सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले साधारण भूमिकाको लागि मात्रै वामदेव गौतमलाई संसदमा लैजान जरुरी नभएको स्पष्ट पारेका छन् । उनले भने,‘साधारण भूमिकामा उहाँलाई संसदमा लैजान जरुरी छैन । असाधारण भूमिका छ भने लैजानुपर्छ । यदि उहाँलाई संसदमा लैजाने भनेर पार्टीका शीर्ष नेताहरुबीच सहमति भएको छ भने लैजानुपर्छ ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीका नेताहरुले वामदेव गौतमको असाधारण भूमिकाबारे भनेर वा गरेर पुष्टि गर्नुपर्ने पनि स्पष्ट पारे। उनले थपे,‘अहिले भन्न मिल्छ भने अहिले नै भन्नुपर्यो। केही समय लाग्छ भने त्यो पनि कुरेर भएपनि भन्नुपर्यो । वामदेव गौतमलाई विशेष जिम्मा दिनेगरि लैजानुपर्छ । यतिकै सांसदमात्रै बनाउनको लागि लैजानुहुँदैन् ।’ यद्धपी उनले केही समय पर्खेर हेर्नुपर्ने पनि सुझाए । उनले थपे,‘साधारण भूमिकाको लागि यसरी अप्ठ्यारो तरिकाले आउन जरुरी छैन ।’
वामदेवलगायत दई तीन जना नेतालेमात्रै निर्णय गरेर नहुने उनको भनाई छ । उनले भने,‘सिँगो पार्टीका उच्च निकायमा रहेका नेताहरु सचिवालय, केन्द्रिय समिति र स्थायी समितिले निर्णय गर्नुपर्छ । बरु समय छैन भने छोटो र छरितो ढंगले बैठक राखेर निर्णय गर्नुपर्छ ।’
उनले सांसदमात्रै बनाउनको लागि भएका र जितेका सांसदलाई राजिनामा गराउनु उचित नहुने तर्क गरे । उनले नेता गौतम अहिले नै आउट डेटेड नभएको पनि स्पष्ट पारे । उनले भने,‘उहाँ संसदभित्र र बाहिर दुवै ठाउँमा आवश्यक छ ।