प्रदेश सरकारबारे जथाभावी नबोल्न राजपाद्वारा चेतावनी
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५
324

 राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ को सरकारका बारेमा अनावश्यक टिकाटिप्पणी नगर्न नेताहरूलाई सचेत गराएको छ । राजापाका प्रदेश सभाका सदस्य मनिष सुमनले पार्टीले संघीय समाजवादी फोरमलाई प्रदेश नम्बर २ मा दिँदै आएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिएको चौबीस घन्टा नबित्दै त्यसलाई खण्डन गदै पार्टीका नेतालाई यस्ता अभिव्यक्ति नदिन सचेत गराएको हो । राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ को सरकारका बारेमा अनावश्यक टिकाटिप्पणी नगर्न नेताहरूलाई सचेत गराएको छ । राजापाका प्रदेश सभाका सदस्य मनिष सुमनले पार्टीले संघीय समाजवादी फोरमलाई प्रदेश नम्बर २ मा दिँदै आएको समर्थन फिर्ता लिने अभिव्यक्ति दिएको चौबीस घन्टा नबित्दै त्यसलाई खण्डन गदै पार्टीका नेतालाई यस्ता अभिव्यक्ति नदिन सचेत गराएको हो ।
पार्टीको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा फोरम नेतृत्वको सरकारलाई समर्थन जारी रहने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ– “मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना एवं मधेशी जनताको जनादेश समेतलाई ध्यानमा राख्दै विविध उत्तार चढाव र परिस्थितिका बीच राजपा नेपालले प्रदेश नं. २ मा लालबाबु राउत नेतृत्वको सरकारलाई समर्थन गर्दै त्यस सरकारमा सहभागी भएर अगाडी बढने निर्णय गरेको हो ।”केन्द्रमा नेकपाको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागीतासँगै प्रदेश नं. २ को सरकारको सम्बन्धमा विभिन्न प्रकारका अडकलवाजीहरु सार्वजनिक भैरहेको छ, त्यसप्रति राजपा नेपाल अध्यक्ष मण्डलको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ– पार्टी अध्यक्ष मण्डलको आजको बैठकले प्रदेश नं. २ को सरकारका विरुद्ध कुनै पनि प्रकारले टिप्पणी नगर्न सम्पूर्ण पार्टी पंतिलाई निर्देशित गर्दै लालबाबु राउतको नेतृत्वको राजपा नेपाल सम्मिलित सरकारलाई राजपा नेपालको समर्थन, सहयोग र सहभागीता निरन्तर रहने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई यसै विज्ञप्ति मार्फतत जानकारी गराइन्छ ।”