कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५
347

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुले सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै दुईमध्ये एकले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । शनिबार काठमाडैंमा आयोजित एक कार्यक्रममा बडुले एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु संविधानको उल्लंघन भएको बताउँदै तत्काल एकले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
कांग्रेस सांसदसमेत रहेका उनले भने, “एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो । सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ ।”
त्यस्तै, उनले प्रतिनिधिसभा सञ्चालन नियामावली दलहरुको सहमतिमा नै पारित भएको पनि बताए । “सांसदहरु निलम्बन गर्ने विषय नियमावलीमा राख्ने होइन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो,” बडुले बताए ।