कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५
814

यूएई -अबुधाबीको कराम एरियामा रहेको नेपाली राजदूतावास अबुधाबिको मुख्य बसपार्क तथा अल वाहद मल नजिकै सुविधासम्पन्न भवनमा सरेको छ । डिसेम्बर ३० देखि नयाँ भवनबाट सेवा सुरु भइसकेको छ ।
दूतावास पब्लिक बसपार्कको ठ्याक्कै पछाडि रहेकोले धेरै नेपालीले यातायातको सुविधाबाट वञ्चित हुपर्ने वा दूतावास जानकै लागि ट्याक्सी प्रयोग गर्नुपर्ने बाध्यता थियो । नयाँ ठाउँमा सरेपछि यो बाध्यता हटेको छ । यसअघि पटक–पटक सारिएको दूतावासभन्दा हालको भवन उपयुक्त र यातायातको सहज पहँुच हुनाले पनि अब सेवाग्राहीको पैसा र समयको बचत हुने भएको छ । राजदूतावासका अनुसार यूएईमा हाल २ लाख २४ हजार ९०५ नेपाली रहेका छन् भने विभिन्न स्कुल तथा कलेजमा ५४५ नेपाली अध्यनरत छन् ।