कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५
296

टेक्सास - अमेरिकाको टेक्सास राज्यस्थित ड्यालासमा नेपाली युवाहरुले भलिबल प्रतियोगिता तथा नाचगान गरेर दसैं मनाएका छन् । नेपालबाट ड्यालासमा आएर विभिन्न पेशा–व्यवसाय गरेर बसोबास गर्ने खेलप्रेमी युवाहरुको सक्रियतामा खोलिएको क्लब नेप स्टार अफ डिएफडब्लुको आयोजनामा दसैं मनाइएको हो ।
९ वटा समूहबीच भलिबल प्रतियोगिता भएको थियो । विजयीहरुलार्ई पुरस्कार वितरण गर्ने कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुको प्रस्तुतिसहितका कार्यक्रमहरु राखिएको थियो । प्रथम हुने नेपस्टार ब्लुले १ हजार ५ सय सय डलरसहित मेडल प्राप्त गरेको थियो भने दोश्रो हुने भूपू नेपाली टिमले ८ सय डलरसहित मेडल प्राप्त गरेको थियो ।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले अमेरिकामा आएर पनि भलिबल प्रतियोगितालगायत कार्यक्रम गरेर दसैं मनाउने कार्य गरेकोमा आयोजक क्लबको प्रशंसा गरेका थिए ।