Karobar Daily
कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५
241

यूएई - बुद्ध जयन्ती कार्यक्रमबाट संकलन भएको ४ हजार २६३ दिराममध्ये बचत भएको १ हजार ५५० दिराम यूएईमा मानव उद्घारमा खर्च गरिने भएको छ । गत मे ११ मा अल्कुज दलस्को हलमा सम्पन्न भएको २५६२ औं संयुक्त बुद्ध जयन्ती समीक्षा कार्यक्रममा बाँकी रहेको रकम उद्धारमा खर्च गरिने निर्णय भएको हो ।
४१ ओटा संघसंस्थाको संयुक्त आयोजना भएको कार्यक्रममा १ हजार ५५० दिराम बचत भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरे एकेन्द्र बहादुर थापाले । कार्यक्रममा खर्च १७ हजार ६६५ दिराम र आम्दानी ३१ हजार ५१५ दिराम भएको थियो भने आयोजक संस्थाहरुको अग्रिम उठाइएको ४१ संस्थाको प्रतिसंस्था ३०० को १२ हजार ३०० दिराम फिर्ता गर्दा जम्मा १ हजार ५५० दिराम बचत भएको थापाले जानकारी दिए ।