिन्तामणि सापकोटा, खुसीमान गुरुङ, विनोद भट्टराई, राजु सायद, कृष्ण तिमल्सिना, प्रकाश पुन, दिनेश जोशी, खगेन्द्र जिसी क्षेत्री, संजय थापा, रमेश थापा, सुनीक कार्की, नवराज रोस्यारा, निमेश गिरी, रमेश पाण्डे, विश्व राइ, नारायण घिमिरे, कृष्ण केसी गोविन्द बेल्बासे, सीता सापकोटा, सन्तोष भट्टराई र शन्नी कुमारी वली सदस्य रहेका छन् भने सल्लाहकारमा अध्यक्ष भवन भट्टसहित संरक्षक जीवा लामिछाने, शेरबहादुर केसी, डा सूर्य पाठक र टीकाराम भट्टराई रहेका छन् ।

329
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्गतको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीको टोलीले बारामा गएको हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । सो क्रममा टोलीले स्थानीयका लागि सामान्य स्वास्थ्य जाँचका साथै ¥यापीड हेल्थ एसिसमेन्ट (आरएचएस) समेत सञ्चालन गरेको छ । सो क्रममा प्रभावितलाई आधारभूत स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले जानकारी दिए । नेपाल बृटेन डट कमका अनुसार ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीले यो आरएचएस नेपाल मेडिकल विद्यार्थी समाजको सहकार्यमा सञ्चालन गरेको हो ।

280
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा विदेशमा रहेका नेपालीको सहभागितामा बैंककमा नेपालको विकास योजना र दिर्घकालिन लक्ष्यका सम्बन्धमा ग्लोबल पराशर्म कार्यक्रम आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को थिंक ट्यांकका रुपमा कार्यरत एनपीआईले नेपाल केन्द्रित आर्थिक नीति निर्माणमा छलफल र बहस चलाउँदै आएको छ ।

376
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले लेगोसमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाभन्दा बढीले रक्तदान गरेका छन् । लेगोस राज्य सरकारको रक्तसञ्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदान एनआरएनए नाइजेरिया, गुजराती समाज र केरला समाजको संयुक्त आयोजनामा भएको हो ।

354