कारोबार संवाददाता
बुधवार, जेठ २३, २०७५
730

 युएई-जुन २२ मा युएईको एभरेष्ट क्लबमा हुन लागेको ‘हेटौँडा जर्नालिजम अवार्ड’ कार्यक्रमको लागि बाल गायक अशोक दर्जी , टंक बुढाथोकी लगायत करिब ४५ जनाको टोलि युएई आउन लागेको हो ।
मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ कार्यक्रमको जानकारी दिन गरिएको गत शुक्रबार वर दुबईको सिल्भर स्पोन रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरिएको थियो । न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले आयोजना गर्न लागेको अवार्ड कार्यक्रमको लागि युएईका लागी प्रदेश नम्बर तीन एकता समाज , एभरेष्ट मार्सल आर्ट, एन आर एन, अन्तर्रा्ष्ट्रिय कलाकार समाज, नेपाल पत्रकार महासंघ, युएई , मदन अधिकारी , समिम खान र मनोज गोर्खाली ले समन्वय गर्दैछन् ।

नौ बिधामा हुन लागेको अवार्ड बितरणको छनोट प्रक्रिया नेपाल बाटै हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जस्मा निम्न बिधामा अवार्ड बितरण गरिने आयोजक ले जनाएको छ । उनका अुनसार मकवानपुरबाट उत्कृष्ट पत्रकार बर्ष अवार्ड, खोजी पत्रकारिता बर्ष अवार्ड, सामाजिक पत्रकारिता बर्ष अवार्ड, चलचित्र पत्रकारिता बर्ष अवार्ड, कार्यक्रम प्रस्तोता बर्ष अवार्ड, सम्पादक बर्ष अवार्ड, चुनौतीपूर्ण पत्रकारिता बर्ष अवार्ड, सञ्चार उद्यमी बर्ष अवार्ड र बजार व्यवस्थापक बर्ष अवार्ड प्रदान गरिनेछ ।
युएईमा रहेका विभिन्न कलाकार हरुको समेत प्रस्तुति रहने कार्यक्रमको टिकट साधारण ३० दिराम राखिएको छ भने भि आई पि को लागी १०० दिराम राखिएको छ भने दुबै टिकटकमा खानाको ब्यबस्था गरीएको छ । कार्यक्रम बाट केही रकम बल गायक अशोक दर्जीको घर निर्माणको लागि सहयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।