कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
483

आगामी साउन २५ गते नेपाल आदिवासी जनजाति महासंघ युएईले २४ औ अन्तर्रास्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ ।
शुक्रबार वर दुबईको नेपाली रेस्टुरेन्टमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन लगायत आयोजनको जिम्मा नेपाल आदिवासी जनजाति महासंघ युएईको सचिवालयलाई दिइएको छ ।
त्यसै गरि बैठकले युएईमा नेपाल आदिवासी जनजाति कलाकार संघ गठन गर्न नेपाल मगर संघ शाखा युएईका प्रतिनिधि भुवन थापा मगरको संयोजकत्वमा तदर्थ समिती गठन गरेको छ भने लामो समय देखि प्रतिक्षारत रहेको नेपाल आदिवासी जनजाती प्रत्रकार महासंघ युएईको गठन प्रक्रिया समेत अघि बढाएको छ । दुईवटै भातृ संस्थाहरुको साउन २५ मा हुने २४ औ अन्तर्रास्ट्रिय विश्व आदिवासी दिवस कार्यक्रममा घोषणा गरिने समेत निर्णय भएको छ ।
बैठकले महासंघको पुर्व अध्यक्ष तथा सल्लाहकार भुवन राइले युएईमा आफ्नो बसाईलाई पुर्ण विराम लगाइ नेपाल प्रस्थान गर्नु भै रिक्त हुन आएको सल्लाहकार पदमा नेवा पुच युएईका पुर्व अध्यक्ष तथा नेफिन युएईकै पुर्व प्रवक्ता प्रमोद श्रेष्ठलाई सर्वसम्मतले मनोनीत समेत गरेको छ ।