कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

एनआरएनए यूएईको आयोजनामा खुला रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम अबुधाबीमा रहेको नेपाली दूतावास परिसरमा सम्मन्न भएको छ ।

571
कारोबार संवाददाता
आइतवार, माघ ७, २०७४

वैदेशिक रोजगारको क्रममा साउदी अरबको जेलमा बन्दीे जीवन बिताइरहेका थानेश्वर भुसाललाई कारागारमुक्त गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली समन्वय समितिले संयुक्त रूपमा ४० लाख ९८ हजार रुपैयाँ सहयोग गरेको छ ।

751
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जीर्णाेद्धार एवं पुनर्निर्माणका लागि गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ ।

1429
कारोबार संवाददाता
बुधवार, माघ ३, २०७४

खाडी मुलुकमध्ये नेपाली रोजगारदाताका लागि यूएई बढी सुरक्षित मानिन्छ । वैदेशिक रोजगारका लागि आकर्षक देशका रुपमा विगतमा साउदी अरब, कतार मानिँदै आए पनि विगत केही समययता यूएई जाने बढेका छन् । यूएईमा प्रवेशमा सहजता र सरल वातावरण भएका कारण दैनिक यूएई जाने क्रममा वृद्धि भएको छ ।

905
कारोबार संवाददाता
बुधवार, माघ ३, २०७४

प्रवासी थारु सेवा समाज मेलेसियाले माघी पर्वको अवसरमा महोत्सव सम्पन्न गरेको छ । प्रमुख अतिथिको रुपमा रहेका संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीसमेत सो अवसरमा उपस्थित थिए ।

697
कारोबार संवाददाता
मंगलबार, माघ २, २०७४

गत शुक्रवार कतारमा सम्पन्न नेपाली व्यवसायीहरूको भेलाले नेपाल–कतार व्यवसायी संघ कतारको स्थापना गरेको छ । संघको अध्यक्षमा महेन्द्र चौलागाईं सर्वसम्मत चयन भएका छन् । यसै गरी डा. देवकाजी डंगोल संरक्षक रहेको संघका उपाध्यक्षहरूमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सी. रहेका छन् ।

865
कारोबार संवाददाता
शुक्रवार, पुष २८, २०७४

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा यहि मार्च ८ र ९ तारिखमा कतारका २ शहरमा ‘कुमारी बैंक र बुम रेमिट’को प्रस्तुतीमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

823
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले २० जुन २०१६ का दिन अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावासनजिकै तालिवानको आक्रमणमा परी मृत्यु भएका नेपालीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डले ज्यान गुमाएकामा११ जना मृतकका परिवारलाई जनही १ लाखको चेक गैरआवासीय नेपाली संघको सचिवालयमा सोमबार हस्तान्तरण गरिएको हो ।

774
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

काभ्रेलीहरूको साझा संस्था काभ्रे सेवा समाज यूएईले ५ जनवरीमा दुबईको क्रिक पार्कमा नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान, वनभोज तथा हाजिरीजवाफका साथै चिट्ठा कार्यक्रम सम्पन्न गरेको छ ।

814
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

गैरअआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फ्रान्सले प्रदिप रानामगरको परिवारलाई आर्थिक सहयोग गरेको छ । मगरको केही समयअघि फ्रन्समा निधन भएपछि उनको परिवारलाई सहयोगस्वरुप ८ लाख ९२ हजार ४४५ रुपैयाँ सहयोग गरिएको हो ।

926
गोपाल संग्रौला
बिहिवार, पुष २७, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँबराबरको सामूहिक लगानी गर्न सकिने जनाउँदै त्यसको खाकाका बारेमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । लगानी विदेशमा रहेका नेपाली, स्वदेशी लगानीकर्ता र सरकारसहितको सामूहिक लगानी हुनेछ ।

8420
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

नेपाल विज्डम इन्भेस्टमेन्ट प्रालिको प्रथम भेला दुबईको सिल्भर स्पोन रेष्टुरेन्टमा शुक्रबार सम्पन्न भएको छ । प्रवासमा रहेका नेपालीहरूको लगानीमा १३ अप्रिल २०१७ बाट सन्चालनमा आएको यो संस्थाले आफ्ना सेयर सदस्यहरूलाई शुक्रबारको कार्यक्रममा प्रमाणपत्र वितरण गरेको थियो ।

1369
कारोबार संवाददाता
बुधवार, पुष १९, २०७४

लाप्राक एकीकृत नमुना बस्ती निर्माणलाई तिव्रता दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेना तथा स्थानीयवासीको सहयोग थप गरी समयमा नै निर्माण सम्पन्न गर्ने जनाएको छ । एनआरएनएले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माणलाई अझ तिव्रता दिन नेपाली सेनाका थप जनशक्ति सहयोग लिएको छ । यसैगरी स्थानीयको सहयोगलाई पनि अझ वृद्धि गरी निर्माण कार्यलाई तिव्रता दिने योजना बनाएको छ ।

1142
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

जापानमा आयोजित ‘सातौं अल–जापान इन्टरनेसनल स्टुडेन्ट जापनीज स्पिच कन्टेस्ट’ मा नेपाली विद्यार्थी मनिसा भण्डारीले दोस्रो स्थान हासिल गरेकी छन् । उनले प्रमाणपत्रसहित करिब १ लाख नेपाली रुपैयाँ प्राप्त गरिन् । कार्यक्रमको प्रायोजन जापनीज इकोनोमिक युनिभर्सिटीले गरेको थियो ।

1610
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उद्धार, राहत र देश फिर्तापछिको पुनस्र्थापनाका लागि सरकारमात्र नभई गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरूले पनि विभिन्न सहयोग कार्यक्रम बढाउँदै गएका छन् । रोजगारीका लागि विदेश गएका कामदारको सामाजिक सुरक्षाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि विभिन्न कार्यक्रम र योजना सार्वजनिक गर्दै आएको छ ।

895