प्रभासी नेपाली समस्यै समस्या
कारोबार संवाददाता
बुधवार, जेठ ९, २०७५
993

काठमाडौ/यूएई -सरकारले वैदेशिक रोजगारी व्यवस्थीत गर्न स्वदेशमा विभिन्न कार्यक्रम सार्वजानिक गरिरहेका बेला विदेशमा कार्यरत नेपालीहरू विभिन्न समस्यामा पर्ने क्रम पनि बढिरहेको छ । यस्ता समस्या बढ्दै गएपछि हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हालै विदेशमा अलपत्र र विभिन्न अभियोगमा जेल तथा मुद्दा खेपिरहेका नेपालीलाई उद्दार तथा सहयोग गर्ने कार्यक्रम सार्वनानिक गरेको छ । मन्त्रालयले नेपाली कामदार विदेश जानुअघि र विदेश गएपछि गर्नुपर्ने सहयोगलाई क्रमस सुधार गदै लैजाने गरी विभिन्न कार्यदलसमेत गठन गरेको छ ।
सरकारले विदेशमा मृत्यु हुने नेपालीको परीवारका लागि राहतस्वरूप ७ लाख रुपैयाँ दिने निर्णय गरेको भए पनि मृतकको संख्या घटन सकेको छैन । कतारमा गत माघ देखि चैतसम्म ३३ नेपालीको मृत्यु भएको नेपाली राजदूतावास दोहा कतारले जनाएको छ । गत बुधबार एक प्रगति विवरण सार्वजनिक गर्दै नेपाली राजदूतावास दोहा कतारले यस्तो जानकारी दिएको थियो । राजदूतावासले गत माघदेखि गत चैतसम्म गरिएका महत्तवपूर्ण कामहरूको सूचीसमेत सो अवसरमा सार्वजनिक गरेको थियो ।

नेपाली कामदारलाई झुटा मुद्दा
कतारको स्विस इन्जिनियरिङ कम्पनीमा कार्यरत सातजना नेपाली जीत बहादुर बिक, हरि कुमार थापा, श्याम केवट, गिरी पंगेनी, श्याम लाला राना, रामकृष्ण गुरुङ र कृष्णबहादुर दर्जीलाई सो कम्पनीले फकाई फुलाई गलत (खाली) कागजातमा दस्तखत गराई झुटा मुद्दा लागेको जनाइएको छ । पछि सो कम्पनीले खाली दस्तखत गराएको कागजमा प्रत्येकले कतारी रियल ९ (नौ) हजार ऋण बुझिलिएको भनी लेखि त्यसकै आधारमा उनीहरू बिरुद्ध अदालमा मुद्दा चलाइरहेको पाईएको दूतावासले जनाएको छ । कम्पनीमा बसेर काम गरिरहेको अवस्थामा समेत भागेको भनी पुसलीकहाँ उजुरी समेत हालेकोमा राजदूतावासको विशेष पहलमा कतार सरकारबाट विशेष निर्णय गराइ ती नेपालीलाई चैतमा नेपाल फर्काईएको थियो । यसैगरी कतारको सवारी संचालन गर्ने अनुमतिपत्रबेगर सवारीसाधन चलाइ दुर्घटना गराएको कसुरमा नेपाली नागरिक मोहनचन्द्र मरासिनीलाई कतारी अदालतको फैसला बमोजिम जेलबाट छुटाएर नेपाल फर्काइएको जनाईएको छ । उनलाई जरिवाना भुक्तानीको लागी राजदूतावासबाट आवश्यक समन्वय गरी सजाय भुक्तानपछि विभिन्न प्रकिया पूरा गरी नेपाल फर्काएको दूतावासले जनाएको छ । मरासिनीलाई लगभग १० दिन दूतावासले बसोबास खान र बस्नको ब्याबस्था गरि बैशाख ३ गते नेपाल ल्याइएको थियो ।
अलपत्र १२० युवाको उद्दार
कतारको संयुक्त सफाई, संयुक्त अन्तरराष्ट्रीय, अल जजिरा क्लिनिङ, शटअल जजिरा ट्रेडिङ् (कम्पनी सञ्चालन गर्ने एउटै व्यवस्थान भएको) कम्पनीमा कार्य गर्दै आएका १२० जना नेपाली कामदार बिना तलब काम गरिको अवस्थामा सरकारले उद्धार गरेको थियो । उनीहरूलाई ३ महिनाको तलव र एक महिनादेखि खाना समेत नदिएको विषयमा राजदूतावासमा जानकारी भएको पछि उद्दारको प्रक्रिया अघि बढाइएको थियो । राजदूतावासको समन्वयमा कतारको श्रम विभागको प्रतिनिधि अहमदलाई राजदूतावासमा बोलाई कामदारहरूको रोहवरमा छलफल गरी खानाको समस्याको लागि श्रम विभागले आवश्यक समन्वय गर्ने निर्णय गरिएको थियो । यसमध्य केहीलाई नेपाल फर्काउने काम भएको र केही कम्पनी परिवर्तनको प्रकिया अगाडी बढाउने ब्यबस्था मिलाइएको छ ।
हामिद बिन खालिद बिन हमाद कम्पनीमा कार्यरत ४ सय ३९ जना नेपाली कामदारहरूलाई बिगत ४ देखि ६ महिना सम्मको तलब नपाएको र १ महिनादेखि खानको समस्या भएकोमा दूतावासले सहयोग गरेको जनाइएको छ । उक्त कम्पनीको समस्याका विषयमा कतारको श्रम मन्त्रालय, श्रम विभाग र कम्पनीको जिम्मेवार व्यक्तिहरूसँग छलफल गरी उक्त समस्या यथासिघ्र समाधान गर्न अनुरोध गरिएकोमा कम्पनीले चाडै बाँकी अवधिको तलव उपलब्ध गराउने जानकारी गराएको छ । खानाको समस्या समाधानका लागि कतारको श्रम मन्त्रालय र श्रम विभाग समेतलाइ जानकारी गराइ ती निकायको समन्वयमा केही दिन खानाको व्यवस्था मिलाइएको र राजदूतावासको तर्फवाट समेत केही दिनका लागि खाना उपलव्ध गराइएको जनाईएको छ । उक्त कम्पनी वन्द हुने अवस्थामा पुगेको हुँदा कम्पनी परिवर्तन गर्न चाहने हरूका लागि परिवर्तन गराउन र घर फर्कनेहरूका लागि घर फर्काउने कार्यका लागि समन्वय भै रहेको छ ।

दूतावासका अन्य सहयोग
फागुन र चैत्र महिनाको मृतक, अस्पतालमा कोमामा रहेका, उद्धार, बिभिन्न मागपत्र प्रमाणिकरण लगायतका बिभिनन काम दूतावासले गरेको जनाएको छ । यो अवधीमा राजदूतावासबाट समाधान गरिएका विभिन्न समस्याहरू ५३० रहेको जनाईएको छ । यसरी सो अवधीमा पाउनुपर्ने सेवा सुविधा नपाएका खासगरी तीन महिना भन्दा बढीको सेवा सुविधा नपाएका कतार सरकारको श्रम बिभागमा कमादारको निवेदकको सङ्ख्या ८२७ रहेको थियो । कम्पनी छाडेका, कतारी आईडी नलगाइएका तथा आईडिको म्याद सकिएको छ महिना भन्दा बढी भएका तथा ओभर स्टे बसेकाहरू कतार सरकारको सर्च एंड फ्लो विभाग मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउने प्रक्रियाको निवेदकको सङख्या ४१६ रहको दूतावासले जनाएको छ ।
यसरी नै आकस्मिक अवस्था परी नेपाल जानुपर्ने तर कम्पनीले सहजै जान स्वीकृती नदिएका भ्यालिड आईडि भएका कामदारहरूलाई आपातकालीन बहिष्कार समिति मार्फत नेपाल पठाउने व्यावस्था समेत गरिएको छ । यसका लागि प्रक्रिया अघि बढाइएकाहरू कतारको मदिना खलिफा स्थित पुलीस अफिसले आकस्मिक रूपमा नेपाल जानुपर्ने अवस्थाको एकीन गरी सम्बन्धित कम्पनीसँग समन्वय गरी नेपाल पठाउने व्यवस्थाको लागि निवेदक दिनेको संख्या १४१ रहेको छ । यसरी नै कतारको सर्च एन्ड फ्लो विभाग अन्तर्गतमा घर फर्कने क्रममा रहेका नेपालीहरूको संख्या १ सय २३ रहेको छ । यसरी नै कानुनी कारवाहीको सिलसिलामा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानको लागि केन्द्रीय जेलमा रहेका नेपालीहरूको संख्या ४७ पुगेको दूतावासले जनाएको छ । कम्पनी परिवर्तन गरी काम गर्न चाहनेहरूको संख्या राजदूतावासको सम्पर्कमा आइ सिफारिस गरिएको संख्या १ सय १९ रहेको छ भने सिकिस्त अवस्थामा अस्पतालको कोमामा रहेका बिरामीहरूको संख्या १० रहेको छ । यसरी नै मृत्यु भएका नेपालीहरूको संख्या ३३, ब्यक्तिगतमागपत्र प्रमाणिकरण संख्या ३१८, समूहगत मागपत्र प्रमाणिकरण संख्या १५०, कम्पनीबाट पेश भएका मागपत्र १५९० र पुनः श्रम स्वीकृतीकोलागि सिफारिस संख्या ७८ रहको थियो ।

साधनस्रोत बढाएर विदेशमा कार्यरत युवाको उद्धार र सहयोग काम गर्नु पर्छ
रघुराज काफ्ले
निवर्तमान कार्यकारी निर्देशक, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड
स्वदेशमा तत्काल रोजगारीका विकल्प तयार नहुँदासम्म नेपालका लागि वैदेशिक रोजगार अल्पकालिन विकल्प मात्र हो । सरकारले विशेषगरी वैदेशिक रोजगारीमा गएका युवालाई सुरक्षित, मर्यादित र व्यवस्थित तरिकाले विदेशमा काम गर्ने वातावरण तयार गर्न विभिन्न कामदारमैत्री कार्यक्रम पनि सार्वजानिक गदै लगेको छ ।
हालै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश तथा विदेश जान तयार रहेका युवाका लागि विभिन्न सुधारका कार्यक्रम सार्वजानिक गरेको छ । यसमा पहिलो र राम्रो बिषय भनेको कामदारको मागपत्र सम्बन्धित देशको नेपाली नियोगबाट प्रमाणित गर्नु पर्ने निर्णय नै हो । नेपालमा आउने मागपत्रलाई प्रमाणित गर्ने अन्तिम निर्णय दूतावासबाट हुने निर्णय गर्नु ठूलो बिषय हो । यो निर्णयले कम्पनीले दिने तलब, सम्झौतामा उल्लेख गरेका बिषय, अलपत्र पर्ने र अन्य समस्या अन्त्य हुने देखिन्छ । यसरी माग प्रमाणिकरणको नयाँ निर्णयले कामदारको भिसा, शुल्क र लागत लगायतका बिषयमा हुने ठगीसमेत निण्न्त्रण हुने देखिन्छ । यसै गरी विदेश जाने युवाको स्वास्थ्य परीक्षणका लागि गरिएको नयाँ निर्णयले यस क्षेत्रमा हुने ठगीलाई नियन्त्रण गर्ने देखिन्छ ।
यसरी नै विदेशमा नेपाली कामदारमाथि हुने ठगी, कानुनी समस्या, मृत्यु र अंगभग लगायतका समस्या कामदारको संख्या वृद्धीसँगै समस्या पनि बढ्दै जाने कुरा हो । तर, यसो भन्दैमा यसको नियन्त्रण, सहयोग र उद्दार गर्न हुदैन भन्ने कुरा होइन । यसका लागि सरकारले जति गरेको छ, आफनो क्षमता, जनशक्ति र साधनस्रोतले भ्याएसम्म धेरै नै गरेको छ । विदेशमा रहेका कामदारको सेवाका लागि सरकारले अभैm धेरै गर्न बाँकी रहेकाले यसका लागि जनशक्ति, क्षमता र आर्थिक स्रोतलाई थप गरेर व्यवस्थित गर्नु पर्छ । रोजगारीका लागि विदेश गएका नेपाली युवाका लागि वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमार्फत बिगत केही वर्ष यता धेरै सुधारका कार्यक्रम भएका छन् ।
-गोपाल संग्रौला/भुपराज बस्याल