कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५
273

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।
भण्डारीले भने, “संसारमा यति अराजक र भ्रष्ट कहीँ पनि छैन । स्वर्गलाई नर्क बनाउन खोजिएको छ ।” नेपालमा कुनै पनि नेतामा इच्छाशक्ति नभएकाले परिवर्तन हुन नसकेको भण्डारीको तर्क थियो । नेपालका युवा नेताहरुले पनि हाइ काढ्ने काममात्रै गरेको भन्दै भण्डारीले आलोचना गरे । युवा नेताहरुले बूढा नेताहरुको लगौँटी समातेर राजनीति गर्ने गरेको भण्डारीको जिकिर थियो ।