कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
850

आफूलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिव जोखबहादुर महरा भएको दाबी गरेर विभिन्न व्यक्तिलाई ठग्दै हिँडेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । रोल्पा निवासी गुमान थापालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
थापालाई कोहलपुरस्थित आफ्नै घरबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताए । आफूलाई प्रचण्डको निजी सचिव बताउँदै उनले प्रहरी अधिकारीलाई समेत सरुवा–बढुवाको नाममा ठगी गरेको सूचना प्राप्त भएको उनले जनाए । २०६१ सालमा सशस्त्र प्रहरीको हवल्दार पद छाडेर भागेका थापा पछिल्लो समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतको केन्द्रिय सदस्यसमेत रहेको खुलेको छ ।