गोपाल संग्रौला
आइतवार, बैशाख ८, २०७६

रोजगारीका मलेसिया जाने कामदारको स्वास्थय परीक्षणका लागि सूचीकरणका लागि आवेदन दिएका देशभरका स्वास्थ्य संस्था तथा अस्पतालको अनुगमन तथा निरीक्षण कार्य आइतबारबाट सुरु गरिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम मन्त्रालयको संयुक्त टोलीले आईतबारबाट सूचीकरणका लागि आवेदन दिएका १२६ संस्थाको अनुगमन तथा निरीक्षण सुरु गर्ने भएको हो ।

258
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागि भएको गैरआवासीय नेपाली संघको सफलताले विश्वभरीका नेपालीले गौरवान्वित महसुस गरेको एनआरएनएले जनाएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक खेलकुदमा सहभागिता जनाउँदै पाएको सफलता विश्वभरीका गैरआवासीय नेपालीको लागि गौरव गर्न लायक बनेको छ ।

249
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले विभिन्न सहरहरुमा नेपाली नयाँ वर्ष २०७६ साललाई भव्य रुपमा मनाएर स्वागत गरेको छ । उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहेको सम्पूर्ण कार्यक्रमहरुमा क्यानडाका प्रधानमन्त्री, अर्थमन्त्री र सीमा सुरक्षा मन्त्रीहरुले शुभकामना सन्देश पठाएका थिए ।

346
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउले सामाजिक अभियन्ता तथा प्रिजनर्स एसिस्टेन्स (पिए) नेपालकी संस्थापक अध्यक्ष इन्दिरा रानामगरलाई सम्मान गरेको छ । अप्रिल १० र ११ तारिखमा मकाउ सरकारले आयोजना गरेको महिला तथा बालबालिकाको शिक्षा सम्बन्धि सम्मेलनमा भाग लिन गएकी सामाजिक अभियन्ता रानालाई एनआरएनए मकाउले स्वागत तथा सम्मान गरेको एनआरएनए मकाउ अध्यक्ष शान्तिदेवी अधिकारीले जानकारी दिइन् ।

289
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

कार्यदलको संयोजकमा एनआरएन महासचिव बद्री केसी र सचिवमा केन्द्रीय सदस्य रामशरण सिम्खडा रहेका छन् । यस्तै सोनाम लामा, लोक दाहाल, चिन्तामणि सापकोटा, खुसीमान गुरुङ, विनोद भट्टराई, राजु सायद, कृष्ण तिमल्सिना, प्रकाश पुन, दिनेश जोशी, खगेन्द्र जिसी क्षेत्री, संजय थापा, रमेश थापा, सुनीक कार्की, नवराज रोस्यारा, निमेश गिरी, रमेश पाण्डे, विश्व राइ, नारायण घिमिरे, कृष्ण केसी गोविन्द बेल्बासे, सीता सापकोटा, सन्तोष भट्टराई र शन्नी कुमारी वली सदस्य रहेका छन् भने सल्लाहकारमा अध्यक्ष भवन भट्टसहित संरक्षक जीवा लामिछाने, शेरबहादुर केसी, डा सूर्य पाठक र टीकाराम भट्टराई रहेका छन् ।

317
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्गतको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीको टोलीले बारामा गएको हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । सो क्रममा टोलीले स्थानीयका लागि सामान्य स्वास्थ्य जाँचका साथै ¥यापीड हेल्थ एसिसमेन्ट (आरएचएस) समेत सञ्चालन गरेको छ । सो क्रममा प्रभावितलाई आधारभूत स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले जानकारी दिए । नेपाल बृटेन डट कमका अनुसार ग्लोबल हेल्थ एण्ड हाइजिन कमिटीले यो आरएचएस नेपाल मेडिकल विद्यार्थी समाजको सहकार्यमा सञ्चालन गरेको हो ।

267
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को आयोजनामा विदेशमा रहेका नेपालीको सहभागितामा बैंककमा नेपालको विकास योजना र दिर्घकालिन लक्ष्यका सम्बन्धमा ग्लोबल पराशर्म कार्यक्रम आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को थिंक ट्यांकका रुपमा कार्यरत एनपीआईले नेपाल केन्द्रित आर्थिक नीति निर्माणमा छलफल र बहस चलाउँदै आएको छ ।

364
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) नाइजेरियाले लेगोसमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाभन्दा बढीले रक्तदान गरेका छन् । लेगोस राज्य सरकारको रक्तसञ्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदान एनआरएनए नाइजेरिया, गुजराती समाज र केरला समाजको संयुक्त आयोजनामा भएको हो ।

342
कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतबार बारा र पर्सामा आएको भीषण हावाहुरीबाट पीडित ५ सय घर परिवारलाई राहत वितरण गरेको छ । संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले बाराको तेलगाई, परशुरामपुल दर्दिया, रामपूर्वा लगायतका स्थानमा पुगी राहत सामग्री वितरण गरेको हो ।

329
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । सरकारले नेपालको समृद्धिका लागि विशेष महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामूहिक लगानी कोष खडा गर्ने विषयमा समझदारीपत्रमा शनिबार हस्ताक्षर भएको हो ।

483
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निरन्तर अनुरोधपछि नेपाल सरकार अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीहरुका लागि विशेष अध्यागमन डेस्क स्थापना गरेको छ । गत सातामात्रै संघका अध्यक्ष भवन भट्टले गृह मन्त्री राम बहादुर थापालाई भेटी डेस्क स्थापना गर्ने काममा आवश्यक सहयोगका लागि अनुरोध गरेका थिए ।

440
कारोबार संवाददाता
बुधवार, चैत्र २०, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बारा र पर्साका हावा हुरी पीडितलाई राहत वितरण सुरु गरेको छ । एनआरएनएले आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई प्रभावित क्षेत्रमै पुगेर राहत वितरण सुरु गरेको हो । अध्यक्ष भवन भट्टको निर्देशनमा उपाध्यक्ष कुमार पन्त तथा सल्लाहकार रामेश्वर शाहलगायत राहत वितरणमा खटिएको बताइएको छ । उक्त टोलीले बाराको पुरिया गाउँका ५ सय घरधुरीलाई प्रतिपरिवार २५ किलो चामल, ५ किलो आलु २ किलो दाल र १ लिटर तेल वितरण गरेको थियो । संघले हावाहुरीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।

402
कारोबार संवाददाता
शनिवार, चैत्र १६, २०७५

गैरआवासिय नेपालीहरुको संगठन (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँको कोष बनाएर पूर्वाधार विकासमा लगानी गर्ने भएको छ । सरकारले नेपालको समृद्धिकालागि विशेष महत्वका साथ आयोजना गरेको लगानीसम्मेलनको अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सरकारको `समृध्द नेपाल र सुखी नेपाली`अभियानमा गैरआवासीय नेपालीहरुको सहभागिताका निम्ति एउटा सामुहिक लगानीकोष खडा गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

810
कारोबार संवाददाता
शुक्रवार, चैत्र १५, २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबारदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ ।

643
कारोबार संवाददाता
बुधवार, चैत्र १३, २०७५

यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापूर्वक व्यापार गरिरहेका तीनवटा नेपाली ट्राभल एजेन्सी एकआपसमा मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका हुन् ।

495