कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
351

गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले लेगोसमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाभन्दा बढीले रक्तदान गरेका छन् । लेगोस राज्य सरकारको रक्तसञ्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदान एनआरएनए नाइजेरिया, गुजराती समाज र केरला समाजको संयुक्त आयोजनामा भएको हो ।
रक्तदान कार्यक्रममा एनआरएनए नाइजेरियाका तर्फबाट एनआरएनए आईसीसी सदस्य चिरञ्जीवी रोका, बिदुर घिमिरे, आशा श्रेष्ठ, सोमेश अर्याल, रश्मि कुमार, गौतम मण्डल, एनआरएनए नाइजेरिया उपाध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, बालकृष्ण पण्डित, सौगात सरकार, सुकमल सरकार, मनिष मेहता, प्रशान्त शर्मा, भरत रिजाल, इन्द्र टन्डन, अनुज कुमार, आदित्य कुमार र राजु सोनी मगरले रक्तदान गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापा, महिला उपसंयोजक मन थापा, नाइजेरियाका अध्यक्ष विश्वास पौडेल, उपाध्यक्ष उर्मिला रोका, कोषाध्यक्ष रोहित भाङ्गर र महिला संयोजक अन्जु पौडेल लगाएतको उपस्थित रहेको थियो ।