कारोबार संवाददाता
बुधवार, मंसिर १९, २०७५
267

विभिन्न दलका नेताहरूले सरकारले एसिया प्यासिफिक समिट आयोजना गरेकोमा भत्र्सना गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एसिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको इतिहासमा सबैभन्दा ठूलो दुर्घटना भएको टिप्पणी गरे । उनले भने, “यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।”विभिन्न दलका नेताहरूले सरकारले एसिया प्यासिफिक समिट आयोजना गरेकोमा भत्र्सना गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एसिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु नेपालको इतिहासमा सबैभन्दा ठूलो दुर्घटना भएको टिप्पणी गरे । उनले भने, “यो समिटको आयोजक संस्था र साझेदारी संस्थाप्रति हाम्रो सुरुदेखि नै असहमति थियो । अब त गम्भिर आपत्ति पनि छ ।”नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको उल्लेख गर्दै उनले थपे, “यो संस्थाले अकूत सम्पत्ति कमाएको र कर छली गरेकोले यसका संस्थापक जेल परेका थिए । उत्तर कोरिया र दक्षिण कोरियाबीच जासुसीको काम गरेकोले उनलाई प्रतिबन्ध लगाइएको थियो । यो संस्थाले धेरै पैसा उठाएको छ । यो पैसा कहाँबाट आउँछ ?” राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे । उनले भने, “हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भिर आपत्ति जनाउँछ ।” सरकारको यो कदमले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको पनि अध्यक्ष राणाले औंल्याए । आफूहरु धर्मनिरपेक्षताको विराधी भएको सुनाउँदै उनले भने, “जब यो राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरियो, तब यो मुलुकको मौलिक परिचय नै मेटियो । हामीले संविधान पारित हुने बखत पनि धर्मनिरपेक्षताप्रति गम्भिर असन्तुष्टि र असहमति दर्ज गराएका थियौं ।”कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने एसिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरे । उनले भने, “यो समिट विशुद्ध धार्मिक कार्यक्रम होइनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय जोली आएर लामो भाषण दिएर सबैलाई प्रभावित पारेर फर्किएका छन् । लोकतन्त्रवादी नेतृ आङ सान सुकी पनि आएकी छिन् । कार्यक्रमको प्रस्तुति हेर्दा यसले धर्म प्रचारको सन्देश गएको मलाई लाग्दैन ।” आफूले पनि प्रतिनिधि सभाको सदस्य हुँदा उक्त संस्थाबाट भ्रमणको निम्तो आउँदा संस्थाको बारेमा प्रष्ट नभएकोले भ्रमण प्रस्ताव अस्विकार गरेको उनले सुनाए ।राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पु-याएको आरोप लगाए ।  उनले भने, “यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । व्यक्तिगत रुपमा केपी ओली क्रिश्चियन बन्न सक्नुहुन्छ । त्यो उहाँको व्यक्तिगत छुटको कुरा हो । तर, उहाँ अहिले मुलुकको प्रधानमन्त्री हो । उहाँ प्रधानमन्त्री भईकन जुन एउटा धर्मको प्रचारमा लाग्नुभयो, यो विल्कुल गलत हो । यो हाम्रो संविधानको बर्खिलाप हो । संविधानले पनि यसलाई सहँदैन । उहाँले जुन काम गर्नुभएको छ, त्यो विल्कुलै गलत काम हो ।”