एनआरएनए थाइल्यान्डद्वारा २० जनालाई छात्रवृत्ति
कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५
437

गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डले गत वर्षबाट सुरु गरेको नागरिक छात्रवृत्ति कोषबाट यस भूकम्प प्रभावित गोरखा जिल्लामा २० जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । स्थानीय साझेदार नागरिक अभियानका अनुसार यस वर्ष गोरखाको बारपाक– सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय, सौरपानी र सिद्धार्थ माध्यमिक विद्यालय, जौबारीका १०–१० जना पिछडिएका विद्यार्थीहरूलाई सो छात्रवृत्ति प्रदान गरिएको हो ।
सो छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीले प्रत्येक वर्ष १४ हजार ५०० रुपैयाँ नगदसहित ब्याग र केही शैक्षिक सामग्री पाउनेछन् । यो छात्रवृत्ति प्रत्येक विद्यार्थीहरूले १२ कक्षासम्म पाउने एनआरएनएले जनाएको छ ।
सो छात्रवृत्ति विद्यालय निरिक्षक दामोदर रेग्मीले हालै एक कार्यक्रमका बीच प्रदान गरेका थिए । उक्त छात्रवृत्तिका लागि एनआरएनका तत्कालीन अध्यक्ष खगेन्द्र राज ढकालको नेतृत्वमा स्थापना गरिएको थियो ।