कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५
424

करिब २१ वर्षअघि वैदेशिक रोजगारमा यूएई आई रोजगारीसँगै सामाजिक काममा सक्रिय हुँदै आएका समाजसेवी कृष्ण न्यौपानेलाई एक समारोहका बिच बिदाइ गरिएको छ । नेपाली समाज यूएईका निवर्तमान उपाध्यक्ष तथा एनआरएनए यूएईका सस्थापक संयोजक न्यौपानेलाई गत बिहीबार बिदा गरिएको हो ।
नेपाली समाजको आयोजनामा वरदुबईको नेपाली रेस्टुरेन्टमा बिदाइ गरिएको थियो । सो अवसरमा समाजका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि एकेन्द्र बहादुर थापाले विदेशमा लामो समय रहेका सबै नेपाली स्वदेश फर्केर देशमा लगानी गर्ने योजना बनाउन आग्रह गरे । पछिल्लो समय देशको अवस्थामा सुधार आएको र स्थायी सरकार आएको हुँदा विभिन्न योजनाका साथ वैदेशिक रोजगारमा गएकाहरु फर्कने क्रम जारी छ ।