कारोबार संवाददाता
बुधवार, मंसिर २६, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार असफल भएको टिप्पणी गरेका छन् । राजपाले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले सरकार हरेक क्षेत्रमा असफल भएको बताए ।

169
जगन्नाथ दुलाल
बुधवार, मंसिर २६, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र उसको नेतृवमा रहेको सरकारमाथि गहिरो अविश्वास व्यक्त गरेको छ । शुक्रबारबाट सुरु हुने महासमिति बैठकमा पेश गर्नका लागि केन्द्रीय समितिबाट पारित ‘राजनीतिक प्रस्ताव’मा कम्युनिष्ट पार्टी र सरकारबाट लोकतन्त्र तथा संविधानमाथि नै खतरा रहेको भन्दै कांग्रेसले संशय व्यक्त गरेको हो ।

220
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरू हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिंसा, भोक र रोगलाई निर्मूल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरेको विशेष साक्षात्कारमा मन्त्री ज्ञवालीले यस्तो धारणा राखेका हुन ।

160
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमनत्री केपी शर्मा ओलीकै कारण देशमा धार्मिक युद्धको खतरा निम्तने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विवादित धार्मिक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीले आयोजककै रुपमा तामझामपूर्ण सहभागिता जनाएको भन्दै थापाले यस्तो क्रियाकलाप धर्मनिरपेक्षताको मर्मविपरित भएको बताएका हुन् ।

204
कारोबार संवाददाता
मंगलबार, मंसिर २५, २०७५

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदन सोमबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सो प्रतिवेदन शुक्रबारबाट काठमाडौंमा शुरु हुने कांग्रेस महासमिति बैठकमा पेश हुनेछ ।

250
भगवान खनाल
मंगलबार, मंसिर २५, २०७५

संघीय सरकारसँग आक्रोशित बन्दै आएका मुख्यमन्त्रीहरुको आक्रोश साम्य भएको छ । सोमबार सम्पन्न पहिलो अन्तरप्रदेश परिषद् बैठकपछि संघीय सरकारविरुद्ध तिक्ततापूर्ण अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्रीहरुको आक्रोश धुलिसात भएको हो । केही महिनादेखिको तीब्र संवेग थामिनुमा विकल्पै नभएपछि उनीहरु गुनासो सुनाएर फर्किए ।

330
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो ।

228
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धि भएकाहरुले आफ्नो पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाइ भइरहेको बताएका हुन् ।

240
कारोबार संवाददाता
सोमवार, मंसिर २४, २०७५

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा यही मंसिर ९ गते केन्द्रीय कार्यसमितिको बैठकमा पेश भएको प्रस्तावित विधानको मस्यौदामाथि छलफल हुनेछ । सो विधानमाथि केन्द्रीय पदाधिकारी र सदस्यहरुले धारणा राख्ने क्रम शनिबार नै सकिएको थियो । बैठक आज (सोमबार) बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

263
रासस
सोमवार, मंसिर २४, २०७५

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ ।

91
कारोबार संवाददाता
आइतवार, मंसिर २३, २०७५

राष्ट्रिय जनता पार्टीका निवर्तमान संयोजक महन्थ ठाकुर नयाँ दिल्लीबाट फर्के पनि अध्यक्ष मण्डलको बैठकको मिति तोकिएको छैन । राजपाका दोस्रो तहका नेताहरूले तत्काल अध्यक्ष मण्डलको बैठक बस्ने छाँट तत्काल नदेखिएको बताएका छन् ।

119
कारोबार संवाददाता
आइतवार, मंसिर २३, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।

324
जगन्नाथ दुलाल
बिहिवार, मंसिर २०, २०७५

वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थासहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा. प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक्रम समेटिएको नीतिकोे प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन् ।

475
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

विभिन्न दलका नेताहरूले सरकारले एसिया प्यासिफिक समिट आयोजना गरेकोमा भत्र्सना गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एसिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको इतिहासमा सबैभन्दा ठूलो दुर्घटना भएको टिप्पणी गरे । उनले भने, “यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।”

300
कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५

सभामुख कृष्णबहादुर महराले भू–राजनीतिक सन्तुलन कायम हुन नसके संघीय व्यवस्था टिक्न नसक्ने बताएका छन् । जिल्ला संमन्वय समिति उदयपुरले मंगलबार आयोजना गरेको संविधान र संघीयता कार्यान्वयन र अन्तरसंवाद कार्यक्रममा उनले भारत र चीन दुई शक्तिशाली राष्ट्रको बीचमा रहेको नेपालले दुवै छिमेकीसँग सन्तुलन कायम राखेर अघि बढ्नुपर्ने बताए ।

209