कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र महासचिव डा. बद्री केसीले २० जुन २०१६ का दिन अफगानिस्तानको काबुलस्थित क्यानाडा दूतावासनजिकै तालिवानको आक्रमणमा परी मृत्यु भएका नेपालीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । आक्रमणमा १३ जना नेपाली सुरक्षा गार्डले ज्यान गुमाएकामा११ जना मृतकका परिवारलाई जनही १ लाखको चेक गैरआवासीय नेपाली संघको सचिवालयमा सोमबार हस्तान्तरण गरिएको हो ।

419
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

काभ्रेलीहरूको साझा संस्था काभ्रे सेवा समाज यूएईले ५ जनवरीमा दुबईको क्रिक पार्कमा नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान, वनभोज तथा हाजिरीजवाफका साथै चिट्ठा कार्यक्रम सम्पन्न गरेको छ ।

381
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

गैरअआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) फ्रान्सले प्रदिप रानामगरको परिवारलाई आर्थिक सहयोग गरेको छ । मगरको केही समयअघि फ्रन्समा निधन भएपछि उनको परिवारलाई सहयोगस्वरुप ८ लाख ९२ हजार ४४५ रुपैयाँ सहयोग गरिएको हो ।

445
गोपाल संग्रौला
बिहिवार, पुष २७, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँबराबरको सामूहिक लगानी गर्न सकिने जनाउँदै त्यसको खाकाका बारेमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । लगानी विदेशमा रहेका नेपाली, स्वदेशी लगानीकर्ता र सरकारसहितको सामूहिक लगानी हुनेछ ।

7830
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

नेपाल विज्डम इन्भेस्टमेन्ट प्रालिको प्रथम भेला दुबईको सिल्भर स्पोन रेष्टुरेन्टमा शुक्रबार सम्पन्न भएको छ । प्रवासमा रहेका नेपालीहरूको लगानीमा १३ अप्रिल २०१७ बाट सन्चालनमा आएको यो संस्थाले आफ्ना सेयर सदस्यहरूलाई शुक्रबारको कार्यक्रममा प्रमाणपत्र वितरण गरेको थियो ।

1015
कारोबार संवाददाता
बुधवार, पुष १९, २०७४

लाप्राक एकीकृत नमुना बस्ती निर्माणलाई तिव्रता दिन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेना तथा स्थानीयवासीको सहयोग थप गरी समयमा नै निर्माण सम्पन्न गर्ने जनाएको छ । एनआरएनएले गोरखाको लाप्राकस्थित एकीकृत बस्ती निर्माणलाई अझ तिव्रता दिन नेपाली सेनाका थप जनशक्ति सहयोग लिएको छ । यसैगरी स्थानीयको सहयोगलाई पनि अझ वृद्धि गरी निर्माण कार्यलाई तिव्रता दिने योजना बनाएको छ ।

736
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

जापानमा आयोजित ‘सातौं अल–जापान इन्टरनेसनल स्टुडेन्ट जापनीज स्पिच कन्टेस्ट’ मा नेपाली विद्यार्थी मनिसा भण्डारीले दोस्रो स्थान हासिल गरेकी छन् । उनले प्रमाणपत्रसहित करिब १ लाख नेपाली रुपैयाँ प्राप्त गरिन् । कार्यक्रमको प्रायोजन जापनीज इकोनोमिक युनिभर्सिटीले गरेको थियो ।

1167
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको उद्धार, राहत र देश फिर्तापछिको पुनस्र्थापनाका लागि सरकारमात्र नभई गैरआवासीय नेपाली संघ र गैरआवासीय नेपालीहरूले पनि विभिन्न सहयोग कार्यक्रम बढाउँदै गएका छन् । रोजगारीका लागि विदेश गएका कामदारको सामाजिक सुरक्षाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि विभिन्न कार्यक्रम र योजना सार्वजनिक गर्दै आएको छ ।

472
कारोबार संवाददाता
बुधवार, पुष ५, २०७४

अमेरिकन सरकारद्वारा प्रदान गरिएको अस्थायी सुरक्षित दर्जा (टिपिएस ) सुविधा नवीकरणका लागि एनआरएनए अमेरिकाले हालै त्यहाँको सरकारसँग अनुरोध गरेका छन् । राजधानी वासिङ्टन डिसीस्थित बिभिन्न कंग्रेसनल नेताहरु तथा होमल्याण्ड सिक्युरिटी तथा राज्य विभाग (स्टेट डिपार्टमेन्ट) अधिकारीहरुसँग भेटवार्ता गरी टिपिए सुविधाको म्याद बढाउन अनुरोध गरिएको हो ।

614
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, अनररी परिषद् समिति र आईसीसीमा मनोनित सदस्य चयन गरेको छ । अनलाइनमा भएको संघको सो ६० औं बैठकमा ७५ जनाभन्दा बढी सहभागी थिए ।

231
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

रोल्पाको जिनबाङस्थित घोप्टे ओढारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आर्थिक सहयोगमा दुई कोठे ई–लाइब्रेरी भवनको निर्माण गरिएको छ । नमुना विद्यालय अभियान थालनी भएलगत्तै भौतिक निर्माणको लागि एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साउदीले अग्रसरता लिएको थियो । एनसीसी साउदी अरबका निवर्तमान अध्यक्ष धरम केसी, तत्कालिन महासचिव तेज थापा, महिला संयोजक उषा केसी तथा दम्माम क्षेत्रका क्षेत्रीय अध्यक्ष चन्द्रमणि भण्डारीको उपस्थितिमा असोजमा भवनको शिलान्यास भएको थियो ।

231
कारोबार संवाददाता
बुधवार, मंसिर १३, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सक्रियतामा देशभरका आधा दर्जन महानगर तथा उपमहानगरलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि बढाएइको छ । विदेशमा व्यवस्थित बसोबासको अनुभव हासिल गरेका गैरआवासीय नेपालीहरूले नेपालमा बढ्दो सहरीकरणलाई आधुनिक र व्यवस्थित गराउने उद्देश्यले सो अवधारणा ल्याएका हुन् ।

350
गोपाल संग्रौला
बिहिवार, मंसिर ७, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माणाधिन भवन, एनआरएन शंखमूल पार्क र लाप्राक नमुना बस्तीलगायत महत्वाकांक्षी परियोजना यथाशिघ्र सम्पन्न गर्ने गरी २ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । नयाँ कार्यसमितिले लामो समयदेखि निर्माणमा रहेका परियोजना समयमा सम्पन्न गर्न नयाँ योजना सुरु गर्ने जनाएको छ ।

181
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण भइरहेको रौतहट चन्द्रपुर एकीकृत नमुना बस्तीलाई ६ लाख ६६ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्ड र फिनिस नेपाली समाजबाट बस्ती निर्माणलाई सहयोग उपलब्ध भएको हो ।

194
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

रोजगारीको सिलसिलामा करिब दुई बर्ष अगाडि मलेसिया आएका ताप्लेजुङ हाङपाङका विशाल माङयुङ लिम्बू लाई उपचारका लागि मलेसियाबाट ९१ हजार ६६१ रुपैया सहयोग गरिएको छ । टिभी रोगको कारण स्वास्थमा समस्या आए पछि नेपाल फर्किएका लिम्बुको उपचरमा आर्थिक कठिनाई भएपछि मलेसियामा रहेको मञ्जरी थिएटर गु्रपले सहयोग गरेको हो । उनलाई लागेको रोगको उपचार नेपालमा सम्भव नभएकोले भारतको चेन्नाई स्थित एपोलो हस्पिटलमा भर्ना गरिएको थियो । तर हाल लिम्बु भक्तपुर स्थित क्यान्सर अस्पतालमा बाकी उपचार गराईरहेका छन ।

255