कारोबार संवाददाता
मंगलबार, आश्विन २३, २०७५
248

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले न्यायपालिकामाथिको हस्तक्षेप आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक कानुन व्यवसायी संगठनद्वारा सोमबार आयोजित दसैं, तिहार, छठ तथा नेपाल सम्वत्को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
दसैं, तिहारलगायतका चाडपर्व नेपालीहरुको अस्तित्वमा जोडिएको विषय भएको बताउँदै अध्यक्ष थापाले संविधानसभामा गणतन्त्र, धर्म निरपेक्षता तथा संघीयताको विरुद्ध राप्रपाले मात्र विपक्षमा मतदान गरेको बताए । संविधान परिवर्तनीय दस्ताबेज भएको हुँदा आलोचनात्मक रुपमा मात्र राप्रपाले स्वीकार गरेको उनको भनाइ थियो । कार्यक्रममा राप्रपाका संगठन विभाग प्रमुख एवं सांसद राजेन्द्र लिङ्देनले नेपालीहरु कुनै पनि दलको बँधुवा नभएको बताए । आफ्नो देशको अस्तित्वको रक्षाको लागि अघि बढ्नुपर्ने भन्दै उनले नेपालको राष्ट्रियता, राष्ट्रियता अखण्डता नै संकटमा रहेको समेत बताए ।