कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५
545

यूएई -नेपाली बिजनेस काउन्सिल दुबईको दोश्रो अधिवेशनले पुनः डा. आसिफ अलि सिद्दिकीलाई अध्यक्ष चयन गरेको छ ।
यूएईमा रहेका नेपाली व्यवसायीलाई संगठित गर्ने उद्देश्यसहित गठन भएको नेपाली बिजनेस काउन्सिल युएई सरकारबाट मान्यता प्राप्त संस्था हो । अधिवेशनमा चाईनिज बिजनेस काउन्सिल दुबई, पाकिस्तानी बिजनेस काउन्सिल दुबईलगायत युएईमा रहेका नेपाली व्यवसायी, नेपाली पत्रकारहरु, विभिन्न देशका पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।
अधिवेशनले आगामी दुई वर्षको लागि केन्द्रीय समिति चयन गरेको छ । जसको उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेत्र प्रसाद शर्मा, उमेश कुमार न्यौपाने, महासचिव दिपक राज पौडेल, कोषाध्यक्ष एकेन्द्र बहादुर थापा रहेका छन् भने सदस्यहरु सूर्य कुमार गिरि, अशोक खाड्का, मिलन बस्नेत, लोकेन्द्र बम, होम बहादुर रानाभाट रहेका छन् ।