कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले अमेरिकामा कार्यरत नेपाली विज्ञहरुको भेला आयोजना गर्ने भएको छ । एनआरएनए अमेरिकी क्षेत्रीय संयोजक गौरी जोशीका अनुसार आगामी जुन महिनाको दोस्रो साता सो सम्मेलनको आयोजना गरिनेछ ।

963
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

रोजगारीको सिलसिलामा साउदी अरब आएका प्रेमबहादुर राई जेल परेको करिब २ वर्ष भयो । प्रेमले चलाएको ट्रक बाटोमा रोकेर साथीलाई भेट्न गएका थिए । साथीलाई भेटेर फर्कंदा उनले चलाउने ट्रक कसैले सिसा फोरेर चोरी गरेको थियोे ।

707
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं एनआरएनए महिला सम्मेलन लग्जेम्वर्गमा हुने भएको छ । जुलाई अन्तिम साता हुने सो सम्मेलनको तयारी भइरहेको एनआरएनले युरोपले जनाएको छ ।

1309
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

चितवनका टोपबहादुर विकको उद्धारका लागि ब्लड मनि रकम जुटाउन यूएईमा रहेका नेपाली अभियान नै सञ्चालन गरेर लागेका छन् । करिब आठ वर्षअघि यूएई आएका विकलाई अलएनमा रहेको लिमा कन्ट्याक्टिङ एलएलसीमा कार्यरत रहँदा दुर्घटनामा परेका सहकर्मीको मृत्युको ब्लड मनि तिर्नुपर्ने गरी अभियोग लगाइएको छ ।

1495
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

गैरआवासी नेपाली संघ (एनआरएनए) फिन्डल्याण्डका महिला समूहले सुदूरपश्चिमका अछाम र डोल्पा जिल्लाका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । अछाममा स्वस्थ्य शिविर सञ्चालनको लागि ६० हजार र डोल्पाको विकट गाउँमा शिक्षाका लागि ४० हजार रुपैयाँ गरी १ लाख रुपैयाँ सहयोग गरिएको हो ।

3145
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

नेपालका सबै राजनीतिक दल एवं सरकारले आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाउन थालेपछि विदेशमा रहेका नेपाली स्वदेशमा लगानी गर्न इच्छुक देखिएका छन् । नेपालमा राजनीतिक एजेण्डालाई भन्दा आर्थिक एजेण्डा अघि बढाएर देशलाई समृद्धिमा लैजाने आवाज उठिरहेका बेला यूएईमा रहेका नेपाली मातृभूमिमा लगानी गर्न आतुर देखिएका छन् ।

1462
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

वैदेशिक रोजगारीबाट फर्केका पुरुषभन्दा महिलालाई समाजमा पुनस्र्थापना गर्न चुनौती रहेको सरोकारवालाले बताएका छन् । अझ विदेशबाट आपतविपतमा परेर उद्धार गरिएका महिलालाई घरपरिवारभित्रै पुनस्र्थापित गराउनु झनै चुनौती रहेको बताइनछ ।

933
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएको यूएई नेपाली कामदार आयात गर्ने देशबाट नेपाली लगानीकर्ता आकर्षण गर्ने मुलुकको रूपमा पनि परिचित हुँदै गएको छ । यूएईमा नेपालीले रोजगारीमात्र नगरेर व्यवसायमा लगानीसमेत बढाउँदै लगेका छन् । यसले गर्दा नेपालीले आम्दानीमात्र होइन, नेपालीलाई नै रोजगारी दिनेसम्म हैसियत बनाउँदै लगेका छन् । विश्वमा नै सेवामूलक व्यावसायिक हब बन्दै गएको यूएईमा नेपालीले जमेर नै व्यवसाय विस्तार गर्न थालेका छन् ।

2079
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको थप सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका घरहरू भूकम्पपीडित लाभग्राहीलाई चिट्ठामार्फत छुट्याई दिएको छ । एनआरएनएसँग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका लाभग्राही परिवारलाई चिट्ठामार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो । सम्झौतामा लाभग्राहीले घरको जगमा लाग्ने ढुंगा, गिटी र काठ आफैं उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

1269
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

गैरआवासीय नेपाली संघ महिला फोरमको आयोजनामा अछामको मंगलसेनमा आङ खस्ने समस्या भएका महिलाहरुको लागि छैटौं निःशुल्क स्वास्थ्य शिविर र पहिलो नाक कान घाँटी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

1677
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

नेपाल सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको सही कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारमा जाने युवा ठगिइरहेका छन् । खाडी मुलुकहरूका लागि नेपाल सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नियम बनाए पनि वैदेशिक रोजगारमा जाने युवाहरूले भने पहिलेको तुलना बढी रकम बुझाउनुपरेको गुनासो गरेका छन् ।

1527
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

वैदेशिक रोजगारीका कारण उत्पन्न झमेला तथा तनाव व्यवस्थापनका लागि खोटाङका महिलाहरू लागेका छन् । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबारीका महिला वैदेशिक रोजगारीका कारण निम्तिएको तनाव व्यवस्थापनमा लागेका हुन् । कामको सिलसिलामा पति विदेशमा रहेका समयमा समाज वा परिवारका सदस्यबाट आउने आक्षेप, शंका, हेला र तिरस्कारका कारण उत्पन्न मानसिक तनाव झेल्न बाध्य महिला संयुक्त रूपमा तनाव व्यवस्थापनमा लागेको बताइएको छ ।

1179
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएन) नर्वेको पहलमा नोर्डिक आकस्मिक कोष स्थापना गरिने भएको छ । नेपालमा दैवी प्रकोपबाट भएको मानविय तथा भौतिक क्षतिका लागि तत्काल राहत उपलब्ध गराउने उद्देश्यका साथ कोष स्थापना गर्न लागिएको हो ।

2143
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

यूएई÷काठमाडौं । सरकारले खाडी मुलुकमा घरेलुु कामदार जान रोक लगाएसँगै खाडी देशमा काम गर्दै आएका घरेलुु कामदार समस्यामा परेका छन् । घरेलु कामदारका रूपमा खाडी राष्ट्र जाने महिला कामदार शोषणमा गरेको जनाउँदै सरकारले १ वर्षअघि महिला कामदारका लागि श्रम स्विकृती रोक्का गरेको थियो । गत चैतमा संसदको तत्कालीन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी राष्ट्र भम्रण गरी नेपाली महिला चरम शोषणमा परेको जनाउँदै सरकारलाई तत्काल रोक्न सुझाव दिएको थियो ।

4721
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले राजधानी कम्पालामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । अमेरिकाका रक्तदान अभियन्ता अर्जुनप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

796