कारोबार संवाददाता
बुधवार, जेठ १६, २०७५
809

यूएई : सयुक्त बुद्ध जयन्ती कार्यक्रममा जम्मा भएको रकम मानव उद्घारमा खर्च गरिने भएको छ । गत बैशाख २८ गते अल्कुज दलस्को हलमा सम्पन्न भएको २५६२ सयुक्त बुद्ध जयन्ती कार्यक्रमको समिक्षा गर्दै जेठ ११ गते शुक्रबार वर दुबईको नेपाली रेस्टुरेन्टमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
४१ ओटा संघ सस्थाको सयुक्त आयोजना भएको कार्यक्रममा १ हजार ५ सय ५० दिराम फाईदा भएको आर्थिक प्रतिबेदन एकेन्द्र बहादुर थापाले बताए । कार्यक्रममा खर्च १७ हजार ६ सय ६५ दिराम तथा आम्दानी ३१ हजार ५ सय १५ दिराम भएको थियो ।

बुद्ध जयन्ती कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण संघ, सस्था स्पोन्सर दाता, कलाकार, पत्रकारलगायत कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
गतबर्ष बुद्ध जयन्ती कार्यक्रमबाट बचत भएको ४ हजार २ सय ६३ दिराम र यस कार्यक्रम बाट बचत भएको १ हजार ५ सय ५० दिरामलाई सयुक्त रुपमा युएईमा मानव उद्घारमा खर्च गरिने उक्त बैठकले निर्णय गरेको छ ।